वैशाख २ गते २०७६

ताजा समाचार

वैशाख २ गते २०७६

‘रसुवाली कवि’ पक्राउ



रसुवाली कविका नामले परिचित साहित्यकार ठाकुरप्रसाद तिमिल्सिनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा नेता भएको भन्दै उनलाई प्रहरीले बालाजुबाट पक्राउ गरेको हो । सशस्त्र प्रहरीको विशेष टोलीले गोप्य सूचनाको आधारमा विप्लव नेता तथा रसुवाका जिल्ला कमिटी सदस्य तिमिल्सिनालाई पक्राउ गरेको हो ।

कालिका गाउँपालिका ३ का तिमिल्सिना काम विशेषले काठमाडौँ आएको बेला काठमाडौँ महागरपालिका १६ बालाजुको हिलेगाउँबाट पक्राउ परेका हुन् ।