राजनीति

पानीजहाज कहाँबाट आउँछ ?

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले खानेपानी नभएको काठमाडौंमा कहाँबाट पानीजहाज आउँछ भनेर प्रश्न गरेका छन्। आज कांग्रेस गण्डकी गाउँपालिकास्तरीय प्रशिक्षणमा शनिबार सिंहले सरकार हरेक क्षेत्रमा असफल भइसकेको दावी गरे। ‘सरकारले नेपाली जनतालाई सुन्नमा आनन्द आउने कुरा गर्छ। रेल आउने, पानीजहाज आउनेजस्ता कुरा। खानलाई पानी छैन, कहाँबाट यहाँ पानीजहाज आउँछ?,’ सिंहले प्रश्न गरे। सरकारले पार्टीको स्वार्थअनुसार काम गरेकाले मेलम्ची आयोजना पूरा हुन नसकेको पनि उनले आरोप लगाए। ‘मेलम्चीमा सरकारको असक्षमता देखियो।… पुरा पढौ

बामदेबको आक्रोश चुनाव लड्दिनँ :

नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्वगृहमन्त्री बामदेव गौतमले आफू रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रबाट चुनाव लड्दैछ भनी गरिएको प्रचार झुटो भएको बताएका छन्। शनिबार बिहान आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै नेता गौतमले आफू कास्कीबाट चुनाव नलड्ने स्पष्ट पारेका हुन्। उनले रवीन्द्र अधिकारीको श्रद्धाञ्जली दिन पोखरा गएको विषयलाई उम्मेदवारीसँग जोडेकोमा रोष प्रकट गरेका छन्। गत प्रतिनिधि सभा निर्वाचनमा बर्दियाबाट पराजित गौतमले संसदमा आउन विभिन्न जिल्लाको सर्भे गरेका थिए। उनले रुकुम, डोल्पा लगायतका… पुरा पढौ

वाइडबडीमा रवीन्द्र अधिकारी निर्दोष थिए ः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिद प्रक्रियामा रविन्द्र अधिकारी निर्दोष रहेको बताएका छन्। हेलिकप्टर दुर्घटनामा निधन भएका अधिकारीको शोक प्रस्ताव पारित गर्न शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले वाइडबडीबारे बोलेका हुन्। अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको विषय जोडेर बद्नाम गर्न खोजिएको भन्दै उनले भने, ‘यतिबेला अरु धेरै कुरा त केही भन्न चाहन्नँ। तर, अत्यन्तै अनुचित ढंगले उहाँको कुनै सरोकार नभएको विषय वाइबडीको सन्दर्भमा जोडेर केही तत्वहरुले उहाँलाई बद्नाम… पुरा पढौ

रवीन्द्रको सफलतामा विद्याको त्याग

भनिन्छ, कुनै चर्चित व्यक्तिको सफलताका पछाडि अदृश्य सहयोगीको बलियो हात र साथ लुकेको हुन्छ । रविन्द्र अधिकारीको सफलतासँग जोडिएकी ती सहयोगी पात्र हुन् सिन्धुपाल्चोककी विद्या भट्टराई । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धेरै नेताका दम्पती नै राजनीतिमा सक्रिय छन् । कतिपय जोडी सांसद छन् । विद्यार्थी संगठन र पार्टी राजनीतिमा सँगै काम गर्दा बिहे भएका धेरै नेकपा नेतामध्येका एक थिए रवीन्द्र अधिकारी पनि । तर, रविन्द्रको राजनीतिक राजमार्ग फराकिलो बनाउन जीवन… पुरा पढौ

पहाड र मधेशका सेतु थिए रवीन्द्र अधिकारी

‘एमाले नेताको बोलीले केही गरी मधेशी जनताको चित्त दुखेको छ भने म सबैको तर्फबाट माफी माग्न चाहन्छु।’ हिजो हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीले केही पहिले एक अन्तरवार्तामा भनेको यो कुराले मधेशी जनताको मन जितेको मधेशी दलकै नेताहरु बताउँछन्। तत्कालीन एमालेमा रविन्द्र अधिकारी निर्णायक तहमा थिएनन्, तैपनि मधेश र एमालेबीचमा सम्बन्ध बनाउन निकै प्रयास गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव एवं प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र… पुरा पढौ

सुयोग्य नेताको निधन : कास्की कांग्रेस

नेपाली कांग्रेस कास्कीले ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाप्रति दुख व्यक्त गरेको छ । बिहीबार प्रकाशित शोक विज्ञप्तिमा दुर्घटनामा परी कास्की भरतपोखरी निवासी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीको निधन भएकोमा स्तब्ध भएको उल्लेख छ । बिहीबार कास्की कांग्रेस सभापति कृष्ण केसीद्वारा हस्ताक्षरित शोक विज्ञप्तिमा अधिकारी भद्र, मिलनसार र सुयोग्य भएको जनाइएको छ । विज्ञप्तिमा विद्यार्थी राजनीतिबाट संघर्ष गर्दै नेपाली राजनीतिमा अघि बढेका अधिकारी उदयमान नेता भएको उल्लेख छ ।… पुरा पढौ

मर्माहत भएका छौं : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको खबरले मर्माहत बनाएको बताएका छन् । उनले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा मन्त्री अधिकारीका साथै यति एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, सो प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अङ्गरक्षक नेपाली सेनाका जमादार अर्जुन… पुरा पढौ

आशाको दियो निभ्यो, भरोसायोग्य खम्बा ढल्यो ः संयुक्त अखिल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले संयुक्त विज्ञप्ति जारी गर्दै मन्त्री रवीन्द्र अधिकारीको निधनले आफूहरुको आस्थाको दियो निभेको बताएका छन्। अध्यक्षद्वय नविना लामा र रञ्जित तामाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ तर, अब उहाँ हामीबीच भौतिक रुपमा रहनुभएन । अल्पआयुमा भएको उहाँको अप्रत्यासित निधनवाट मुलुकका लाखौंलाख युवा विद्यार्थीहरुको एउटा आशाको दियो निभेको छ । जनताले आफ्नो प्रिय नेता गुमाएका छन् । पार्टीको एउटा भरोसायोग्य… पुरा पढौ

प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डतर्फ प्रस्थान

स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीसहितको टोली आइतबार राति  त्यसतर्फ प्रस्थान गरेको छ । यही माघ ८ देखि ११ गतेसम्म हुने उक्त वार्षिक बैठकका दुई सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। स्वीट्जरल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राजनीतिक नेतृत्व तथा व्यवसायीसँग भेटवार्ता गर्नेछन्। सन् १९७४ देखि हुन थालेको विश्व आर्थिक मञ्चको डाभोस बैठकमा… पुरा पढौ

धादिङ उद्योग वाणिज्य सङ्घमा खत्री

धादिङ उद्योग वाणिज्य सङ्घको आगामी तीन वर्षे कार्यकालका लागि रुद्रबहादुर खत्री निर्वाचित भएका छन् । सोमबार भएको मतदानमा खत्री ६५४ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी विष्णुप्रसाद थपलियाले ६१२ मत प्राप्त गरे । यसैगरि विष्णु श्रेष्ठ, मनमायाँ गोतामे, गीता पाठक, गणेश अधिकारी, रामकुमार शाह, राजाराम सिलवाल, अजय त्रिपाठी, विष्णुमणि श्रेष्ठ, ईश्वरप्रसाद कोइराला, सुदीप रसाइली, पुष्पराज थपलिया, सुरेन्द्र श्रेष्ठ, रमेशभाइ अधिकारी, गोविन्द भण्डारी, निर्पेश न्यौपाने, शङ्कर पण्डित, लोकनाथ डल्लाकोटी,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं