पियुको प्रेमपत्र प्रतियोगितामा माधव सर्वाेत्कृष्ट

प्रणय दिवसको अवसरमा पोखरा विश्वविद्यालय साहित्य समाजको आयोजनामा प्रेमपत्र लेखन प्रतियोगिता भएको छ । बिहिबार विश्वविद्यालय केन्द्रिय क्याम्पसमा सम्पन्न कार्यक्रमको वाचन समारोहमा विश्वविद्यालय प्रेमपत्रको वाचन, रचनावाचन, सांगीतिक प्रस्तुति तथा नृत्यले गुन्जयमान भयो ।

प्रतियोगितामा मानव घिमिरे प्रथम, मनोज पौडेल द्वितीय, तथा प्रविणा सुवेदी तृतीय भए । प्रतियोगितामा अन्तिम चरणमा छानिएका १२ प्रेमपत्र छानिएका थिए ।

कार्यक्रममा बिम्बकवि रमेश श्रेष्ठले प्रेमपत्र लेखन कार्यक्रम पोखरामा पहिलो पटक पोखरा विश्वविद्यालय साहित्य समाजले आयोजना गरेर निरन्तरता दिदै आएकोमा धन्यवाद दिए । साहित्यि, सांस्कृतिक कार्यक्रमले नै मानिसको सभ्यतालाई परिष्कृत गर्दै लैजाने उनले बताए ।

कार्यक्रममा पोखरा विश्वविद्यालयका स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुनिल तिमिल्सिना र धौलागिरी विद्यार्थी समाज( पोखरा विश्वविद्यालय अध्यक्ष मनोज पौडेल समेतले पनि बोलेका थिए ।
प्रतियोगिताक निर्णायक मण्डलमा सुवास मल्ल, टीका रेग्मी र देवी त्रिपाठी थिए ।

कार्यक्रममा समाजका अध्यक्ष विजय त्रिपाठीले अध्यक्षता प्रदीप ज्ञावाली र साधना तिवारीको संचालन तथा बिशाल न्यौपानेले स्वागत गरेका थिए ।