वैशाख १ गते २०७६

ताजा समाचार

वैशाख १ गते २०७६

डा. जगमानलाई अली मियाँ सम्मान पुरस्कार



नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङलाई उनकै जन्मथलोमा सम्मान गरिएको छ । लोक कवि अली मियाँको शतवार्षिकीका सन्दर्भमा नगद रू ५००००र सम्मानपत्रसहित अली मियाँ लोकवाङमय प्रतिष्ठानले गरेको हो ।

वरिष्ठ साहित्यकार चेतन कार्की, प्रकाश सायमी, प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ लगायतले उनलाई सम्मान गरेका हुन् ।

त्यस अवसरमा मादी गाउँपालिका, हिमाली सांस्कृतिक परिवार लगायत स्थानीय आमा समूह, बाबा समूह, युवा क्लब सहित एक दर्जन संघ संस्थाले उनलाई सम्मान गरेका थिए । नयाँवर्ष एवम् रामनवमीको अवसर पारी रातभर कार्यक्रम चलेको थियो ।

अलि मियाँ लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाको अध्यक्षतामा संचालित उक्त समारोहमा प्राज्ञ हरिदेवी कोइरालाले लोक संस्कृति नेपालीको जग भएको बताइन् । सम्मानित जगमान गुरुङको ब्यक्तित्व र कृतित्वबारे तुलसी प्रवासले चर्चा गरे । त्यसैगरी समाजसेवी टीका कार्की, बिशेष अतिथी प्रकाश सायमी, प्रमुख अतिथि चेतन कार्कीले पनि जगमान गुरुङ्को प्राग्यिक ब्याक्तित्वको बारेमा चर्चा गर्दै शुभकामना दिए ।

डा. जगमानको सम्मानमा हिमाली सान्स्कृतिक परिवारका कलाकारहरूले विभिन्न लोक तथा देशभक्ति नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन प्रतिष्ठानका सचिब पद्मराज ढकालले गरेका थिए ।