राजनीति

बागलुङका उम्मेदवारले थाले चुनावी प्रचार

प्रतिनिधिसभा र प्रदेससभाको निर्वाचनका लागि बागलुङका उम्मेदवारहरुले गाउँ केन्द्रित अभियान थालेका छन् । सत्तारुढ गठबन्धन र नेकपा एमाले सहित साना दलहरुले समेत आइतबारदेखि निर्वाचन प्रचार प्रसारको तालिका बनाएर घरदैलो अभियान सुरु गरेको छ । गठबन्धनका उम्मेदवारले बागलुङ नगरपालिका–१ रामरेखा र नेकपा एमालेका उम्मेदवारले बागलुङ नगरपालिका–१४ नारायणस्थानबाट घरदैलो अभियान थालेका छन् । पाँच दलीय गठबन्धनतर्फ बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र बागलुङ क्षेत्र… पुरा पढौ

‘संघीयता मजबुत बनाउन गठबन्धनलाई मत’

पोखरा, २९ असोजकास्की २ का गठबन्धनका उम्मेदवारको परिचय कार्यक्रम भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरुको परिचय कार्यक्रम भएको हो । कास्की क्षेत्र नं २ मा प्रतिनिधि सभाका लागि एकीकृत समाजवादीका नेता श्रीनाथ बरालले उम्मेदवारी दिएका छन् । यस्तै कास्की क्षेत्र नं. २ (क) मा प्रदेश सभा सदस्यका लागि नेकपा माओवादीबाट विश्वप्रकाश लामिछानेले उम्मेदवारी दिएका छन् भने कास्की क्षेत्र नं… पुरा पढौ

सत्ता गठबन्धन छाडेपछि जसपाका चार मन्त्री बर्खास्त

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन छाडेको जसपाका चार मन्त्रीलाई बर्खास्त गरेका छन्। प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई पदमुक्त गरेका हुन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनवामा जसपा सत्ता गठबन्धनमै रहेर जसपाले चुनाव जाने तयारी गरे… पुरा पढौ

एमाले छाडेका प्रभुलाई माओवादीको समर्थन

नेकपा माओवादी केन्द्र रौतहट रौतहट क्षेत्र नम्बर ३ मा नेकपा एमाले छाडेका प्रभु साहलाई समर्थन गर्ने निर्णय लिएको छ। सत्ता गठबन्धनबाट आफ्नो भागमा परेको रौतहट ३ मा उठाइएका उम्मेदवार धीरज पटेललाई फिर्ता बोलाएर स्वतन्त्र उम्मेदवारी दिएका साहलाई सर्मथन गर्ने निर्णय मा‌ओवादी मधेश प्रदेक कमिटीले गरेको हो। बिहीबार बसेको पार्टीको प्रदेश कमिटीको बैठकले यस्तो निर्णय लिएको हो। निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि दिएको समय बुधबारै सकिएको छ। यस्तोमा पटेलले अब आफ्नो… पुरा पढौ

बागलुङमा कांग्रेसका बागीको उम्मेदवारी फिर्ता, चित्रबहादुरलाई सहज

बागुलङ १ मा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका कांग्रेसका कृष्णशंकर श्रेष्ठले नाम फिर्ता लिएका छन् । यहाँको उम्मेदवारी राष्ट्रिय जनमोर्चालाई छुट्याइएको थियो । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी यहाँ उम्मेदवार छन् । यहाँ प्रदेश सभाका दुबै क्षेत्रमा कांग्रेसका उम्मेदवार छन् । पुरा पढौ

प्रचण्डविरुद्धको बागी भट्टको उम्मेदवारी फिर्तां

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दिएको बागी उम्मेदवारी फिर्ता भएको छ। गोरखा २ मा कांग्रेसकी माधवी भट्ट पराजुलीले दाहालविरुद्ध प्रतिनिधिसभा सदस्य चुनावमा बागी उम्मेदवारी दिएकी थिइन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेकी छिन्, ‘असोज २३ गते उम्मेदवारी दर्ता गरेपछि उत्पन्न प्राविधिक, व्यवहारिक र परिस्थितिजन्य अवस्थाको सूक्ष्म समीक्षा गरी आज मैले आफ्नो उम्मेदवारी फिर्ता लिएको छु। उम्मेदवारी फिर्ता लिए पनि यहाँहरूको म प्रतिको विश्वास र भरोसा कहिल्यै टुट्न दिने छैन।’ पुरा पढौ

महादेवले फिर्ता लिएनन् उम्मेदवारी, श्रीनाथलाई सकस

कास्की २ मा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री महादेव गुरुङले उम्मेदवारी फिर्ता लिएनन् । उनर्ले , सिद्धान्त र निष्ठाको पक्षमा उम्मेदवारी दिएको भन्दै उम्मेदवारी कायम राखेका छन् । पार्टी सभापति शेरबहादुर देउवालाई उनले पद र पैसाका लागि कहिल्यै राजनीति नगरेको जनाउँदै फिर्ता नभएको सुनाए । कांग्रेस कास्कीका पूर्व सभापतिसमेत रहेका गुरुङ २०५६ मा पर्यटन राज्य मन्त्री बनेका थिए । उनको नाम समानुपातिकमा सिफारिस भए पनि पछि काटिएको… पुरा पढौ

ओलीका प्रतिश्पर्धी युगपाठकलाई पुतली चुनाव चिह्न

झापा ५ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका युग पाठकले पुतली चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगले बुधबार आफुलाई पुतली चुनाव चिह्न दिएको उम्मेदवार पाठकले बताए । झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली बलिया उम्मेदवार मानिन्छन् । त्यस्तै सो क्षेत्रमा सत्ता गठबन्धनको समर्थनमा कांग्रेसका खगेन्द्र पाण्डव अधिकारी प्रतिस्पर्धा गर्दैछन् । पुरा पढौ

गण्डकीका मन्त्री थापाद्वारा सुविधास्वरुप प्राप्त सवारी फिर्ता

पोखरा, २४ असोज/ गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले आफुले प्रयोग गर्दै आएको सवारी सुविधा फिर्ता गरेका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा गठबन्धनको तर्फबाट कास्की २ (ख) मा प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ता गरेको भोलीपल्ट सोमबार मन्त्री थापाले सवारी सुविधा फिर्ता गरेका हुन् । मन्त्री थापाले गण्डकीको कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्रालयको जिम्मेबारी पाएपछि प्रयोग… पुरा पढौ

एमाले नेता प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी

एमाले नेता एवं पूर्वमन्त्री प्रभु साहले नेकपा एमालेले दिएको टिकट अस्वीकार गरी स्वतन्त्र उम्मेदवारी दिएका छन् । जसपासँगको तालमेलबाट रुष्ट बनेका उनले रौतहटको क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । जसपाले पाएको सबै क्षेत्रमा पनि शाहको समूहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ । नेतृत्वले मधेश जसपालाई जिम्मा लगाउने काम गरेको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएको जनाएका छन् । ‘जसले सम्प्रदायिकता फैलाउँछ, मधेस प्रदेशमा भ्रष्टाचार गरेको छ, त्यो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं