आफ्नैलागि वार्ता गर

विश्य कम्युनिष्ट आन्दोलनको एक हिस्सा नेपाल कम्युनिष्ट आन्दोलन हो । कम्युनिष्ट
आन्दोलनको मूख्य उदेस्य राज्यको संरचनगत ढाँचा जसले समाजको विभाजन गर्दै गरिब र धनिबीचको खाडल बिस्तार ग-यो त्यस संरचनालाई भत्काएर नयाँ योजनाबध्द संरचना कोर्ने हो । योजनाबध्द बिकास प्रक्रियाद्वारा आमजनताको आर्थिक सामाजिक रूपान्तरण गर्ने हो । कम्युनिष्ट आन्दोलनले वैज्ञानिक समाजवाद समाजिक न्यायसहितको प्रजातन्त्र स्थापना गर्ने हो । त्यसभित्र गाँस बाँस र कपासको सहज ब्यवस्थापन गर्ने हो ।

आधुनिक समयमा यी तीनमा अरूतीन शिक्षा स्वाथ्य रोजगारीमाथि आमजनताको सहज ब्यवस्थापन गर्ने हो । जसको जोत उसको पोत, आम बालवालिकाको पहुँच हुने शिक्षा र स्वस्थ्य, जनताप्रति उत्तरदायी प्रेश स्वतन्त्रता, पूर्णरोजगारी, न्यायपूर्ण वितरणको स्वाधिन अर्थतन्त्र, कृषिमा आधुनिकी करण रोजगारी अभिबृध्दि,पुँजीको सञ्चित र सो सञ्चित तथा कृषि उपजको आधारमा अौधोगीकरण गर्नु पनि कम्युनिष्टहरूको मूख्य लक्ष्य हो ।

यसरी हेर्दा कम्युनिष्टहरूको मुख्य लक्ष्य भनेको राष्टिृयता , जनतन्त्र र जनजिविका हुन आउदछ । यी माथिका समस्यहरु बैज्ञानिक समाजवाद बाहेक अन्य कुनै उपाएले पूरा गर्न सक्दैन । त्यसैले कसैले चाहे पनि न चाहे पनि कोही दलाल पुँजीवादमा पतन भएपनि क्रान्तिलाई जस्तो सुकै दमनद्वारा ध्वस्त गर्न खोजे पनि प्रचण्ड बादल मण्डली जस्तै गरि विप्लव लगायतका केही ब्यक्तिहरु दलाल पुँजीवादमा परिणत भए पनि कम्युनिष्ट आन्दोलन जवसम्म बैज्ञानिक समाजवाद स्थापना हुदैन तवसम्म चलिरहन्छ ।द्वन्द्ववादको निएम अनुसार पुरानाको ध्वम्स र नयाँको निर्माण हुने क्रम चलिरहन्छ । 

जनयुध्द सुरु गर्ने १६ जनामध्ये प्रचण्ड लगायत ११ जना मूख्य नेतृत्वमा भएकाहरुले संसदीय दलाल पुँजीवादि ब्यवस्थाधमा आत्मसमर्पण गरी ओलीको पार्टीमा विसर्जन भएका छन् ।

जसरी‌ तत्कालिन समयमा नजयुध्द सुरु गर्ने प्रचण्ड बादल किरण,गौरव, जितबीर, दिवाकर, कान्छाबहादुर, शितलकुमार, आलोक, कञ्चन, बिमल, अभ्यास, पम्फा, अनिल, दीपेन्द्र शर्मा, रामसिंह, कमल प्रसाद, सागर, अनल आदि कोही पनि विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीमा छैनन् तै पनि आन्दोलन त चलिरहेकोछ । जनयुध्द सुरु गर्ने १६ जनामध्ये प्रचण्ड लगायत ११ जना मूख्य नेतृत्वमा भएकाहरुले संसदीय दलाल पुँजीवादि ब्यवस्थाधमा आत्मसमर्पण गरी ओलीको पार्टीमा विसर्जन भएका छन् ।

नेताहरु मोरे वा पलायन भएर क्रान्ति विसर्जन हुने भए तिमीहरुको मात्र एकलौटी हुने थियो होला तर क्रान्तिकारी कम्युनिष्ट आन्दोलन त चलिरहेको नै छ । माओवादी केन्द् र एमाले मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो राजनीतिक प्रतिवेदनमा जनताको जनवाद राखेका छ। संविधानमै समाजबाद पनि उल्लेख छ । आर्कोतर्फ पार्टीको संगठनात्मक संरचना जनबादी केन्द्रियता त के दलालपुँजीवादीको जस्तो समेत छैन ।

दलाल पुँजीवादी ब्यवस्थालाई अपनाई सकेपछि चुनाव जित्नकैलागि पनि खुकुलो संगठन बनाउन पर्ने हुदा संसदवादीहरूको संगठनमा क्रान्तिकारी जुदारु कार्यकर्ताको भन्दा मौकामा चौका हान्न सक्ने भाषणवाद धन खर्चगर्नसक्ने कार्यकर्ताको आवस्यक पर्छ । एमाले पहिलादेखिनै जनताको वहुदलीय जनवादको दलालपुँजीवादमा परिणत भएकै थियो। माओवादी शान्तिप्रक्रियामा आइसके पछि समाज रुपान्तरणको प्रक्रिया भन्दा कार्यकर्ता रुपान्तरणको प्रक्रिया तिब्र बन्यो । पारिवारिक धन सम्पत्ति पद-प्रतिष्ठाप्रतिको मोह अत्यधिक बढ्यो । धेरै मााओवादी कार्यकर्तामा बिचलन आयो । चुनाव जित्न खुकुलो संगठन बनाउने नाममा क्रान्तिकारी कार्यकर्ताको सट्टा माओवादी बिरोधि लोकप्रिय कार्यकर्ताले स्थान ओगड्दै गए । उनीहरूलाई पार्टी अध्यक्षले प्रोत्साहन गर्दै गए ।

लोकप्रिय भित्र तम्पट सर्वहाराले मात्र प्रबेश गरेनन् बिस्तार-बिस्तारै कुण्डले मण्डले डन सुपर डन भूमाफिया बैंक तथा बित्तिय सस्थाका माफिया सुन, लागू अौषद तथा रक्तचन्दन तस्कर ,डोजर स्काभेटर मालिक देखि कश्रेणीका ठेगेदारसम्म शैक्षिक माफिया देखि मानव तस्करसम्म मेडिकलमाफिया देखि कुटनीतिक माफियासम्मले पार्टीमा स्थान बनाए । माओवादीबाट क्रान्तीकारीहरूले बिद्रोह गरेपछि बाँकी रहनेमा बर्ग उत्थान गर्न सफल र लोकप्रिय भनिनेमात्र रहदा एमाले र माओवादी केन्द्रबीच कुनै हिसावले पनि अ न्तर रहेन । त्यसैले गर्दा यी दुई पार्टी बीच पार्टी एकता भएक हो । जनताले यिनीहरूलाई कम्युनिष्ट नै मानेर भोट दिएका हुन् । 

यिनीहरू दलालपुँजीवादमा ररूपान्तरण भै सबै सिध्दान्त छोडी भारत लगायतका विश्व साम्राज्यबादीका दलालमा परिणत भएको जनतालाई थाहा थिएन । हाल पार्टी भित्रको गुठबन्दिका कारण एकले अर्कोलाई छौडा भनी टिप्पणी गर्नुले यो प्रमाणित भएको छ। ओली, प्रचण्डहरु दलाल पुँजीवादका बैध सन्तान नभएर टिमाहा हुन् । आफ्नो स्वतन्त्र अस्तित्व गुमाउदा कस्तो हालेत हुदो रहेछ भन्ने अनुभव गरेकै होलान् तर धेरै तल रसातलमा पुगेकाले अब चाहेर पनि साम्राज्यवादीको निर्देशन भन्दा बाहिर गएर केही गर्न सक्ने स्थिति छैन ।

एकतर्फ कम्युनिष्ट नदेखिए जनताले छाड्ने डर अर्कोतर्फ साम्राज्यवादीहरुको निर्देशनमा चल्नु पर्ने बाध्यता आफ्नो स्वभिमान गुमाउदा कस्तोहुदो रहेछ पक्कै हेक्का भएकै होला । के जनताको जनवादमा बजारले निर्धारण गर्ने अर्थन‌ीति हुन्छ ,? भष्टाचार, खुसखोरी कमिशनखोरी, यस्तैहुन्छ ? ।पार्टी संगठन दुई जनाले चलाउने हुन्छ ?। केही लाभप्राप्त ब्यक्तिहरु बाहेक सबै सधै तिमीहरुको पछि लागिरहने छन् ? त । साम्रज्यवादीहरूले बारं-बार दलालहरु फेर्ने गर्दछन् जुन प्रक्रियालाई तिमीहरूले स्वयम् अनुभव गरेकै होउला । यदि साम्राज्यवादीहरुले तिमीहरुको सट्टा अर्को दलाल खडागरी नेपालमा इन्डोनेशियाको जस्तो कम्युनिष्ट बिरोधि आक्क्रमण गरेभने जति दलाली गरे पनि तिमीहरु पनि बाच्ने छैनौ । आफ्नैहातमा केही शक्ति भएको यश समयमा होस पु-यए कल्ल्यण होला ।

ओली, प्रचण्डहरु दलाल पुँजीवादका बैध सन्तान नभएर टिमाहा हुन् ।


बिद्रोही कम्युनिष्ट पार्टीलाई सी.के. राहुतको पार्टीसंग तुलना गर्ने तिमीहरुको बुध्दिले तिमीहरूलाई नै घाटा छ। सी के राउतलाई र तिमीहरुलाई चलाउने शक्ति एउटै थियो । देश बिखण्डन गर्न खोज्ने र देशमा आमूल परिबर्तन गर्न अघिबडेको शक्ति कसरी एउटै हुन्छ ।कायरहरु मात्र विजय निष्चित भए मात्र युध्दमा अघि बड्छन् बहादुरहरु युध्दमा हार होस् वा जित आफ्नो एजेण्डाका लागि सधै अघि बढिरहन् छन् । आफैले नसके भाविपुस्ताले भएपनि आफ्ना एजेण्डा पूरा गर्ने छन् भन्नेमा आशावादी रहन्छन् ।

दुईतिहाइको सरकार भए पनि चाहेर पनि जनताका पक्ष्यमा काम गर्न नसक्ने अनुभव अबस्य गरेकै होउला । केही जनताका पक्ष्यमा भएका निर्णयहरु सबै फिर्ता लिन पर्दा के आत्मगलानि हुदैन । अब तिमीहरूले नव प्रबेशी रदलालपुँजीपतिका पक्ष्यमा बाहेक जनताको पक्ष्यमा केही गर्न सक्दैनौ । जुन तरकारी बिषकाण्डामा अनुभव गरेकै होउला ।

विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको आन्दोलनले तिमीहरुलाई केहीमात्रामा भए पनि दलालपुँजीवादी खाडलबाट बाहिर हेर्ने मौका मिलेको छ । वार्ता मार्फत जनता तर्फ फर्कन सक्ने एक मौका आएको छ । यसबाट तिमीहरुको आयु केही लम्विने छ ।तुरून्त जनताका एजेण्डाहरुलाई लिएर सार्थक वार्ता गर ।