राजनीति

राजनीतिक र साहित्य मिलेर समाजमा रुपान्तरण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक र साहित्यको सम्बन्धले मात्र समाजमा रुपान्तरण गर्न सकिने बताएका छन् । आज यहाँ भगवती ढुङ्गेलद्वारा लिखित उपन्यास ‘प्रेमिल’ को विमोचन गर्दै उनले राजनीतिले गर्ने समाजको रुपान्तरणमा साहित्यले पनि सहयोग गर्ने बताए। साहित्यद्वारा अभिप्रेरित कुरालाई राजनीतिले दिशाबोध गर्ने उनको भनाइ थियो । “राजनीति गर्न कला आवश्यक हुन्छ, जनतालाई आफ्ना कुरा अपिल गर्नका लागि राजनीतिक दलले कलालाई प्रयोग गर्नुपर्छ,” अध्यक्ष दाहालले भने ।… पुरा पढौ

विवेकशील साझा कि विवेकशील रवीन्द्र ?

विवेकशील साझा पार्टीमा पूर्व विवेकशील (उज्वल थापा) समूहको अनुपस्थितिमै सम्पूर्ण विभाग भंग गर्दै केन्द्रीय समिति विस्तार गरिएको छ । पार्टी केन्द्रीय कार्यालय बखुन्डोलमा गत मंगलबार बसेको संयोजन समितिको बैठकले दुई जनसंगठन गठन समेत गरेको छ । संयोजन समितिको निर्णय अनुमोदन गर्न आगामी सोमबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने तयारी छ । केन्द्रीय सदस्यमा महिलातर्फ गण्डकी प्रदेशबाट सुशीला केसी अधिकारी, प्रदेश ५ बाट सरस्वती पन्थी र सुदूरपश्चिम प्रदेशबाट शैलु श्रेष्ठ… पुरा पढौ

जनताले पार्टीको नेतृत्वमा परिवर्तन खोजेको छन्: डा शशांक

नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले जनताले पार्टीको नेतृत्वमा परिवर्तन खोजेको बताएका छन्। नेपाली काङ्ग्रेस रत्ननगर नगरसमितिले शनिबार रत्ननगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रममा बोल्दै उनले पार्टीलाई एक बनाएर लैजानका लागि नेतृत्वमा परिवर्तन आवश्यक रहेको बताए। आफूले पटकपटक सभापतिलाई पार्टी एक ढिक्का बनाउन आग्रह गरेको बताउँदै उनले पार्टी गुट उपगुटले ध्वस्त भएको बताए। यो गुट उपगुटको अन्त्य सभापतिकै नेतृत्वबाट हुनुपर्ने उनको भनाइ थियो। आउँदो निर्वाचनसम्म पार्टीलाई एक ढिक्का… पुरा पढौ

भ्रष्टाचार र हत्याहिंसा बढेको आरोप :महेन्द्र यादव

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले वाइड बडी जहाज खरीद प्रक्रियामा रु चार अर्ब बढी घोटाला भएको भनिए पनि सरकारले खरीद प्रक्रियामा संलग्नलाई कारवाही गर्न नसकेको आरोप लगाएका छन् । पाँचथरको फिदिममा आज बिहान पार्टीका कार्यकर्तासँगको भेटघाटमा पूर्वसिँचाइमन्त्री यादवले देशमा भ्रष्टाचार र हत्याहिंसा बढेको, ३३ किलो सुनकाण्डमा संलग्नलाई अहिलेसम्म पक्राउ गरी कारवाही गर्न नसकेको, निर्मला पन्त हत्याकाण्डका दोषी पत्ता लगाउन नसकेको जस्ता क्रियाकलापले सरकार कमजोर भएको विचार व्यक्त गरे ।… पुरा पढौ

सरकारले राजिनामा दिनु पर्छ : सांसद सिंह

नेपाली कांग्रेसका नेता एवं सांसद डा .अमरेशकुमार सिंहले वाईडबडी प्रक्रकरणमा चरम भ्रष्टचार भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सिंहले वाईडबडी प्रकरणले आलोचित बनिरहेको सरकारले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने बताएका छन् । दुई तिहाई मतको सरकार यति ठुलो भ्रष्टचारमा मुछिएको भन्दै उनले सरकार कमिसनको चक्करमा फसेको भन्दै भ्रष्ट सरकारलाई पदमा रहन कुनै अधिकार नभएको बताए । उनले भने “आउटडेटेट विमान खरिद गरिएको छ । सम्झौता एउटा कम्पनीसंग… पुरा पढौ

चोलेन्द्र प्रधानन्यायाधीश बन्ने पक्का

सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि चोलेन्द्र शमशेर जबराको नाम अनुमोदन भएको छ । प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि शमशेर प्रधानन्यायाधीश बन्ने पक्का भएको हो । समितिको मंगलबार बसेको बैठकले प्रधानन्यायाधीशमा जबराको नाम अनुमोदन गरेको हो । समिति सभापति लक्ष्मणलाल कर्णले प्रधानन्यायाधीशमा संवैधानिक परिषद्को सिफारिस अनुमोदन भएको बताएका छन्। यसअघि आइतबार पनि प्रधानन्यायाधीशमा सिफारिस जबराको सुनुवाइ भएको थियो । आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ जबराले… पुरा पढौ

बृद्ध नेता दाहाललाई कुट्ने वाग्लेलाई प्रहरीको साथ

नेपाली कांग्रेसले सोमबार मेलमिलाप दिवस मनाइरह“दा उक्त पार्टीका एक बृद्ध नेता कांग्रेस समर्थक म्यानपावर ब्यवसायीबाट कुटिएका छन् । म्यानपावर ब्यवसायी हंसराज वाग्लेले नेपाली कांग्रेसका पुराना नेता तुलाराम दाहाललाई कुटपिट गरेका हुन् । निर्वासनमा समेत बसेका नेता दाहाल रेसुंगा रेष्टुरेन्टमा साथीहरुसँग खानपिन गरिरहेका बेला २०७५ पुस ७ मा वाग्लेले एक्कासी गएर उनीमाथि कुटपिट गरेका थिए । म्यानपावर जगतमा गुण्डागर्दीको छवि बनाएका वाग्लेको कुटपिटको शिकार भएका दाहालले महानगरीय प्रहरी बृत्त बानेश्वरमा जाहेरी… पुरा पढौ

‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियान दृढतापूर्वक उचाइमा पुग्ने : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । अंग्रेजी नयाँ वर्ष २०१९ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अर्को नयाँ वर्षको सङ्घारमा पुग्दासम्म जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने अभियान सार्थक बिन्दुमा पुग्ने बताए । प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ‘निर्वाचन मार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै मैले पटक–पटक सङ्कल्प गरेको… पुरा पढौ

नेकपाको जहाज दुर्घटनामा पर्छ : गगन थापा

 नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपाल कम्युनिष्ट पार्टीका नेताहरुसँग गणतान्त्रिक मूल्य–मान्यता नरहेको टिप्पणी गरेका छन् । ‘यो आरोप होइन, सत्य हो’, थापाले सोमबार राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने । नेता थापाले नेकपाको जहाज पनि दुर्घटना पर्ने बताए । ‘नेपाल कम्युनिस्ट पार्टीको जेट चलाउने दुइटा पाइलट हुनुहुन्छ । दुईटा पाइलटमध्ये एउटालाई संघीयता मनै पर्दैन । अर्काे पाइलटले अस्ती संसदमा उद्घोष गर्नुभयो मलाई लोकतन्त्र मन पर्दैन’, गगनले… पुरा पढौ

बंगलादेशका क्रिकेट खेलाडी बने सांसद

भर्खरै पाकिस्तानमा पूर्व क्रिकेटर इमरान खान प्रधानमन्त्री बने । उनी प्रधानमन्त्री बनेसंगै खेल जगतका धेरै हस्तीहरुले खुसी व्यक्त गरेका थिए । यतिबेला बंगलादेशमा एक दिवसीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान मशरफे मुर्ताजा पनि सांसद बनेका छन् । हिजोमात्र सम्पन्न भएको चुनावमा उनी प्रधानमन्त्री शेख हसिना वाजेदको अवामी लिग दलबाट उठेका थिए । उनको जीतसंगै यतिबेला उनले बधाई थापिरहेका छन् । डिसेम्बर ९ मा वेस्ट इन्डिजविरूद्ध सुरू भएको तीन म्याचको एक दिवसीय… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं