गाउँ बेचे, चेली बेचे घर छाडेर गए
सहरका अग्ला घर धेरै उनका भए
कहिल्यै धूलो, माटो नछुने छन् भूमिपति
बाटोमै जीवन दिनहरु सर्वहारा भए
न्याय, निसाफ सबैलाई समान हुनुपथ्र्याे
निसाफमा समाजको कमान हुन पथ्र्याे
अत्याचारीकै फलिफाप, परिश्रमी खाली हात
छैन पक्कै, भए त गरिबका भगवान हुनुपथ्र्याे
कोही कसैलाई काँधमाथि टेकाएर रमाउँदै छन्
कोही नीलगिरि र फेवाताल देखाएर रमाउँदै छन्
यो चोला चलाउने पनि आफ्नै आफ्नै काइदा छन्
कोही आगोमा पसिना सेकाएर रमाउँदै छन्
कोही कसैलाई काँधमाथि टेकाएर रमाउँदै छन्
कोही नीलगिरि र फेवाताल देखाएर रमाउँदै छन्
यो चोला चलाउने पनि आफ्नै आफ्नै काइदा छन्
कोही आगोमा पसिना सेकाएर रमाउँदै छन्
कहिले आउँला गरिबको पाइलाअघि जून
सधै बस्ती बजाउँछ विरहलाग्दो धून
घाउको औखतीको आशै छैन मलाई
यो समाजले लगाउँछ, अमिलो र नून




