प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका ५५ जिल्लाका सभापतिहरुले महासमिति बैठकको निर्णयअनुसार विधानमा पुनर्विचार नगरिए विशेष महाधिवेशनका लागि पहल गर्ने चेतावनी दिएका छन् । उनीहरुले मंगलबार संयुक्त विज्ञप्ती जारी गरेर महासमिति बैठकको निर्णयअनुसार महाधिवेशन प्रतिनिधिका लागि सबै तहका नेताहरुले वडा तहमा निर्वाचन लड्नुपर्ने व्यवस्था विधानमा नगरिए विशेष महाधिवेशनका लागि पहल गर्ने चेतावनी दिएका हुन् ।
‘महासमिति बैठक र यसको निर्णयबाट उत्साहित भएका आम पार्टी सदस्यहरुलाई केन्द्रीय समितिको पछिल्लो निर्णयले निराश बनाएको छ । पार्टी संगठन र पार्टी नेतृत्वको विश्वसनीयतालाई गम्भिर क्षति पुर्याउने उक्त निर्णयमाथि शिघ्र पुनर्विचार गर्न जोडदार माग गर्दछौ,’’ विज्ञप्तीमा भनिएको छ, ‘‘अन्यथा विशेष महाधिवेशनका लागि समेत पहल गर्न बाध्य हुनेछौं ।’’
गत माघ ९ गते काठमाडौँमा सम्पन्न महासमिति बैठकको समापन समारोहमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानमा उल्लेखित स्वतः प्रतिनिधि सम्बन्धि प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्तिलाई दोहोर्याएर अवसर नदिने सम्बन्धि व्यवस्था थप गर्ने प्रतिवद्धता जनाएका थिए ।
महासमिति बैठकबाट पास भैसकेको विषयलाई केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले उल्टाएको खबरले आफूहरुलाई आश्चर्यचकित तुल्याएको जिल्ला सभापतिहरुको विज्ञप्तीमा उल्लेख छ । ‘‘महासमितिभन्दा ठूलो केन्द्रीय कार्यसमिति हुन सक्दैन भन्ने कुरालाई पूर्णतः उपेक्षा गरी पार्टी सभापति जस्तो गरिमामय पदको विश्वसनीयता समेत समाप्त गर्ने काममा केही नेताहरु देखा पर्नु दुर्भाग्यपूर्ण हो,’’ विज्ञप्तीमा भनिएको छ, ‘‘उक्त दुई विषयलाई लिएर पार्टी केन्द्रीय कार्यालयको सचिवालयमा औपचारिक रुपमै दर्ता भएको (दर्ता नम्बर ९३) महासमिति सदस्यहरुको हस्ताक्षरलाई बेवास्ता गरी संशोधन प्रस्ताव नै नआएको जस्ता गलत प्रचारबाजीमा उत्रनु अझै हास्यास्पद छ ।’’
यी हुन् विशेष महाधिवेशनको चेतावनी दिने कांग्रेसका जिल्ला सभापतिहरु
प्रदेश नं. १
१) लिलादेवी बोखिम– ताप्लेजुङ
२) नरेन्द्रकुमार केरुङ– पाँचथर
३) हिमालय कर्माचार्य– ईलाम
४) उद्धव थापा– झापा
५) गोविन्द ढुंगाना– तेह्रथुम
६) नन्दमणि राई– भोजपुर
७) नरेशकुमार श्रेष्ठ– खोटाङ
८) बिनोद बस्नेत– सोलुखुम्बु
९) राजीब कोइराला– सुनसरी
१०) डिकबहादुर लिम्बु– मोरङ
११) बिदुर बस्नेत– उदयपुर
१२) दिपेनकुमार श्रेष्ठ– संखुवासभा
प्रदेश नं. २
१) कृष्णदेव यादव– रौतहट
२) अजय द्वीवेदी– पर्सा
प्रदेश नं. ३
१) उज्जल बराल– सिन्धुली
२) मधु आचार्य– काभ्रे
३) लवश्री न्यौपाने– रामेछाप
४) विकाश लामा– सिन्धुपाल्चोक
५) जगदीश नरसिंह केसी– नुवाकोट
६) दुर्लभ थापा– भक्तपुर
७) कृष्ण सबुज बानियाँ– काठमाडौँ
८) पेम्बा छिरिङ लामा– रसुवा
९) रमेश धमला– धादिङ
१०) जितनारायण श्रेष्ठ– चितवन
प्रदेश नं. ४
१) बैकुण्ठ न्यौपाने– तनहुँ
२) कृष्ण केसी– कास्की
३) खम्ब गर्बुजा– म्याग्दी
४) यङजिङ बिष्ट– मुस्ताङ
५) कुमार राना– स्याङ्जा
६) बिष्णुप्रसाद लामिछाने– नवलपुर
७) भेषबहादुर पौडेल– लमजुङ
८) हरिबहादुर घले– गोरखा
प्रदेश नं. ५
१) अर्जुन पोखरेल– परासी
२) बीरबहादुर राना– पाल्पा
३) भुवन श्रेष्ठ– गुल्मी
४) बिष्णुप्रसाद खनाल (मुस्कान)– अर्घाखाँची
५) सुरेन्द्रप्रसाद आचार्य– कपिलवस्तु
६) अम्मरप्रसाद भण्डारी– प्युठान
७) अमरसिंह पुन– रोल्पा
८) केशरमान रोका– पूर्वी रुकुम
९) किरण कोइराला– बाँके
१०) संजयकुमार गौतम– बर्दिया
प्रदेश नं. ६
१) खड्गबहादुर शाही– मुगु
२) दीपबहादुर शाही– जुम्ला
३) हर्षबहादुर बम– कालिकोट
४) कृष्णकुमार बिसी– दैलेख
५) कमलराज रेग्मी– सुर्खेत
६) प्रेमप्रकाश ओली– पश्चिम रुकुम
७) गणेशबहादुर चन्द– सल्यान
८) दिपकजंग शाही– जाजरकोट
९) जयपति रोकाया– हुम्ला
१०) अंगत बुढा– डोल्पा
प्रदेश नं. ७
१) कर्णबहादुर मल्ल– डडेलधुरा
२) ललितसिंह बोहरा– दार्चुला
३) नरेन्द्रसिंह थापा– बैतडी
४) हर्कजंग बहादुर सिंह– बझाङ




