राजनीति

अर्को चुनावमा नेकपा एक्लैले दुई तिहाइ ल्याउँछ: प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले आगामी निर्वाचनमा एक्लै दुई तिहाइ सिट ल्याउने दाबी गरेका छन् । चितवनको इच्छाकामना गाउँपालिकामा आइतबार नेकपाले गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले आउने निर्वाचनमा एक्लैले दुई तिहाइ सिट ल्याउने दाबी गरेका हुन् । ‘सरकार र पार्टीको कामबाट हामी एक्लैले दुई तिहाइ मत ल्याउने सुनिश्चितता गरेका छौं,’ उनले भने। केन्द्रीय समिति बैठकपछि देशैभर कार्यक्रम गर्ने बताउँदै उनले त्यसले उत्साह ल्याउने पनि बताए। उपनिर्वाचनले… पुरा पढौ

सरकारलाई दिएको समर्थन फिर्ता लिने समाजवादीको निर्णय

समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीको बुधबार बसेको पार्टीको केन्द्रीय कार्यालयमा बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिएका छन् । उनले पार्टी अब प्रतिपक्षमा रहेर संविधान परिमार्जन गर्ने संशोधन गर्ने र सबैको संविधान बनाउने कार्यमा लाग्ने बताए । पुरा पढौ

राष्ट्रियसभा निर्वाचन:११ दललाई चुनाव चिह्न प्रदान

निर्वाचन आयोगले माघ ९ गते हुन लागेको निर्वाचनका लागि राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरेको छ। आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० सूर्य, नेपाली कांग्रेस रुख, समाजवादी पार्टी पाँच औंलासहितको हत्केला, राष्ट्रिय जनता पार्टी नेपाल ढल्केको छाता र राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई चुनाव चिन्ह प्राप्त गरेका छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त० हलो, राष्ट्रिय जनमोर्चा गिलास, नेपाल मजदूर किसान पार्टी मादल, नेपाल संघीय समाजवादी… पुरा पढौ

उपेन्द्र यादवले सरकारबाट दिए राजीनामा

केपी ओली नेतृत्वको सरकारका उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै यादवले मङ्गलबार एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएका हुन् । स्वास्थ्यमन्त्रीबाट कानुन मन्त्रीमा सरुवा भएपछि पहिलो पटक सोमबार मन्त्रिपरिषद्को बैठकमा सहभागी भएका यादवले संविधान संशोधनको ठाडो प्रस्ताव राख्दा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई ठाडै अस्वीकार गरिदिएका थिए । पुरा पढौ

सरकार छाड्ने समाजवादी पार्टीको निर्णय, राजपा सरकारमा जाने संकेत

अनन्त समाजवादी पार्टी नेपालले सरकार छाड्ने निर्णय गरेको छ । आज बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरे समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा कानुन मन्त्रीको जिम्मेवारीमा अध्यक्ष यादव रहेका थिए । यनी यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका थिए । प्रधानमन्त्री केपी ओलीले यादवसँग परामर्श नै नगरि कानुनमन्त्रालयको जिम्मेवारी दिएका थिए । समाजवादीकै कोटाको स्वास्थ्य राज्यमन्त्रीको पद पनि खोसिएको थियो । सरकारमा… पुरा पढौ

नेकपा स्थायी समिति बैठक,५ एजेण्डामा छलफल हुने

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठकले स्थायी कमिटी बैठकका एजेण्डा तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले दिउँसो बस्ने पार्टीको स्थायी कमिटी बैठकका लागि पाँचवटा एजेण्डा तय गरेको गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गर्ने राजनीतिक प्रतिवेदन स्थायी कमिटीमा लैजाने, विधान संशोधन, अर्को केन्द्रीय कमिटी बैठक, नेपाल भारत सीमा समस्या र विविध विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठको भनाइ छ ।करीब… पुरा पढौ

अर्घाखाँचीको मालारानी-३ मा कांग्रेस को जित

अर्घाखाँचीको मालारानी गाउँपालिका वडानम्बर ३ को अध्यक्षमा नेपाली कांग्रेसका शोभाखर खनाल विजयी भएका छन् । खनालले नेपाल कम्युनिस्ट पार्टी नेकपाका यमलाल खनाललाई १०६ मत अन्तरले पछि पार्दै विजयी भएका हुन् । शोभाखरले १ हजार १५९ मत प्रप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी यमलालले १ हजार ५३ मत प्रप्त गरेका थिए । ३ हजार ३० मतदाता रहेको उक्त वडामा २ हजार २२५ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पुरा पढौ

प्यूठान २ र कोहलपुरमा नेकपा विजयी

प्यूठानको प्यूठान नगरपालिका वडा नं- २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मुक्ति पोख्रेल विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार मोहनसिंह बिष्टलाई २ सय ८४ मत अन्तरले हराउँदै पोख्रेल विजयी भएका हुन् । पोख्रेलले १ हजार १ सय २७ मत पाउंदा बिष्टले ८ सय ४३ मत प्राप्त गरेका छन् । २५ मत बदर भएको छ । २ मा ३ हजार २१ मतदाता रहेकोमा १ हजार ९ सय ९५… पुरा पढौ

विकास, नीति निर्माण दुवैतिर सक्रिय हुन्छु : विद्या (फोटो फिचर)

पोखरा ३३ बरपाण्डेथुमको शान्तिउदय मावि मतदान केन्द्रबाट नेकपा उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छन् । पति रवीन्द्र अधिकारीले अध्ययन गरेको स्कुलमा छोरा र पार्टी नेता, कार्यकर्तासहित उनी पुगेकी थिइन् । बिहान करिब ९ बजे मतदान गरेपछि उनले देशको नीति निर्माण र विकास, निर्माणको अगुवाइ गर्ने प्रतिवद्धता गरिन् । उनले रवीन्द्रले सुरु गरेको र निर्माण भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चाडो निर्माण गर्न पहल गर्ने जनाइन् । यो विमानस्थल बनेमा पोखरा पर्यटनको… पुरा पढौ

काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष नेकपामा प्रवेश

बैतडीमा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका–७ का वडाध्यक्ष प्रेमसिंह धामी नेकपामा प्रवेश गरेका हुन् । उनि विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमानेपाली काङ्ग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । पुर्चौडी नगरपालिका–४ भटनामा आयोजित चुनावीसभामा निर्वाचित अध्यक्ष धामीसँगै १५ जना नेकपामा प्रवेश गरेको अनेरास्ववियुका सचिवालय सदस्य गोविन्द गिरीले जानकारी दिएका छन्। उनीहरुलाई नेकपाका नेता भानुभक्त जोशीलगायतले स्वागत गरेका थिए । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं