राजनीति

सिके राउतसँगको सम्झौताबारे शंका गर्नुपर्दैनः नेकपा अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार र सिके राउतबीच भएको सम्झौतामा शंका गर्नुनपर्ने बताएका छन् । प्रेस संगठन नेपाल कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले पृथकतावादी आन्दोलन गरिरहेको समूहलाई मूलधारमा ल्याउने प्रयास स्वरुप सम्झौता भएको बताए । पार्टी बैठक र सरकारसँगको छलफल समेतका आधारमा संविधानको मूल मर्म र भावना, राष्ट्रिय एकता, स्वाधीनतालाई सम्मान गर्दै मूलधारको राजनीतिमा ल्याउने भावनामा सहमति भएको उनले बताए ।… पुरा पढौ

राष्ट्रपति भण्डारी अमेरिका प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार साँझ अमेरिका प्रस्थान गरेकी छन् । संयुक्त राष्ट्रसंघीय कार्यक्रममा भाग लिन राष्ट्रपति भण्डारी त्यसतर्फ गएकी हुन् । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारी राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था ‘कमिसन अन दि स्ट्याटस अफ वुमन’ ले गर्न लागेको वुमन इन पावर कार्यक्रममा सहभागी हुनेछिन् । राष्ट्रपतिको भ्रमण टोलीमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा पनि छिन् । राष्ट्रपति भण्डारीको बिदाइका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली,… पुरा पढौ

तातोपानीमा पौडी खेलेर एकता हुन्छ ? : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शान्ति सुरक्षा र विकासमा सरकार पूर्ण असफल भएको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीको नवौं अधिवेशनबाट निर्वाचितहरूलाई बधाई तथा शुभकामना दिंदै नेता पौडेलले सुशासनको धेरै कुरा गर्ने केपी ओलीले नै कुशासन गरिरहेको आरोप लगाए । उनले ओली सरकारले जनतालाई भ्रष्टाचार, महंगी, अशान्तिबाहेक अन्य केही दिन नसकेको भन्दै चुनावमा गरेको प्रतिवद्धताबाट सरकार पूर्ण च्यूत भएको बताए । उनले न्यायालय र अख्तियारमा सरकार हावी भएको… पुरा पढौ

सिके राउत राजनीतिमा आएपछि राजपा आक्रोशित, फोरम सशंकित

सरकार र सिके राउतवीच भएको ११ बुँदे सहमतिप्रति प्रतिक्रिया जनाउदै तराई मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपालले सरकारको नियतमा गम्भिर प्रश्न उठाएको छ भने सत्तारुढ दल संघीय समाजबादी फोरम नेपालले आसंका प्रकट गरेको छ ।   राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको भोलीपल्टै शनिबार सरकारले राउतसँग ११ बुँदे सहमति गरी राजपाको समर्थन फिर्तालाई छायाँमा पार्ने प्रयास गरेको थियो । सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्रीले सिके राउतलाई देखाएर मधेसमा रोटी सेक्ने राजनीति… पुरा पढौ

अपहरणमा परेकी सांसद विप्लव माओवादी नेताकै छोरी !

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले अपरहण गरेकी नेकपा सांसद देवकी मल्ल विप्लवकै नेकपाका नेताकी छोरी भएको खुलासा भएको छ । सांसद देवकी मल्लका बुवा धनराज मल्ल नेकपाकै केन्द्रीय सल्लाहकार हुन् । उनी पार्टी विभाजन नहुँदा पनि एकीकृत माओवादीका केन्द्रीय सल्लाहकार थिए । सांसद मल्लका भाइ भरत मल्ल पनि विप्लवकै विद्यार्थी संगठनका नेता हुन् । पूर्व माओवादी पृष्ठभूमिका मल्ल पार्टी गठनदेखि नै विप्लव समूहमा छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले… पुरा पढौ

कांग्रेस सभापति देउवापछि वरिष्ठ नेता पौडेल पनि पोखरा आउँदै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उच्च तहका नेताहरू जिल्ला दौडाहामा सक्रिय छन् । पार्टी सभापति शेरबहादुर देउवाले जिल्ला दौडाहा, नेता, कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीब्र बनाएका छन् । यसैक्रममा उनी शुक्रबार कास्की आउँदैछन् भने शनिबार बिहान म्याग्दी जाँदैछन् । यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि जिल्ला दौडाहा शुरु गर्न लागेका छन् । उनको यात्रा गण्डकीबाट शुरु हुने बताइन्छ । नेता पौडेल शनिबारदेखि गण्डकी र ५ नम्बर प्रदेशका विभिन्न जिल्ला दौडाहामा… पुरा पढौ

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । नियमित स्वास्थ्यजाँचका लागि अस्पताल पुगेका प्रधानमन्त्री ओलीलाई बुधबार बिहान चिकित्सकले भर्ना लिएका थिए ।  स्वास्थ्य परीक्षणमा सबै रिपोर्ट सामान्य आएपछि उनलाई डिस्चार्ज गरिएको हो । उनको उपचारमा संलग्न डा अरुण सायमीले भने, 'प्रधानमन्त्रीज्यूको सबै रिपोर्ट नर्मल भएपछि भर्खरै डिस्चार्ज गरिएको छ।' त्रिवि शिक्षण परिसरमा रहेको मनमोहन कार्डियोथोरासिस तथा भास्कुलर सेन्टरको सिसियू कक्षमा भर्ना गरिएका प्रधानमन्त्री ओली करिब १० घन्टा अस्पताल बसेपछि डिस्चार्ज… पुरा पढौ

सबै कम्युनिष्ट शक्तिलाई एउटै पार्टीमा गोलबद्ध हुन आह्वान: प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले मुलुकमा क्रियाशील सबै कम्युनिष्ट शक्तिलाई एउटै पार्टीमा गोलबद्ध हुन आह्वान गरेका छन्। इलाम विद्रोहका पाँच शहीदको स्मृतिमा आज झापाको शहीदभूमि सुखानीमा आयोजित श्रद्धाञ्जलि सभामा प्रधानमन्त्रीले सुखानीमा सहादत प्राप्त गरेका शहीदले मुलुकमा फुटेर होइन, जुटेर समाज रुपान्तरणका लागि लाग्ने एकीकृत कम्युनिष्टको सपना देखेको बताए। उनले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द) बीचको एकीकरण शहीदको सपना साकार पार्ने एउटा महान् प्रक्रिया… पुरा पढौ

५५ जिल्लाका कांग्रेस सभापतिको चेतावनी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका ५५ जिल्लाका सभापतिहरुले महासमिति बैठकको निर्णयअनुसार विधानमा पुनर्विचार नगरिए विशेष महाधिवेशनका लागि पहल गर्ने चेतावनी दिएका छन् । उनीहरुले मंगलबार संयुक्त विज्ञप्ती जारी गरेर महासमिति बैठकको निर्णयअनुसार महाधिवेशन प्रतिनिधिका लागि सबै तहका नेताहरुले वडा तहमा निर्वाचन लड्नुपर्ने व्यवस्था विधानमा नगरिए विशेष महाधिवेशनका लागि पहल गर्ने चेतावनी दिएका हुन् ।   ‘महासमिति बैठक र यसको निर्णयबाट उत्साहित भएका आम पार्टी सदस्यहरुलाई केन्द्रीय समितिको पछिल्लो निर्णयले निराश… पुरा पढौ

सबै समस्या समाधान गर्छौं : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको अन्तिम प्रस्ताव तयार हुन लागेको र केही दिनमै पार्टी एकता टुंगिने बताएका छन्। सोमबार दिउँसो विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘हामी पार्टी एकताको अन्तिम तयारीमा छौं। प्रदेश समितिको त अन्तिम प्रस्ताव नै तयार भइसकेको छ। बाँकी काम पनि हामी छिट्टै सक्छौं। बीचमा हामी शोकमा भयौं, अब एकताले गति लिन्छ।’ प्रचण्डले मन्त्रीमण्डल हेरफेरबारे पार्टी र २ अध्यक्षबीच कुनै छलफल… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं