राजनीति

टेकनाथको स्मृति दिवसमा शेरचन पुरस्कृत

वाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको अभाव खड्किएको तीन वर्ष भयो । वाम बुद्धिजीवी एवं मानवअधिकारवादी नेता बरालको तेस्रो स्मृति दिवसमा आइतकार उनका समवयी, आफन्त, शुभेच्छुकहरूले उनको सम्झना गरे । टेकनाथ बराल अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा उनका सहयात्री अमिक शेरचनलाई टेकनाथ स्मृति पुरस्कार प्रदान गरियो । माक्र्सवादी चिन्तकसमेत रहेका नेकपा मसालका महासचिव मोहनविक्रम सिंह र केन्द्रका अध्यक्षसमेत रहेका बरालका छोरा विद्याविमलले शेरचनलाई नगद ५० हजार… पुरा पढौ

गण्डकीमा सत्ता समीकरण फेरिएसँगै एमालेका चार मन्त्रीद्वारा राजीनामा

गण्डकी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार जना मन्त्रीले बुधबार पदबाट राजीनामा दिएका छन्। एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेपछि मन्त्रीहरूले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष भेट गरी राजीनामा बुझाएका हुन्। यसअघि मंगलबार बसेको संसदीय बोर्ड बैठकले मन्त्रीहरूलाई सरकारबाट बाहिरिने निर्णय गरेको थियो। राजीनामा दिनेमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री गोविन्द नेपाली, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीम कार्की, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल र स्वास्थ्यमन्त्री लक्ष्मण पाण्डे रहेका छन्।… पुरा पढौ

वैचारिक रूपान्तरणको कठिन यात्रामा नेपाली कांग्रेस र  नागरिक विश्वास

​नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको संवाहक मात्र नभई नेपाली राजनीतिको इतिहास र भविष्य दुवैसँग जोडिएको एक प्रमुख शक्ति हो।  सर्वोच्च ​अदालतको पुनरावलोकनको निस्सा र आन्तरिक वैधानिक संक्रमणकाललाई नेपाली कांग्रेसले चुनौतीका रूपमा मात्र नभई 'पार्टी पुनर्जागरण' को अभूतपूर्व अवसरका रूपमा समेत लिनुपर्छ।  जेन्जी आन्दोलन ( भदौ २३-२४) मा आन्दोलनकारीहरुबाट निर्घात रूपमा घाइते भएपश्चात विभिन्न देशबाट स्वास्थ उपचार गरि मिति २०८३-०४-२८ गते नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फिर्ती र यसप्रति सार्वजनिक… पुरा पढौ

पछि पर्‍यौंं: मादीबासी; कायापलट गर्ने योजना छः करण

कास्की क्षेत्र नम्बर–१ का नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार राजकाजी गुरुङले पर्यटनको माध्यमबाट मादी गाउँपालिकाको विकासमा कायापलट गर्न सकिने बताएका छन् । जनकल्याण तमु समाजको आयोजनामा नेकपाका उम्मेदवारसँगको साक्षात्कार कार्यक्रममा बोल्दै उनले मादी गुरुङ समुदायको ऐतिहासिक थलो भएको र प्राकृतिक रुपमा पनि भरिपूर्ण भएकाले यसलाई पर्यटनसँग जोडेर स्थानियको आयआर्जन बढाउने र समृद्द बनाउन सकिने बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने,‘मादी गुरुङ समुदायको ऐतिहासिक थलो हो, यहाँको क्होँलासोंथर गुरुङको सभ्यता… पुरा पढौ

कास्कीमा नेकपा निर्वाचन कार्यालय स्थापना

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कास्की क्षेत्र नम्बर १ मा निर्वाचन सम्पर्क कार्यालय खोलेको छ । नेकपाबाट कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ (करण) लगायतका उम्मेदवारको निर्वाचन सम्पर्क कार्यालय शनिबार स्थापना गरिएको हो । नेकपा नेता श्रीनाथ बरालले कार्यालय उद्घाटन गरे । नेता बरालले देशलाई विनास हुनबाट जोगाउन नेकपालाई जिताउनुपर्ने बताए । पुराना शक्तिहरु नेपाली कांग्रेस र नेकपा एमालेका कारण देश भयावह स्थितिमा पुगेको दाबी गर्दै उनले थपे, ‘नयाँले… पुरा पढौ

गोरखा-२ बाट मैले उम्मेदवारी दिनुका प्रमुख ५ आधार

१. बद्लिदो भू-राजनीतिक परिस्थिति र अन्तर्राष्ट्रिय सामरिक टक्करबाट जोगाएर राष्ट्रिय स्वाधीनता,सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने कार्यमा योगदान गर्न। २. देशमा नयाँ र पुराना राजनीतिक दलहरूवीच र दलहरूभित्रको बढ्दो द्वन्द,असमझदारीले संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा पर्नसक्ने स्थितिमा समन्वयकारी र अभिभावकीय भूमिका सहित लोकतन्त्रको रक्षामा योगदान गर्न। ३.जेन-जी विद्रोहको पृष्ठमूमि र संविधानसभाबाट संविधान निर्माणको दश बर्ष पूरा भएको अवस्थामा संविधानमा आवश्यक संशोधन र सुधारकोनिम्ति संविधानको एक प्रमुख निर्माणकर्ताको हैसियतले प्रतिनिधिसभाबाट आवश्यक… पुरा पढौ

रास्वपा बागलुङमा विद्रोह, राजेन्द्र उज्यालोबाट उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट टिकट नपाएपछि बागलुङ १ मा राजेन्द्र शर्माले विद्रोह गरेका छन् । उनले सोमबार उज्यालो नेपाल पार्टीबाट टिकट लिएका हुन् ।बागलुङ– १ मा रास्वपाले सुशील खड्कालाई उम्मेदवार बनाएको छ । खड्कालाई टिकट दिएपछि रास्वपा बागलुङमा असन्तुष्टि देखिएको छ । यो क्षेत्रमा नेकपाले कृष्ण केसीलाई उम्मेदवार बनाएको छ भने एमालेले हिरा केसीलाई टिकट दिएको छ । पुरा पढौ

कास्की २ः कृष्ण थापाको ठाउँमा रश्मि आचार्य उम्मेदवार

नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ का उम्मेदवार हेरफेर गरेको छ। यसअघि कृष्ण थापालाई उम्मेदवार बनाएकोमा सोमबार रश्मी आचार्यलाई उम्मेदवार बनाउने निर्णय भएको हो । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको कार्यक्रम छ। एमालेले यसअघि पोखरा महानगरको मेयरमा पराजित कृष्ण थापालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। पार्टीका कतिपय नेताहरूले यसमा असन्तुष्टि जनाएका थिए। पोखरा ३३ का बासिन्दा आचार्य स्ववियु पृथ्वीनारायण क्याम्पसका पूर्वसभापतिसमेत हुन् । गएको… पुरा पढौ

देउवाको क्षेत्र डडेल्धुराकामा तारा जोशी रास्वपा उम्मेदवार

डडेल्धुरा प्रदेशसभा (२) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेश सभामा विजयी भएका डा तारा जोशीलाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभाको उम्मेदवार बनाउने भएको छ । पछिल्लो समय उज्यालो नेपाल पार्टीमा जोडिएका उनी रास्वपासँगको एकता टुटेपछि पनि एकताको पक्षमा उभिँदै रास्वपामै बसेका थिए । अघिल्लो पटक डडेल्धुरामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र लडेका सागर ढकालको चर्चा रहेपनि रास्वपाले डा जोशीलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको हो । डा. जोशी कांग्रेस माओवादीको गठबन्धनबाट… पुरा पढौ

नेकपाबाट हुम्लामा डा दीपेन्द्र रोकाया उम्मेदवार

नेकपाले हुम्लाको प्रतिनिधिसभा निर्वाचनका लागि डा दीपेन्द्र रोकायाले टिकट दिएको छ । जिल्लाबाट झण्डै एक दर्जन नेताको नाम सिफारिस भए पनि यो पटक रोकायाले टिकट पाउन सकेका हुन् । रोकाया ०७९ मै संसदीय निर्वाचन लड्ने तयारी गरेका रोकायालाई रोकेर त्यो बेला कार्चेन लामालाई टिकट दिएको थियो । कर्णाली प्रदेश योजना आयोगका पूर्व सदस्यसमेत रोकाया पत्रकारसमेत हुन् । रोकायले कर्णाली प्रदेशको पञ्चवर्षीय गुरुयोजना तयार गर्न महत्त्वपूर्ण योगदान गरेका छन् । यहाँ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं