राजनीति

आशाको दियो निभ्यो, भरोसायोग्य खम्बा ढल्यो ः संयुक्त अखिल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले संयुक्त विज्ञप्ति जारी गर्दै मन्त्री रवीन्द्र अधिकारीको निधनले आफूहरुको आस्थाको दियो निभेको बताएका छन्। अध्यक्षद्वय नविना लामा र रञ्जित तामाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ तर, अब उहाँ हामीबीच भौतिक रुपमा रहनुभएन । अल्पआयुमा भएको उहाँको अप्रत्यासित निधनवाट मुलुकका लाखौंलाख युवा विद्यार्थीहरुको एउटा आशाको दियो निभेको छ । जनताले आफ्नो प्रिय नेता गुमाएका छन् । पार्टीको एउटा भरोसायोग्य… पुरा पढौ

प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डतर्फ प्रस्थान

स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीसहितको टोली आइतबार राति  त्यसतर्फ प्रस्थान गरेको छ । यही माघ ८ देखि ११ गतेसम्म हुने उक्त वार्षिक बैठकका दुई सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। स्वीट्जरल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राजनीतिक नेतृत्व तथा व्यवसायीसँग भेटवार्ता गर्नेछन्। सन् १९७४ देखि हुन थालेको विश्व आर्थिक मञ्चको डाभोस बैठकमा… पुरा पढौ

धादिङ उद्योग वाणिज्य सङ्घमा खत्री

धादिङ उद्योग वाणिज्य सङ्घको आगामी तीन वर्षे कार्यकालका लागि रुद्रबहादुर खत्री निर्वाचित भएका छन् । सोमबार भएको मतदानमा खत्री ६५४ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी विष्णुप्रसाद थपलियाले ६१२ मत प्राप्त गरे । यसैगरि विष्णु श्रेष्ठ, मनमायाँ गोतामे, गीता पाठक, गणेश अधिकारी, रामकुमार शाह, राजाराम सिलवाल, अजय त्रिपाठी, विष्णुमणि श्रेष्ठ, ईश्वरप्रसाद कोइराला, सुदीप रसाइली, पुष्पराज थपलिया, सुरेन्द्र श्रेष्ठ, रमेशभाइ अधिकारी, गोविन्द भण्डारी, निर्पेश न्यौपाने, शङ्कर पण्डित, लोकनाथ डल्लाकोटी,… पुरा पढौ

राजनीतिक र साहित्य मिलेर समाजमा रुपान्तरण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक र साहित्यको सम्बन्धले मात्र समाजमा रुपान्तरण गर्न सकिने बताएका छन् । आज यहाँ भगवती ढुङ्गेलद्वारा लिखित उपन्यास ‘प्रेमिल’ को विमोचन गर्दै उनले राजनीतिले गर्ने समाजको रुपान्तरणमा साहित्यले पनि सहयोग गर्ने बताए। साहित्यद्वारा अभिप्रेरित कुरालाई राजनीतिले दिशाबोध गर्ने उनको भनाइ थियो । “राजनीति गर्न कला आवश्यक हुन्छ, जनतालाई आफ्ना कुरा अपिल गर्नका लागि राजनीतिक दलले कलालाई प्रयोग गर्नुपर्छ,” अध्यक्ष दाहालले भने ।… पुरा पढौ

विवेकशील साझा कि विवेकशील रवीन्द्र ?

विवेकशील साझा पार्टीमा पूर्व विवेकशील (उज्वल थापा) समूहको अनुपस्थितिमै सम्पूर्ण विभाग भंग गर्दै केन्द्रीय समिति विस्तार गरिएको छ । पार्टी केन्द्रीय कार्यालय बखुन्डोलमा गत मंगलबार बसेको संयोजन समितिको बैठकले दुई जनसंगठन गठन समेत गरेको छ । संयोजन समितिको निर्णय अनुमोदन गर्न आगामी सोमबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने तयारी छ । केन्द्रीय सदस्यमा महिलातर्फ गण्डकी प्रदेशबाट सुशीला केसी अधिकारी, प्रदेश ५ बाट सरस्वती पन्थी र सुदूरपश्चिम प्रदेशबाट शैलु श्रेष्ठ… पुरा पढौ

जनताले पार्टीको नेतृत्वमा परिवर्तन खोजेको छन्: डा शशांक

नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले जनताले पार्टीको नेतृत्वमा परिवर्तन खोजेको बताएका छन्। नेपाली काङ्ग्रेस रत्ननगर नगरसमितिले शनिबार रत्ननगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रममा बोल्दै उनले पार्टीलाई एक बनाएर लैजानका लागि नेतृत्वमा परिवर्तन आवश्यक रहेको बताए। आफूले पटकपटक सभापतिलाई पार्टी एक ढिक्का बनाउन आग्रह गरेको बताउँदै उनले पार्टी गुट उपगुटले ध्वस्त भएको बताए। यो गुट उपगुटको अन्त्य सभापतिकै नेतृत्वबाट हुनुपर्ने उनको भनाइ थियो। आउँदो निर्वाचनसम्म पार्टीलाई एक ढिक्का… पुरा पढौ

भ्रष्टाचार र हत्याहिंसा बढेको आरोप :महेन्द्र यादव

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले वाइड बडी जहाज खरीद प्रक्रियामा रु चार अर्ब बढी घोटाला भएको भनिए पनि सरकारले खरीद प्रक्रियामा संलग्नलाई कारवाही गर्न नसकेको आरोप लगाएका छन् । पाँचथरको फिदिममा आज बिहान पार्टीका कार्यकर्तासँगको भेटघाटमा पूर्वसिँचाइमन्त्री यादवले देशमा भ्रष्टाचार र हत्याहिंसा बढेको, ३३ किलो सुनकाण्डमा संलग्नलाई अहिलेसम्म पक्राउ गरी कारवाही गर्न नसकेको, निर्मला पन्त हत्याकाण्डका दोषी पत्ता लगाउन नसकेको जस्ता क्रियाकलापले सरकार कमजोर भएको विचार व्यक्त गरे ।… पुरा पढौ

सरकारले राजिनामा दिनु पर्छ : सांसद सिंह

नेपाली कांग्रेसका नेता एवं सांसद डा .अमरेशकुमार सिंहले वाईडबडी प्रक्रकरणमा चरम भ्रष्टचार भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सिंहले वाईडबडी प्रकरणले आलोचित बनिरहेको सरकारले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने बताएका छन् । दुई तिहाई मतको सरकार यति ठुलो भ्रष्टचारमा मुछिएको भन्दै उनले सरकार कमिसनको चक्करमा फसेको भन्दै भ्रष्ट सरकारलाई पदमा रहन कुनै अधिकार नभएको बताए । उनले भने “आउटडेटेट विमान खरिद गरिएको छ । सम्झौता एउटा कम्पनीसंग… पुरा पढौ

चोलेन्द्र प्रधानन्यायाधीश बन्ने पक्का

सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि चोलेन्द्र शमशेर जबराको नाम अनुमोदन भएको छ । प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि शमशेर प्रधानन्यायाधीश बन्ने पक्का भएको हो । समितिको मंगलबार बसेको बैठकले प्रधानन्यायाधीशमा जबराको नाम अनुमोदन गरेको हो । समिति सभापति लक्ष्मणलाल कर्णले प्रधानन्यायाधीशमा संवैधानिक परिषद्को सिफारिस अनुमोदन भएको बताएका छन्। यसअघि आइतबार पनि प्रधानन्यायाधीशमा सिफारिस जबराको सुनुवाइ भएको थियो । आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ जबराले… पुरा पढौ

बृद्ध नेता दाहाललाई कुट्ने वाग्लेलाई प्रहरीको साथ

नेपाली कांग्रेसले सोमबार मेलमिलाप दिवस मनाइरह“दा उक्त पार्टीका एक बृद्ध नेता कांग्रेस समर्थक म्यानपावर ब्यवसायीबाट कुटिएका छन् । म्यानपावर ब्यवसायी हंसराज वाग्लेले नेपाली कांग्रेसका पुराना नेता तुलाराम दाहाललाई कुटपिट गरेका हुन् । निर्वासनमा समेत बसेका नेता दाहाल रेसुंगा रेष्टुरेन्टमा साथीहरुसँग खानपिन गरिरहेका बेला २०७५ पुस ७ मा वाग्लेले एक्कासी गएर उनीमाथि कुटपिट गरेका थिए । म्यानपावर जगतमा गुण्डागर्दीको छवि बनाएका वाग्लेको कुटपिटको शिकार भएका दाहालले महानगरीय प्रहरी बृत्त बानेश्वरमा जाहेरी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं