राजनीति

‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियान दृढतापूर्वक उचाइमा पुग्ने : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । अंग्रेजी नयाँ वर्ष २०१९ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अर्को नयाँ वर्षको सङ्घारमा पुग्दासम्म जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने अभियान सार्थक बिन्दुमा पुग्ने बताए । प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ‘निर्वाचन मार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै मैले पटक–पटक सङ्कल्प गरेको… पुरा पढौ

नेकपाको जहाज दुर्घटनामा पर्छ : गगन थापा

 नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपाल कम्युनिष्ट पार्टीका नेताहरुसँग गणतान्त्रिक मूल्य–मान्यता नरहेको टिप्पणी गरेका छन् । ‘यो आरोप होइन, सत्य हो’, थापाले सोमबार राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने । नेता थापाले नेकपाको जहाज पनि दुर्घटना पर्ने बताए । ‘नेपाल कम्युनिस्ट पार्टीको जेट चलाउने दुइटा पाइलट हुनुहुन्छ । दुईटा पाइलटमध्ये एउटालाई संघीयता मनै पर्दैन । अर्काे पाइलटले अस्ती संसदमा उद्घोष गर्नुभयो मलाई लोकतन्त्र मन पर्दैन’, गगनले… पुरा पढौ

बंगलादेशका क्रिकेट खेलाडी बने सांसद

भर्खरै पाकिस्तानमा पूर्व क्रिकेटर इमरान खान प्रधानमन्त्री बने । उनी प्रधानमन्त्री बनेसंगै खेल जगतका धेरै हस्तीहरुले खुसी व्यक्त गरेका थिए । यतिबेला बंगलादेशमा एक दिवसीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान मशरफे मुर्ताजा पनि सांसद बनेका छन् । हिजोमात्र सम्पन्न भएको चुनावमा उनी प्रधानमन्त्री शेख हसिना वाजेदको अवामी लिग दलबाट उठेका थिए । उनको जीतसंगै यतिबेला उनले बधाई थापिरहेका छन् । डिसेम्बर ९ मा वेस्ट इन्डिजविरूद्ध सुरू भएको तीन म्याचको एक दिवसीय… पुरा पढौ

प्रधानमन्त्री हसिनाको दलले २८१ स्थानमा बहुमत हासिल

बंगलादेशमा भएको आम निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको दलले बहुमत प्राप्त गरेको छ । उनको दल अवामी लिग अत्यधिक मतका साथ विजयी भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । कुल ३५० संसदीय क्षेत्रमध्ये अवामी लिगले अहिलेसम्म २८१ स्थानमा बहुमत हासिल गरेको छ । स्थानीय समय अनुसार मतदान आइतबार अपराह्न चार बजेसम्म भएको हो । चुनावी पर्यवेक्षणले प्रधानमन्त्री हसिनाको दल विजयी हुने अनुमान पहिलेदेखि नै गरिँदै आएको थियो । यस चुनावमा बहुमत… पुरा पढौ

जोमसोमका ३ स्थानमा फोहोर संकलनकेन्द्र

मुस्ताङ सदरमुकाम जोमसोममा शनिवारदेखि फोहोर संकलनकेन्द्र सुरु भएको छ ।सदरमुकाम जोमसोम संग जोडिएको घरपझोङ गाउपालिकाको आर्थिक वर्ष ०७४÷०७५ को बिनियोजित ९ लाख बजेट मार्फत जोमसोमक्षेत्रका ३ स्थानमा फोहोर संकलनकेन्द्र भवन निर्माण गरिएको हो । गाउपालिकाले निर्माण गरेको ३ वटा फोहोर संकलनकेन्द्र भवनहरुमा ३–३ वटा कोठा छन्् ।जसमा सिसा जन्य पदार्थ ,धातु र प्लाष्टिक जन्य पदार्थ र सजिलै जल्न सक्ने अन्य फोहोरहरुको अलग÷अलग व्यवस्था गरिएको हो ।फोहोर संकलनकेन्द्रको सुरुवातपछि जोमसोमका स्थानीयवासी,बिभिन्न… पुरा पढौ

चोलेन्द्रशमशेरलाई समितिबाट अनुमोदन नगर्न दबाब

प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई संसदीय सुनुवाइ समितिबाट अनुमोदन नगर्न नेकपाका नेताहरुमाथि दबाब परेको छ । जबरालाई तत्कालीन एमाले र माओवादी(हाल नेकपा)ले न्यायाधीश हुन अयोग्य भनेर अस्वीकृत गरेको हो । न्यायाधीशमा अयोग्य भएका तिनै राणालाई नेकपाको सरकारले प्रधानन्यायाधीश बनाउनु नहुने भन्दै सुनुवाइ समितिमा उपसमिति बनाएर उनीबिरुद्ध परेका उजुरीको छानबिन गर्नुपर्ने माग नकेपाका सांसदहरुले गरेका छन् । उनका फैसला अति विवादित र सर्वोच्च अदालतमा गोपाल पराजुली र दीपकराज जोशी भन्दा पनि भ्रष्ट… पुरा पढौ

रवीन्द्र मिश्रको साझा पार्टीमा बढ्यो बिवाद

विवेकशील साझा पार्टीमा आन्तरिक विवाद बढेको छ । पार्टी नेतृत्वबाट असन्तुष्ट अधिवक्ता ओम अर्यालले राजीनामा दिएका छन् । नेताहरू डा. सरोज धिताल, डा. दिनेश प्रसाई, रेशु अर्यालले पनि यसअघि नै पार्टी छोडेका छन् । अहिलेकै शैलीमा पार्टीमा रहेर वैकल्पिक राजनीति गर्न नसक्ने उनीहरूको ठहर रहेको छ । पार्टी संयोजक रवीन्द्र मिश्र, सुर्यराज आचार्य, मुमाराम खनाल लगायतले एकलौटी ढंगले पार्टी चलाएको र केन्द्रीय सदस्यहरूलाई भूमिका नदिएको भनेर आरोप लगाएका छन् ।… पुरा पढौ

सरकारले न्याय दिन सकेन : देउवा

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले शान्तिसुरक्षा जताततै खल्बलिएकोे अवस्थाले मुलुकमा सरकार नरहेको अनुभूत भइरहेको आरोप लगाए । सभापति देउवाले भने, “शान्तिसुरक्षाको स्थिति के छ, सबैलाई थाहा छ, देशभर हत्या र बलत्कारको घटना भएका छन्, दोषीलाई लुकाउन खोजिएको छ, होइन भन्ने हत्यारा किन पत्ता लगाउन सकिएको छैन, कुनै व्यक्ति विशेषलाई जबर्जस्ती फसाउने काम भएको छ ।” प्रमुख प्रतिपक्ष दल नेपाली काङग्रेका सभापति शेरबहादुर देउवाले मुलुकमा शान्तिसुरक्षा र न्याय दिलाउने सवालमा सरकार असफल… पुरा पढौ

रिमालले नै भट्टराईलाई मन्त्री बन्नबाट रोकेको खुलासा,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा सांसद योगेश भट्टराई र प्रधानमन्त्री खडग प्रसाद ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालबीच फेरि युद्ध शुरु भएको छ । प्रमुख राजनीतिक सल्लाहकार रिमालले भट्टराई विरुद्ध ओलीलाई कुरा लगाउने गरेको आरोप छ । त्यसपछि उनीहरूबीच विवाद बढन थालेको हो । रिमाललाई ओलीको सचिवालयबाट हटाउन दवाव बढिरहेका बेला भट्टराई र रिमालबीचको विवाद बाहिर आएको छ । तत्कालीन एमालेको भृकुटीमण्डपमा सम्पन्न महाधिवेशनका बेला रिमाल र… पुरा पढौ

उपेन्द्र यादवको पार्टीमा प्रवेश गर्दै !राप्रपाका उपाध्यक्ष :बोहरा

 सत्ताविना बाँच्नै नसक्ने चरित्र भएका राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक)का उपाध्यक्ष दीपक बोहरा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा प्रवेश गर्न लागेका छन् । फोरमका एक नेताका अनुसार उनले उपेन्द्र यादवसँग धेरै पटक छलफल गरिसकेका छन् । राप्रपाबाट केही नेताहरुसहित फोरममा प्रवेश गर्नलागेका उनलाई उपाध्यक्षमै मनोनीत गर्ने गरी सहमति भएको उपेन्द्र यादवले पार्टीको बैठकमै ब्रिफिङ गरिसकेको ती नेताले बताएका छन् । राप्रपाका कुन कुन नेता फोरममा आउन लागेका हुन् भन्ने कुरा भने… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं