प्रगतिशील लेखक संघ कास्कीमा नयाँ समिति

प्रगतिशील लेखक संघ कास्की अध्यक्षमा नारायण मरासिनी निर्वाचित भएका छन् । शनिबार पोखरामा भएको आठौँ जिल्ला सम्मेलनले मसासिनीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ।

समिति उपाध्यक्षमा छवि सुवेदी, सचिव विजया सुवेदी, सहसचिवमा बीपी विद्रोही र कोषाध्यक्षमा काजी गाउँले छन्। सदस्यमा लोकनाथ पुडासैनी, कल्पना चिलुवाल, विकास लुङ्गेली, सुवास मल्ल, लीला पण्डित र नारायण बास्तोला चयन भए ।

कार्यक्रममा साहित्यकार वामपन्थी बुद्धिजीवी टेकनाथ बराल, प्राडा राविलाल अधिकारी र प्रेलस कास्कीका संस्थापक अध्यक्ष कुलप्रसाद खनाललाई सम्मान गरियो । कार्यक्रममा प्रगतिशील लेखक संघ केन्द्रीय उपाध्यक्ष डा. कृष्णराज अधिकारी, वाम बुद्धिजीवी रामराज रेग्मी र गेहेन्द्रेश्वर कोइराला, पत्रकार कृष्णप्रसाद बास्तोला, संघका उपाध्यक्ष पद्यराज ढकाल, सहसचिव सुरज उपाध्याय, साहित्यकार परशुराम कोइराला, लोकबहादुर थापा लगायतले बोलेका थिए ।

वाम लेखकको साझा संस्थालाई अझ प्रभावकारी रुपमा सबैको सल्लाहमा अघि बढाउने नवनिर्वाचित अध्यक्ष नारायण मरासिनीले प्रतिवद्धता गरे ।