राजनीति

राजतन्त्र फर्किन अव कुनै हालतमा सम्भव छैन सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा राजतन्त्र कुनै पनि हालतमा फर्किने सम्भव नभएको बताएका छन् । मंगलवार काभ्रेको धुलिखेलमा एक कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले देशमा परिर्वतन नचाहने केही शक्तीले पुनः मुलुकलाई अस्थितरता तर्फ लैजान खोजेको बताएका हुन् ।उनले हिन्दु राज्यको नाममा जनमत संग्रहको रटान गर्नु उचित समेत नभएको बताएका छन् । नेपालमा ८१ प्रतिशत हिन्दु भएको कारण धर्मको नाममा जनमत संग्रहको माग राख्नु गलत भएको बताए । राजनीति र… पुरा पढौ

विना निष्कर्ष सकियो मंगलबारको सरकार र राप्रपाबीचको वार्ता

सरकार र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा विच बसेको बार्ता बिना निष्कर्ष टुंगिएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको वार्ता सैद्धान्तिक विषयमा छलफल नै नगरी टुंगिएको हो। छलफलबाट निस्कर्ष निस्कन नसकेकोले सरकारसँग एक हप्ताभित्रै अर्को छलफल हुने गरी आजको वार्ता सकिएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। वार्तामा सरकारी वार्ता टोलीका संयोजक कानुनमन्त्री भानुभक्त ढकालले संघीय लोकतान्त्रिक गणतन्त्र अतिक्रमित हुने मागमा पुनर्विचार गर्न आग्रह गरेको राप्रपा… पुरा पढौ

नेकपाको एकता ५० प्रतिशत !

पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच एकता भई नेकपा बनेको ११ महिनापछि बल्ल सो पार्टीले जिल्ला कमिटीहरूको एकता सम्पन्न भएको छ । २००६ मा नेकपा स्थापना भएको ७० बर्ष पुगेको अवसर पारेर नेकपाले पूर्व एमाले र पूर्व माओवादी केन्द्रका जिल्ला कमिटीहरूको एकता सम्पन्न गरेको हो । नेकपालाई एकताको क्रममा सबैभन्दा हम्मे नै जिल्ला कमिटीहरूको एकता टुंग्याउन परेको थियो । नेतृत्वको खिँचातानीका कारण यस्तो नेकपाले यस्तो कठिनाई भोग्नु परेको थियो ।… पुरा पढौ

सरकारसँग वार्ता गर्न राप्रपाको वार्ता समिति खडा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग वार्ता गर्न तीन सदस्यीय समिति बनाएको छ । सरकारले वार्ताका लागि बोलाएपछि राप्रपाले वरिष्ठ नेता दिपक बोहोराको नेतृत्वमा महामन्त्री राजेन्द्र लिङदेन र वरिष्ठ केन्द्रीय सदस्य निरन्जन थापा को वाता टोली बनाएको हो । आइतबार कानुनमन्त्री भानुभक्त ढकालले हस्ताक्षर गरेको पत्रमा सरकारसंग वार्तामा आउनको लागी आव्हान गरिएको थियो । सरकारले राप्रपासँग बैशाख १० गते अपराह्न १ बजे सिँहदरवारमा वार्ताका लागि उपस्थित हुन आग्रह गरेको छ… पुरा पढौ

ट्रेड युनियन सभापतिमा विक

नेपाल ट्रेड युनियन काङ्ग्रेसको सभापतिमा भरत विक चयन भएका छन् । तानसेनको नगर अधिवेशनले सभापति विकसहित १२ सदस्यीय नगरस्तरीय कार्यसमिति चयन भएको हो । खुला उपसभापतिमा माधवप्रसाद भट्टराई, महिला उपसभापति बीना शर्मा, सचिव कमल खत्री, सहसचिवमा मञ्जुकुमारी घिमिरे, कोषाध्यक्षमा जानकी अधिकारी, सदस्यमा गिरिधारीप्रसाद पाण्डे, सुनिलबहादुर थापा, सुमित्रा केसी, राधिका थापा, मञ्जु पोखरेल, कृष्ण चालिसे चयन हुनुभएको छ । पाल्पामा नेपाल टे«ड युनियन काङ्ग्रेसमा १२ वटा विभिन्न सङ्घ संस्था आबद्ध रहेको… पुरा पढौ

कास्की काँग्रेसले जनजागरण अभियान शुरु गर्ने

नेपाली काँग्रेस कास्कीले वैशाख ११ गतेदेखि कास्कीमा राष्ट्रिय जनजागरण अभियान संचालन गर्ने भएको छ । कास्की काँग्रेसको आइतबारको बैठकले केन्द्रीय निर्देशन अनुसार नै सो अभियान संचालन गर्ने निर्णय गर्दै अभियानलाई प्रभावकारी बनाउने तयारी शुरु गरेको जिल्ला सदस्य नवीन सिग्देलले बताएका छन् । पोखरा चिप्लेढुङ्गास्थित नेपाली काँग्रेस कास्कीको प्राङ्गणमा कार्यक्रम गरी अभियान शुभारम्भ गरिने छ ।नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले अभियान शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ । बैठक कास्की काँग्रेसका… पुरा पढौ

आन्दोलित राप्रपालाई सरकारको पत्र

विभिन्न माग सहित आन्दोलनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई वार्तामा आउन सरकारले पत्र पठाएको छ । कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले पत्र लेखी वार्तामा आउन आग्रह गरेका हुन् । राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सरकारको कदमलाई राप्रपाले सकारात्मक रुपमा लिएको बताए । उनले केही दिनमै वार्ता टोली गठन गर्ने पनि जानकारी दिए । गत फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे माग बुझाएर आन्दोलनमा उत्रिएको राप्रपाले… पुरा पढौ

सरकारको एक्सनप्रति विप्लव नेकपाको यस्ता छन् चेतावनी ‘विज्ञप्ती जारी’

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले थप सरकारलाई थप चेतावनी दिएको छ । महासचिव नेत्रविक्रम चन्दले विज्ञप्ति जारी गर्दै सरकारले आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ गरेर यातना दिइरहेको भन्दै दमन नरोके प्रतिकार गर्न बाध्य हुने बताएका हुन् । प्रहरीले शुक्रबार मात्रै सो पार्टीका केन्द्रीय सदस्यहरु चुँडामणि ओली र चन्द्रबहादुर खड्कालाई पक्राउ गरेको थियो । त्यसलगत्तै विज्ञप्ति जारी गर्दै चन्दले गिरफ्तार गरिएका सबै नेता तथा… पुरा पढौ

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने ब्यक्तिको तथ्य

बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाईएको छ । शनिबार बुटवलमा आयोजित कार्यक्रममा रुद्रप्रसाद घिमिरे प्रधानमन्त्रीलाई कालोझण्डा देखाएका हुन् । घिमिरे रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेका व्यक्ति भएको खुलासा भएको छ । निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले तत्कालीन समयमा जारी गरेको उमेदवारको परिचयपत्रमा ती व्यक्तिले स्वतन्त्र रुपमा उमेदवारी दिएको देखिन्छ । तत्कालीन नेकपा एमालेका उमेदवार विष्णु पौडेल निर्वाचित क्षेत्रमा उमेदवारी दिएका घिमिरेले २१ मत… पुरा पढौ

विवेकशिल साझा पार्टीको खवरदारी

विवेकशील साझा पार्टीले सार्वजनिक स्वामित्वमा रहेको बहुमुल्य जग्गा राजनीतिक नेतृत्व, कर्मचारी, व्यवसायी र ‘भूमाफिया’को मिलेमतोमा अपचलन भएकोप्रति खबरदारी गर्दै आएको छ । एक हप्ताअघिदेखि सुरु भएको अभियान अन्तर्गत शनिबार देशभर खबरदारी कार्यक्रम गरिएको छ । प्रधानमन्त्री निवास समेत रहेको बालुवाटार क्षेत्रको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी हुनु र हायात होटलले सयौं रोपनी सरकारी जग्गा अपचलन गरेकोमा यसले भूमाफिया गिरोहको शक्ति र पहुँचको डरलाग्दो संकेत गरेको उक्त पार्टीले जनाएको छ ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं