राजनीति

विप्लवका कार्यकर्ता : पाटी छोड्ने कागज गर्दै, रिहा हुँदै

विप्लव समूहका कार्यकर्ता पाटी छोड्ने लिखित कागज गर्दै हिरासतबाट धमाधम छुट्ने गरेका छन् । जाजरकोटा जिल्लाका पक्राउ परेकामध्ये तीन जनाले विप्लव समूह छोड्ने लिखित कागज गदै छुट्ने गरेको प्रहरीले जनाएको छ । सरकारले प्रतिबन्ध लगाउनु अघि समूहमा सक्रिय रहेका विप्लव समूहका कार्यकर्ता प्रतिबन्धपछि पनि विभिन्न गैरकानूनी क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गर्दै आएको छ । उनीहरू पक्राउ परेपछि कम्तीमा २ हप्ता हिरासत बसेर विप्लव समूह छाड्ने कागज गर्दै रिहा… पुरा पढौ

आफ्नैलागि वार्ता गर

विश्य कम्युनिष्ट आन्दोलनको एक हिस्सा नेपाल कम्युनिष्ट आन्दोलन हो । कम्युनिष्टआन्दोलनको मूख्य उदेस्य राज्यको संरचनगत ढाँचा जसले समाजको विभाजन गर्दै गरिब र धनिबीचको खाडल बिस्तार ग-यो त्यस संरचनालाई भत्काएर नयाँ योजनाबध्द संरचना कोर्ने हो । योजनाबध्द बिकास प्रक्रियाद्वारा आमजनताको आर्थिक सामाजिक रूपान्तरण गर्ने हो । कम्युनिष्ट आन्दोलनले वैज्ञानिक समाजवाद समाजिक न्यायसहितको प्रजातन्त्र स्थापना गर्ने हो । त्यसभित्र गाँस बाँस र कपासको सहज ब्यवस्थापन गर्ने हो । आधुनिक समयमा यी तीनमा… पुरा पढौ

आज संसद खुल्ने सम्भावना न्यून

सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजेका लागि डाकेका छन् । प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल राजपाले सर्लाही घटनाको छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै मंगलबार गरेको संसद अवरोधले बैठक बस्न नसकेपछि बुधबार दिउँसोका लागि डाकेका हुन् ।  प्रतिपक्षी दलका सांसदहरुले सर्लाहीमा असार ५ गते कुमार पौडेल र असार १४ गते सरोजनारायण सिंहको हत्या भएको विषयमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न संसदीय समिति… पुरा पढौ

नेकपाका महासचिव विष्णु पौडेलसंग सिके राउतको हिमचिम, नेकपामा प्रवेश गर्न खोजेकै हुन् ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव बिष्णु पौडेललाई दक्षिण कोरियाका लागि बिदाई गर्न कुनै समयमा बिखण्डनकारी मानिएका सिके राउत बिमानस्थल पुगेका छन्। पौडेल दक्षिण कोरियामा हुने ‘ईमिनेन्ट साउथ एसियन डिग्निटरिज प्रोग्राम’मा सहभागी हुन गएका हुन्। उनीसँग नेकपाका नेता कृष्णगोपाल श्रेष्ठ पनि उक्त कार्यक्रममा सहभागी हुन पौडेलसँगै कोरिया लागेका छन्। कृष्ण गोपाल श्रेष्ठले सार्वजनिक गरेको तस्विरमा श्रेष्ठ, पौडेल र राउत हँसिलो मुद्रामा देख्न सकिन्छ। बिखण्डनकारी मानिएका राउतलाई सरकारले फागुन २४, २०७५ मा… पुरा पढौ

अब कांग्रेससंग मिल्नुको विकल्प छैन : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब नेपाली कांग्रेससंग मिल्नुको विकल्प नभएको बताएका छन् । उनले देशको विकास, समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न प्रतिपक्ष दल नेपाली कांग्रेससँग मिलेर जानुपर्नेमा जोड दिए। भरतपुर महानगरपालिकाको चौथो नगरसभाको उद्घाटनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले शान्ति प्रक्रियाको बाँकी काम र विकासका मुद्दामा कांग्रेससँग मिलेर अघि बढ्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताए । उनले भने, “हामीले नचाहेपनि शान्ति प्रक्रियाका काम पूरा… पुरा पढौ

नेविसंघ नेतृत्वविहीन कहिलेसम्म ?

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्थाका रूपमा रहेको नेपाल विद्यार्थी संघ (नेविसंघ) को चार महिनादेखि तदर्थ समिति बन्न सकेको छैन । ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले २०७५ माघ २८ मा राजीनामा दिएसँगै ४ महिनादेखि नेतृत्वविहीन रहेको नेविसंघको अहिलेसम्म तदर्थ समिति बन्न सकेको छैन । नेविसंघको विस २०७३ साउनमा सम्पन्न ११ औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष महरले १२ औँ महाधिवेशन गर्न नसेकेपछि माघमा राजीनामा दिएका थिए । मुलुकमा भएका विभिन्न राजनीतिक र… पुरा पढौ

जमिन खण्डिकरणको विपक्षमा उभिए विनोद चौधरी

सांसद विनोद कुमार चौधरीले देशको आर्थिक विकासको लक्ष्यसँग जोडेर भूमि सम्वन्धी कानून निर्माण हुनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभामा भूमि सम्वन्धी आठौँ संसोधन विधेयकमाथि आफ्नो धारणा राख्दै सांसद चौधरीले भुमिको उपयोग उत्पादन बृद्धिका लागि हुनुपर्नेमा जोड दिए । इन्डस्ट्रियल पार्क, एजुकेशन सिटी र कमर्सियल फार्मिङ जस्ता अवधारणा कार्यान्वयन गर्न आवश्यक पर्ने भुमि सहज रुपमा उपलब्ध हुने गरि कानून निर्माण गर्नु आवश्यक रहेको उनले बताए । ‘उत्पादनशिल उद्योगहरूमा लगानी अभिबृद्धि गरि… पुरा पढौ

छाया सरकारले के गर्छ ?

मुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामो छलफल र तयारीपछि छाया सरकारको घोषणा गरेको छ । सैद्धान्तिक रुपमा छाया सरकार बनाउने विषय नराम्रो होइन । किनकि यसले सत्तापक्षले गरेका वा गर्न लागेका कुनै गल्तीलाई हुनै नदिन वा तत्कालै सच्याउन मद्दत गर्दछ । अर्थात् गल्ती गर्न दिँदैन । यही मान्यताका कारण नै विश्वका विभिन्न मुलुकमा छाया सरकारको व्यवस्था गरिएको छ ।  के गर्ने हो छाया सरकारले ? छाया सरकारको कुनै कार्यालय र… पुरा पढौ

कास्की कांग्रेसको जागरण अभियान दोस्रो चरणमा

नेपाली कांग्रेस कास्कीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानका कार्यक्रम थप गरेको छ । नेपाली कांग्रेस कास्कीका सभपाति कृष्ण केसीको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि एवं केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको उपस्थितिमा बसेको बैठकले जागरण अभियानका कार्यक्रम थप गरेको हो । हिमाल पहाड तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत दोस्रो चरणको अभियान जेठ ५ गतेबाट शुरु भएको छ । यो अभियान यही जेठ २५ गतेसम्म सञ्चालन हुने नेपाली कांग्रेस कास्कीका… पुरा पढौ

पार्टी रित्तिए पनि अन्तरघातीलाई कार्वाही गरेरै छाड्ने देउवाको दृढता

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गर्ने अठोट गरेका छन् । पिताजी कृष्ण प्रसाद कोइराला स्मृति परिषद्धारा आयोजित प्रजातान्त्रिक आन्दोलनका योद्धा राजनीतिक विश्लेषक नरहरि आचार्यलाई सम्मान गर्दै उनले भने, “अन्तरघातीलाई कारवाही गर्दा पार्टी रित्तिए अथवा आगामी निर्वाचनमा पराजय भए पनि होस् तर कारवाहीबाट पछाडि हट्दिन ।” सभापति देउवाले पार्टीभित्र अनुशासनहीनता बढ्दै गएको टिप्पणी गर्दै आन्तरिक प्रजातन्त्र भने अहिलेसम्मै सबैभन्दा बढी भएको दाबी गरे । उन्ले विगतमा डरले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं