राजनीति

बाबुराम भट्टराईको पहलमा ४ पार्टीको एकता प्रयास

नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच चलिरहेको एकता प्रक्रियामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र राष्ट्रिय जनमुक्ती पार्टीलाई पनि सहभागी गराउने प्रयास भएको छ । नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराइको पहलमा चारै पार्टीका शीर्ष नेताहरुको छलफल नयाँ शक्ति पार्टीको कार्यालय बबरमहलमा बिहीबार भएको छ । बैठकले एकीकरणको खाका तयार पार्ने जिम्मा पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईलाई दिइएको छ । फोरम र नयाँ शक्तिबीचको एकता प्रक्रिया सकारात्मक भएपछि राजपा… पुरा पढौ

फोरम-नयाँ शक्ति मिल्दै, यादव, भट्टराई दुवै अध्यक्ष

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरणको घोषणा गर्ने तयारी भइरहेको छ । २ पार्टीबीच लामो समयदेखि एकीकरणका लागि पहल भइरहे पनि बल्ल अहिले आएर टुङ्गोमा पुगेको छ । नयाँ शक्तिसँग एकीकरण गर्ने भएपछि फोरम नेपालले आफ्नो केन्द्रीय महाधिवेशन सार्ने तयारी पनि गरिरहेको फोरम नेपाल पार्टी कार्यालय स्रोतले जनाएको छ । वैशाख २८, २९ र ३० गते जनकपुरमा महाधिवेशन गर्ने मिति तय गरेको थियो । तर नयाँ शक्तिसँग… पुरा पढौ

मजदूरप्रति सरकार अनुदार : नेता आचार्य

नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले वर्तमान सरकार मजदुरको हक अधिकारप्रति अनुदार देखिएको बताएका छन् । उनले मजदुरको साथ लिएर अघि बढ्ने तर पछि माथि पुगेपछि तिनै मजदूरमाथि दमन गर्ने नीति वर्तमान सरकारले गरिरहेको आरोप लगाए । विश्व श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश कमिटीले पोखरामा आयोजना गरेको श्रमिक सभामा नेता आचार्यले ओली सरकारले मजदुरको हकहितको कुरा ठूला ठूला गरेको तर काम केही नगरेको बताए । उनले… पुरा पढौ

नेविसंघको शैक्षिक हड्ताल फिर्ता (विज्ञप्तिसहित)

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) कास्कीले कास्कीमा आह्वान गरेको अनिश्चितकालीन शैक्षिक हड्ताल फिर्ता लिएको छ । पोखरा विश्वविद्यालयमा आन्दोलनका क्रममा नेविसंघका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । नेविसंघले त्यसको विरोध र आफ्ना नेता कार्यकर्ताको विनाशर्त रिहाईको माग गर्दै कास्कीमा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा गरेको थियो । नेविसंघले शैक्षिक हड्ताल घोषणा गरेसंगै प्रहरीले पक्राउ गरेका नेविसंघका नेता कार्यकर्तालाई रिहाइ गरेको थियो । त्यसपछि नेविसंघ कास्कीका अध्यक्ष विकास… पुरा पढौ

माधवकुमार नेपाललाई चीनको आग्रह : केपी ओली सरकारलाई खुलेर सहयोग गर्नुस्

देशमा प्रतिपक्षी खोज्नुपर्ने बनाइएको भनेर टीकाटिप्पणी हुने गरेको बेला नेकपा भित्र प्रतिपक्षीय भूमिका झनै खोज्नुपर्ने अवस्था छ। यद्यपी कतिपय असन्तुष्टीहरु माधव नेपाल भीम रावल लगायतका नेताहरुबाट प्रकट हुने गरेको थियो। थोरैजनाले  सानो स्वरमा बोलेपनि यो सघन रुपमा प्रकट नहोस भन्ने ख्याल अहिले जति प्रधानमन्त्रीका रुपमा केपी ओलीले गरेका छन् त्यतिकै चासो उत्तरको छिमेकीले पनि राख्न थालेको कुटनीतिक वृत्तमा चर्चा हुन थालेको छ।  यहि चासो सम्वोधन गर्न यस पटक वेल्ट एण्ड… पुरा पढौ

रवीन्द्र मिश्रले किन फेरे पार्टीको नाम ?

रवीन्द्र मिश्र नेतृत्वको पार्टीले नाम परिर्वतन गरेको छ । अब पार्टीको नाम साझा विवेकशील पार्टी भएको छ । यसअघि विवेकशील साझा पार्टी थियो । तत्कालीन साझा र विवेकशील पार्टीबीच एकता भएपछि साझा विवेकशील पार्टी बनेको थियो । तर, उज्वल थापा नेतृत्वको समूह फुटेर विवेकशील नेपाल दल बनाएको छ । छुट्टिएर गएको समूहले ‘विवेकशील’ नाम प्रयोग गर्दा उत्पन्न भएको भ्रम चिर्न पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ बाट ‘साझा विवेकशील पार्टी’ बनाउने… पुरा पढौ

रुपन्देहीमा १० जना विप्लव कार्यकर्ता पक्राउ

बुटवल–विप्लव नेतृत्वको नेकपा रुपन्देहीकी जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रिय सदस्य कल्पना सुवेदी सहित जिल्ला तहका १० जना नेतालाई पक्राउ गरेको छ। उनलाई गएराती करिव १२ बजेको समयमा देवदहबाट पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए । ती मध्ये सैनामैनाका जनसरकार प्रमुख बताईएका रेशमबहादुर खाँड, युवा संगठनका नेता सावद भनिने शेरबहादुर राना र शिक्षक संगठनका नेता रामजी आचर्य सहित ३ जनाले आत्मासमपर्ण गरि रिहा भएका छन र… पुरा पढौ

राजतन्त्र फर्किन अव कुनै हालतमा सम्भव छैन सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा राजतन्त्र कुनै पनि हालतमा फर्किने सम्भव नभएको बताएका छन् । मंगलवार काभ्रेको धुलिखेलमा एक कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले देशमा परिर्वतन नचाहने केही शक्तीले पुनः मुलुकलाई अस्थितरता तर्फ लैजान खोजेको बताएका हुन् ।उनले हिन्दु राज्यको नाममा जनमत संग्रहको रटान गर्नु उचित समेत नभएको बताएका छन् । नेपालमा ८१ प्रतिशत हिन्दु भएको कारण धर्मको नाममा जनमत संग्रहको माग राख्नु गलत भएको बताए । राजनीति र… पुरा पढौ

विना निष्कर्ष सकियो मंगलबारको सरकार र राप्रपाबीचको वार्ता

सरकार र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा विच बसेको बार्ता बिना निष्कर्ष टुंगिएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको वार्ता सैद्धान्तिक विषयमा छलफल नै नगरी टुंगिएको हो। छलफलबाट निस्कर्ष निस्कन नसकेकोले सरकारसँग एक हप्ताभित्रै अर्को छलफल हुने गरी आजको वार्ता सकिएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। वार्तामा सरकारी वार्ता टोलीका संयोजक कानुनमन्त्री भानुभक्त ढकालले संघीय लोकतान्त्रिक गणतन्त्र अतिक्रमित हुने मागमा पुनर्विचार गर्न आग्रह गरेको राप्रपा… पुरा पढौ

नेकपाको एकता ५० प्रतिशत !

पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच एकता भई नेकपा बनेको ११ महिनापछि बल्ल सो पार्टीले जिल्ला कमिटीहरूको एकता सम्पन्न भएको छ । २००६ मा नेकपा स्थापना भएको ७० बर्ष पुगेको अवसर पारेर नेकपाले पूर्व एमाले र पूर्व माओवादी केन्द्रका जिल्ला कमिटीहरूको एकता सम्पन्न गरेको हो । नेकपालाई एकताको क्रममा सबैभन्दा हम्मे नै जिल्ला कमिटीहरूको एकता टुंग्याउन परेको थियो । नेतृत्वको खिँचातानीका कारण यस्तो नेकपाले यस्तो कठिनाई भोग्नु परेको थियो ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं