हे जून ! कैलेसम्म दिन्छ्यौ तिम्ले साथ
आखिर मैले भोग्नैपर्छ त्यै अँधेरी रात
यै धर्तीमा उभिएर जिउनुपर्छ मैले
थप्दैथप्दै आँसुको तेल दियो निभ्नु पैले
कतिन्जेल तृप्त होला शीत बोकेर पात
आखिर मैले भोग्नैपर्छ त्यै अँधेरी रात
के भरोसा डुबि जाने आधी जूनको बरै
थाहा पाइयो राम्रैसंग आफ्नै हो कि पराइ
एक्लो तारा आकाशमा जूनले गर्यो घात
आखिर मैले भोग्नै पर्छ त्यै अँधेरी रात ।




