राजनीति

कांग्रेस नेता कृष्णप्रसाद सिटौला बिरामी भएकै हुन् ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय विभाग गठनका लागि सहमति जुटाउन प्रयास गरेका छन् । बूढानीलकण्ठस्थित सभापति देउवा निवासमा बसेको पदाधिकारी बैठकमा विभाग गठन सम्बन्धमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग छन् । १३औं महाधिवेशन सम्पन्न भएको ३ वर्ष पुगिसक्दा पनि केन्द्रीय विभाग हालसम्म गठन हुन सकेका छैनन् । गत शनिबारका लागि तय भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका कार्यसूचीमा शीर्ष… पुरा पढौ

नेपाली कांग्रेस : यसरी बन्दैछ फेरि ठूलो पार्टी

नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेस एकताबद्ध भएर अघि बढे आगामी निर्वाचनमा काङ्ग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताएका छन् । नेपाल महिला सङ्घ जिल्ला कार्य समिति भक्तपुरले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा समसामयिक राजनीतिक विषयमा महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले काङ्ग्रेसलाई एक बनाएर लानुको विकल्प नभएको बताए । महामन्त्री डा.कोइरालाले पार्टीलाई मिलाएर लैजान आफू सक्रिय रहेको बताउँदै उनले भने, ‘म… पुरा पढौ

नेपाली कांग्रेस : पार्टी हितविपरीत गर्नेलाई ७ दिने अल्टिमेटम !

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टी हितविपरीत गर्नेको नाम ७ दिनभित्र समितिलाई उपलब्ध गराउन सबै जिल्ला कार्यालयलाई पत्राचार गर्ने निर्णय गरेको छ । समितिका संयोजक भीष्मराज आङ्दम्बेको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । गत स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र निजका प्रस्तावक र समर्थकका साथै नेपाली कांग्रेस परित्याग गरी अन्य राजनीतिक दलमा गएका व्यक्तिको नामावली सबै जिल्लाबाट ७ दिनभित्र उपलब्ध गराउन… पुरा पढौ

मन्त्री वर्षमान पुन : ओली सरकारका अब्बल धावक

छोटो कद, मन्द मुस्कान। हरेक विषयमा गहन अध्ययन तर सुझबुझपूर्ण प्रतिक्रिया। कुरा बुझ्ने तर कम बोल्ने। पहिलोपटक जो–कसैले भेट्दा उनी सामान्य नेताझैं लाग्छन्। हल्लामा बिल्कूलै विश्वास नगर्ने उनको कार्यशैली छ। ठान्छन्, ‘नतिजा आउन समय लाग्छ। पहिल्यै होहल्ला होइन, नतिजामाथि बहस होस्।’ तिनै नेकपाका युवा नेता, स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री छन्। ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने नेता ‘अनन्त’ कानूनका विद्यार्थी हुन्। उनले कानूनमा स्नातक… पुरा पढौ

कास्कीका तीनै क्षेत्रमा कांग्रेसको प्रशिक्षण

नेपाली कांग्रेस कास्कीले बुधबार कास्कीका ३ वटै क्षेत्रमा प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । कास्की कांग्रेसले क्षेत्रीय समितिमार्फत एकै दिन एउटै समयमा प्रशिक्षण संचालन गरेको हो । कास्कीका ३ वटै क्षेत्रमा गरी करिब १ हजार जनालाई प्रशिक्षण छ । साधारण तथा क्रियाशील सदस्यता वितरण, विकास निर्माणको अवस्था मूल्यांकन, पछिल्लो राजनैतिक अवस्था, पार्टीको भूमिका लगायतका विषयमा प्रशिक्षण दिइएको बताइन्छ । कास्की क्षेत्र नं १ मा कांग्रेस नेता देवराज चालिसे, क्षेत्र नं… पुरा पढौ

प्रधानमन्त्री ओलीको चाहना : रवीन्द्रपत्नी विद्यालाई पर्यटनमन्त्री बनाउने

प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमन्त्री रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराई अधिकारीलाई पर्यटन मन्त्री बनाउने चाहना गरेका छन् । विद्यालाई नै मन्त्री बनाउन प्रधानमन्त्री ओलीले हालसम्म कसैलाई पनि मन्त्री नियुक्त गरेका छैनन । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएको १ महिना पुगेको छ । १५ फागुनमा ताप्लेजुङको पाथिभरा हुँदै काठमाडौँ फर्कनेक्रममा हेलिकोप्टर दुर्घटना भई मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको थियो । प्रधानमन्त्री ओलीले तत्काल यो मन्त्रालयमा नियुक्त नगर्ने, केही समय यो… पुरा पढौ

सरकारको नेतृत्व अब प्रचण्डले गर्ने संकेत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले बम बोकेर बस्ने विप्लव नेकपासंग सरकारले वार्ता गर्न नसक्ने बताएका छन् । उनले बन्दूक बोक्न छोडेर वार्ता आउने हो भने विप्लवलाई जहिले पनि स्वागत गर्ने उनले बताए । सिके राउतले आफ्नो पूर्व स्थिति त्यागेर संविधान मान्छौं भनेर मूलधारको राजनीतिमा आएको भन्दै त्यो सफलता भएको नेता पौडेलले बताए । संविधानको सीमा नाघेर राउत बाहिर जान नसक्ने दावी पौडेलको छ । बाहिर एउटा र… पुरा पढौ

नेकपा अध्यक्ष प्रचण्ड स्वदेश फर्कंदै

पत्नी सीता दाहालको उपचारका लागि हाल अमेरिकामा रहेका नेकपा अध्यक्ष प्रचण्ड बिहीबार (चैत १४ गते) स्वदेश फर्केने भएका छन् । प्रचण्ड बिहीबार अपरान्ह स्वदेश फर्कने कार्यक्रम रहेको नेकपा निकट स्रोतले रातोपाटीलाई जानकारी दियो ।  पार्किन्सन नामक एक प्रकारको जटिल रोगले पीडित पत्नी सीताको उपचारका लागि प्रचण्ड चैत ३ गते अमेरिका प्रस्थान गरेका थिए ।  दाहाल पत्नी सीताको अमेरिकाको बाल्टिमोरस्थित ‘जोन हकिन्स’  अस्पतालमा उपचार भइरहेको छ ।  प्रचण्डको एक पारिवारिक सदस्यका… पुरा पढौ

राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य

राष्ट्रियसभाको चालु हिउँदे अधिवेशन आजदेखि समापन भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चालू हिउँदे अधिवेशन समापन भएको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा बैठकमा पढेर सुनाएका थिए । बैठकमा अध्यक्ष तिमिल्सिनाले तेस्रो अधिवेशन अवधिभर भएका बैठक र काम कारवाहीबारेमा जानकारी गराउँदै ८९ दिन बैठक बसेको र विभिन्न १२ विधेयक पारित भएको बताए । यसअघि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले सभाबाट पारित भएको सन्देशसहित प्रतिनिधिसभामा पठाइएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन… पुरा पढौ

‘मूलधारको राजनीतिमा युवालाई पन्छाउने काम’

मूलधारको राजनीतिमा युवापुस्तालाई पन्छाउने काम हुने गरेको युवा नेताहरूले बताएका छन् । खासगरि युवालाई कुनै सामान्य जिम्मेवारी दिएर एक ठाऊँमा तह लगाउने र नेतृत्वमा आउन नदिने प्रचलन ब्याप्त रहेको उनीहरूले बताए । पोखरामा शनिबार यूथ थिंकर्स सोसाइटी, पोखराले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम ‘नेपाली राजनीतिमा युवाको भूमिका र अवसर’ को क्रममा बोल्दै युवा नेताहरूले यस्तो बताएका हुन् । अन्तरक्रियामा विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य तथा युवा संगठन संयोजक अब्दुस मियाँ, नयाँ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं