गजल

उमेरै नपुगी गए बाबा दुखका आँसु पिएर गए
आमालाइ आँसु हामीलाइ दिल दिएर गए

खाएनन कसैको एक कप चीया पनि खाएनन
कहिल्यै जानेनन हेप्न जीवनभर नै हेपिएर गए

हिडे खाली खुट्टा चढेनन गाडि ,न खाए भरपेट 
मात्र कमाए किन आखिर चिहानमा नापिएर गए

त्यसो त मोज मस्ती गरेर उडाएका होइन, हुँदै होइन 
तर रिणको भारी पल्लातिर गरुङो जोखिएर गए

को भन्छ मर्दा केहि लादैन लादैलादैन मान्छेले ?
हाम्रा बाले आमाका सिन्दुर, चुरा,पोते लिएर गए