राजनीति

कांग्रेसलाई नयाँ ढंगले अघि बढाउनुपर्छ : सांसद थापा

गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले नेपाली कांग्र्रेस पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने खाँचो औंल्याएका छन् । कांग्रेसलाई नयाँ ढंगले अघि बढाउँदै अबको ४ वर्ष भित्रमा पुनः अब्बल, सशक्त र बलियो पार्टी बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेस, धादिङ–पोखरा सम्पर्क समितिद्वारा आयोजित शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन गर्दै सांसद थापाले पोखरा बाहिरका नागरिकले हिनताबोध गर्न नपर्ने भन्दै पोखरालाई साच्चिकै पोखरा बनाउन धादिङवासीको भूमिका महत्वपूर्ण रहेको बताए । उनले… पुरा पढौ

ज्योतिषीमाथि यसरी खनिए प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली ज्योतिषीसँग बिच्किएको उनी आफैंले देखाएका छन् । शनिबार बुटवलको जितगढी किल्लामा आयोजित विजयोत्सव कार्यक्रमलाई सम्बोधन गर्दा, प्रधानमन्त्री ओली ज्योतिषीमाथि खनिएका छन् । नयाँ वर्ष २०७६ लाग्दै गर्दा राजधानीका केही ज्योतिषीले अबको केही महिनामा केपी ओली सत्ताच्यूत हुने भविष्यवाणी गरे । त्यतिमात्रै होइन, एकाथरीले अब ओली हटेर प्रचण्डको भाग्य चम्किने र अर्काथरिले प्रधानसेनापतिले सत्ता चलाउने र राजसंस्था फर्किने ठोकुवा समेत गरेका थिए । प्रधानमन्त्री ओलीले पनि ती… पुरा पढौ

प्रधानमन्त्री ओलीको बोली प्रष्ट, काम भ्रष्ट : नेता गुरुङ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको बोली प्रष्ट तर काम भ्रष्ट भएको आरोप लगाएका छन् । कांग्रेस पूर्व सभापति सुशिल कोइराला र वर्तमान सभापति शेरबहादुर देउवाको बोली प्रष्ट नभए पनि उहाँहरुले काम प्रष्ट गरेको भन्दै नेता गुरुङले वर्तमान प्रधानमन्त्री ओलीको बोली प्रष्ट भए पनि भएका सबै काम भ्रष्ट भएको आरोप लगाएका हुन् । नेपाली कांग्रेस वडा कार्यसमिति पोखरा–५ ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता गुरुङले… पुरा पढौ

पक्राउ परे राप्रपाका अध्यक्ष कमल थापा लगाएत नेता कार्यकर्ता

प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहितका एक दर्जनभन्दा बढि नेता कार्यकर्तालाई पक्राउ गरेको छ । शान्तिबाटिकामा सो पार्टीले आयोजना गरेको विरोधसभापछि धर्म निरपेक्षताको ब्यानर जलाउने क्रममा प्रहरीले थापासहितका नेता कार्यकर्तालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा थापासहित बरिष्ठ नेता बुद्धिमान तामाङ, दिपक बोहोरा लगायत छन् । यसअघि कार्यक्रममा अध्यक्ष थापाले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र नेपालको पहिचान भएकाले धर्म निरपेक्षताको ब्यानर जलाएर सांकेतिक विरोध गरेको बताएका थिए । सरकार… पुरा पढौ

नेपाल तरुण दल सक्रिय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले माउ पार्टीले सञ्चालन गर्न लागेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्टिय जागरण अभियान’ मा सक्रिय रहन तल्लो तहका नेता कार्यकर्तालाई निर्देशन दिएको छ । तरुण दलका महासचि भूपेन्द्र शाहीले विज्ञप्ति जारी गर्दै उक्त जागरण अभियानलाई व्यापक र प्रभावकारी बनाउनु नेपाल तरुण दलको अहम जिम्मेवारी रहेको भन्दै दलका सबै जिल्ला समितिलाई सक्रिय रुपमा सहभागी हुन निर्देशन दिएका हुन् । ‘अधिनायकवादी कम्युनिष्ट… पुरा पढौ

प्रकाण्डले पाए पार्टीको मध्य कमाण्ड जिम्मेवारी

विप्लव नेतृत्वको नेकपाका प्रवक्त खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले मध्य कमाण्ड इन्चार्जको जिम्मेवारी पाएका छन् । सो जिम्मेवारीमा रहेका हेमन्त प्रकाश ओली ‘सुदर्शन’चैत पहिलो साता काभ्रेबाट पक्राउ परेसँगै पार्टीले प्रकाण्डलाई जिम्मेवारी दिएको हो । सरकारले विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएसँगै सुदर्शन पक्राउ पर्ने उच्चस्तरीय नेता हुन् ।उनको पार्टीमा विप्लव र प्रकाण्डपछि दोस्रो वरियता रहेको छ । यसअघि प्रकाण्ड प्रवक्ताको जिम्मेवारी रहेको बताइएपनि केही महिनायता उनको नाममा पार्टीको औपचारिक विज्ञप्ति आउने गरेको थिएन… पुरा पढौ

वैशाख ५ गते नेपाल बन्द घोषणा !

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बैशाख ५ गते नेपाल बन्दको घोषणा गरेको छ । विप्लव नेतृत्वको पार्टीले बैशाख ६ गतेबाट भने प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने स्थानमा बन्द गर्ने घोषणा गरेको छ । एक विज्ञप्ति जारी गर्दै सो पार्टीले आगामी बैशाख ६ गतेदेखि लागू हुने गरी प्रधानमन्त्री सहभागी हुने स्थानमा बन्द गर्ने घोषणा गरेको हो । आफूहरुमाथि लगाइएको प्रतिबन्ध विरुद्ध प्रधानमन्त्री सहभागी हुने स्थानमा बन्द गर्ने सो… पुरा पढौ

विवेकशील साझा गण्डकी प्रदेशको ध्यानाकर्षण

पोखराका पत्रकार अर्जुन गिरीलाई ठगीको विरुद्धमा कलम चलाएकै भरमा पक्राउ गरी मुद्दा चलाएकोमा विवेकशील साझा पार्टीले ध्यानाकर्षण भएको जनाएको छ । प्रेस काउन्सिलले हेर्ने मुद्दालाई सिआइबीले हेरेर हस्तक्षेप गरेको ठहर गर्दै पार्टीले कुनै व्यक्तिको ईशारामा देशको प्रहरी र प्रशासन चल्नु लज्जास्पद र यो सरासर प्रेस माथिको हस्तक्षेप भनेको छ । प्रदेश संयोजक महेश भण्डारीले बुधबार विज्ञप्ती जारी गर्दै प्रेस स्वतन्त्रता भएमात्र लोकतन्त्र सुन्दर हुने उल्लेख गरेका छन् । ‘समाचार लेखेको… पुरा पढौ

फोरम नेपालको प्रस्ताव पछि पार्टी एकतामा कन्फ्युज

एकीकरणका लागि संघीय समाजवादी फोरम नेपालले राखेको सर्तका कारण राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु अप्ठ्यारोमा परेका छन् । दुई दलको बीचमा चलिरहेको अनौपचारिक वार्ताका क्रममा फोरम नेपालले एकीकृत पार्टीको नाम संघीय समाजवादी फोरम राख्नुपर्ने प्रस्ताव गरेको छ । यस्तै फोरम नेपालकै झण्डा र चुनाव चिन्ह राखिनुपर्ने प्रस्ताव पनि गरिएको छ । अध्यक्षमण्डलमा एक नम्बरको अध्यक्ष फोरम नेपाल नै रहनुपर्ने प्रस्ताव पनि आएको वार्ता टोलीमा एक सदस्यले बताए । फोरम नेपालका… पुरा पढौ

सरकार प्रेस र वाक् स्वतन्त्रता विरुद्ध छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनले वर्तमान सरकारका गतिविधि प्रेस र वाक् स्वतन्त्रता विरुद्ध भएको आरोप लगाएका छन् । कांग्रेस कैलाली क्षेत्र नं.१ ले टीकापुरमा निर्माण गरेको विपी स्मृति भवनको मंगलबार उद्घाटन गर्दै देउवाले सरकार हस्तक्षेपकारी ढंगले अघि बढेको बताएका हुन् । उनले वर्तमान सरकार जनताका हकअधिकार हनन् हुने गरी अघि बढेको बताउँदै सरकार जनताका इच्छाविपरीत चलेको बताएका छन् । नेपाली जनताले ओली नेतृत्वको वर्तमान सरकारबाट मुक्ति चाहेको बताएका छन्।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं