राजनीति

विवाद पार्टी भित्रै राखौं : तुलाधर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ–पोखरा जनसम्पर्क मञ्चको २०७६ सालको क्यालेण्डर विमोचन, शुभकामना आदान–प्रदान तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रमका लागि धादिङबाट उच्च तहका आधा दर्जन नेता पोखरा आएएका थिए । तर नेतृत्व तहमै रहेका नेता भूमी त्रिपाठी र शालिकराम जमरकट्टेल भने सहभागी थिएनन् । उनीहरू कास्कीको जनसम्पर्क मञ्च र गतिविधिप्रति रुष्ट भएको बताइन्छ । केही अघि भएको २ संगठनबीच एकताप्रति उनीहरुले आपत्ति प्रकट गरेका थिए । उनीहरुकै… पुरा पढौ

नेपाली कांग्रेसद्धारा राजमार्ग बन्द !

सिन्धुली काँग्रेसले विपी राजमार्ग बन्द गरेको छ । नेपाली काँग्रेस सिन्धुली शाखाले गाउँपालिकाको अध्यक्षमाथि हातपात भएको मुद्दामा प्रहरीले दोषीलाई कारबाही नगरेको आरोप लगाउँदै राजमार्ग बन्द गराएको हो ।  काँग्रेस सिन्धुलीका अनुसार तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरमाथि हातपात गर्नेलाई प्रहरीले पक्राउ गरेपनि उनीहरुलाई राती नै उन्मुक्ति दिएको आरोप लगाएको छ । काँग्रेस कार्यकर्ताहरुको प्रदर्शनका कारण राजमार्ग सहित सिन्धुलीका अन्य सडकहरुमा समेत सवारी चल्न सकेनन् । काँग्रेसका कार्यकर्ताहरुले विभिन्न स्थानमा टायर बालेर… पुरा पढौ

ओलीको ज्यादतिमा प्रचण्ड साक्षी !

गत मंसिर २९ देखि पुस १३ गतेसम्म चलेको नेकपा स्थायी कमिटीको बैठकमा पार्टी सचिवालय सदस्य वामदेव गौतमले केपी शर्मा ओलीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकाले पार्टी अध्यक्षको जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिइनुपर्ने बताएका थिए, लिखित रूपमै । सैद्धान्तिक रूपमा १ व्यक्ति १ पदबारे माधवकुमार नेपाल समूह वामदेवकै पक्षमा भए पनि कसैले मुख खोल्न तयार भएनन् । पूर्वमाओवादी केन्द्रले वामदेवको प्रस्ताव नरुचाउने कुरै भएन । तथापि त्यतिबेला वामदेवलाई साथ दिने… पुरा पढौ

कांग्रेस नेता कृष्णप्रसाद सिटौला बिरामी भएकै हुन् ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय विभाग गठनका लागि सहमति जुटाउन प्रयास गरेका छन् । बूढानीलकण्ठस्थित सभापति देउवा निवासमा बसेको पदाधिकारी बैठकमा विभाग गठन सम्बन्धमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग छन् । १३औं महाधिवेशन सम्पन्न भएको ३ वर्ष पुगिसक्दा पनि केन्द्रीय विभाग हालसम्म गठन हुन सकेका छैनन् । गत शनिबारका लागि तय भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका कार्यसूचीमा शीर्ष… पुरा पढौ

नेपाली कांग्रेस : यसरी बन्दैछ फेरि ठूलो पार्टी

नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेस एकताबद्ध भएर अघि बढे आगामी निर्वाचनमा काङ्ग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताएका छन् । नेपाल महिला सङ्घ जिल्ला कार्य समिति भक्तपुरले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा समसामयिक राजनीतिक विषयमा महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले काङ्ग्रेसलाई एक बनाएर लानुको विकल्प नभएको बताए । महामन्त्री डा.कोइरालाले पार्टीलाई मिलाएर लैजान आफू सक्रिय रहेको बताउँदै उनले भने, ‘म… पुरा पढौ

नेपाली कांग्रेस : पार्टी हितविपरीत गर्नेलाई ७ दिने अल्टिमेटम !

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टी हितविपरीत गर्नेको नाम ७ दिनभित्र समितिलाई उपलब्ध गराउन सबै जिल्ला कार्यालयलाई पत्राचार गर्ने निर्णय गरेको छ । समितिका संयोजक भीष्मराज आङ्दम्बेको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । गत स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र निजका प्रस्तावक र समर्थकका साथै नेपाली कांग्रेस परित्याग गरी अन्य राजनीतिक दलमा गएका व्यक्तिको नामावली सबै जिल्लाबाट ७ दिनभित्र उपलब्ध गराउन… पुरा पढौ

मन्त्री वर्षमान पुन : ओली सरकारका अब्बल धावक

छोटो कद, मन्द मुस्कान। हरेक विषयमा गहन अध्ययन तर सुझबुझपूर्ण प्रतिक्रिया। कुरा बुझ्ने तर कम बोल्ने। पहिलोपटक जो–कसैले भेट्दा उनी सामान्य नेताझैं लाग्छन्। हल्लामा बिल्कूलै विश्वास नगर्ने उनको कार्यशैली छ। ठान्छन्, ‘नतिजा आउन समय लाग्छ। पहिल्यै होहल्ला होइन, नतिजामाथि बहस होस्।’ तिनै नेकपाका युवा नेता, स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री छन्। ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने नेता ‘अनन्त’ कानूनका विद्यार्थी हुन्। उनले कानूनमा स्नातक… पुरा पढौ

कास्कीका तीनै क्षेत्रमा कांग्रेसको प्रशिक्षण

नेपाली कांग्रेस कास्कीले बुधबार कास्कीका ३ वटै क्षेत्रमा प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । कास्की कांग्रेसले क्षेत्रीय समितिमार्फत एकै दिन एउटै समयमा प्रशिक्षण संचालन गरेको हो । कास्कीका ३ वटै क्षेत्रमा गरी करिब १ हजार जनालाई प्रशिक्षण छ । साधारण तथा क्रियाशील सदस्यता वितरण, विकास निर्माणको अवस्था मूल्यांकन, पछिल्लो राजनैतिक अवस्था, पार्टीको भूमिका लगायतका विषयमा प्रशिक्षण दिइएको बताइन्छ । कास्की क्षेत्र नं १ मा कांग्रेस नेता देवराज चालिसे, क्षेत्र नं… पुरा पढौ

प्रधानमन्त्री ओलीको चाहना : रवीन्द्रपत्नी विद्यालाई पर्यटनमन्त्री बनाउने

प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमन्त्री रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराई अधिकारीलाई पर्यटन मन्त्री बनाउने चाहना गरेका छन् । विद्यालाई नै मन्त्री बनाउन प्रधानमन्त्री ओलीले हालसम्म कसैलाई पनि मन्त्री नियुक्त गरेका छैनन । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएको १ महिना पुगेको छ । १५ फागुनमा ताप्लेजुङको पाथिभरा हुँदै काठमाडौँ फर्कनेक्रममा हेलिकोप्टर दुर्घटना भई मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको थियो । प्रधानमन्त्री ओलीले तत्काल यो मन्त्रालयमा नियुक्त नगर्ने, केही समय यो… पुरा पढौ

सरकारको नेतृत्व अब प्रचण्डले गर्ने संकेत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले बम बोकेर बस्ने विप्लव नेकपासंग सरकारले वार्ता गर्न नसक्ने बताएका छन् । उनले बन्दूक बोक्न छोडेर वार्ता आउने हो भने विप्लवलाई जहिले पनि स्वागत गर्ने उनले बताए । सिके राउतले आफ्नो पूर्व स्थिति त्यागेर संविधान मान्छौं भनेर मूलधारको राजनीतिमा आएको भन्दै त्यो सफलता भएको नेता पौडेलले बताए । संविधानको सीमा नाघेर राउत बाहिर जान नसक्ने दावी पौडेलको छ । बाहिर एउटा र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं