देशमा प्रतिपक्षी खोज्नुपर्ने बनाइएको भनेर टीकाटिप्पणी हुने गरेको बेला नेकपा भित्र प्रतिपक्षीय भूमिका झनै खोज्नुपर्ने अवस्था छ। यद्यपी कतिपय असन्तुष्टीहरु माधव नेपाल भीम रावल लगायतका नेताहरुबाट प्रकट हुने गरेको थियो।
थोरैजनाले सानो स्वरमा बोलेपनि यो सघन रुपमा प्रकट नहोस भन्ने ख्याल अहिले जति प्रधानमन्त्रीका रुपमा केपी ओलीले गरेका छन् त्यतिकै चासो उत्तरको छिमेकीले पनि राख्न थालेको कुटनीतिक वृत्तमा चर्चा हुन थालेको छ।
यहि चासो सम्वोधन गर्न यस पटक वेल्ट एण्ड रोड फोरममा माधव कुमार नेपाललाई निम्त्याइएको थियो। फोरमको कार्यक्रममा सरकारका दुई मन्त्रीहरुसँगै मुस्कुराएका नेपालको तस्विर यस बीचमा चर्चामा पनि रहेको थियो। चर्चा जति सो तस्विरको बारेमा भयो त्यतिकै चर्चा माधव कुमार नेपाललाई चीनियाँ अधिकारीहरुले मनभित्रैबाट केपी ओली सरकारलाई सहयोग गर्न गरेको आग्रहको पनि भएको छ।
राष्ट्रपति नेतृत्वको टोली नेपाल फर्कुन अघी नै नेपाल चीनियाँ पक्षसँगको मन्त्रणा पछि स्वदेश फर्किएका छन्। हेर्न वाँकी छ चीनमा भएको मन्त्रणा नेपाल आएपछि नेता नेपालले कसरी निभाउनेछन्। प्रधानमन्त्री ओलीका लागि सकारात्मक मानिएको यो मन्त्रणाले नेकपा भित्रको प्रतिपक्ष भने अझै खोज्नुपर्ने अवस्थामा पुग्ने आँकलन भने नेकपा भित्रै गरिएको छ।
नेकपाका दोस्रा अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डलाई समेत मिलेर जान र जनादेश अनुसार काम गर्न पटक पटक भएको मन्त्रणा पछि नेपाललाई गरिएको मन्त्रणा नेपालको राजनीतिक स्थिरतासँगै चीनको रणनीतिक स्थिरतासँग पनि जोडिएका कारण पनि प्रधानमन्त्री केपी ओली भने फाइदामा रहने भएका छन्।




