राजनीति

माओवादी नेता कालीबहादुर खाम पक्राउ

नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम काठमाडौँबाट पक्राउ परेका छन्। माओवादी जनयुद्धका कमाण्डर खामलाई काठमाडौँको ठमेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए । हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका खाममाथि कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ। उनी लामो समयदेखि श्रेष्ठको हत्या कसूरमा फरार थिए । पुरा पढौ

विप्लवविरुद्ध पक्राउ पुर्जी जारी

जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लब)सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । जिल्ला अदालत काठमाडौंले सोमबार गोरखापत्रमा प्रकाशन गरेको ३५ दिने सूचनामा नेकपाका महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा, माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीको नाममा अदालतमा उपस्थित हुनका लागि आग्रह गरिएको छ ।राज्यविरुद्धको कसुरको… पुरा पढौ

राहुल महरालाई थुनामा पठाउन आदेश

भेपमा सुन तस्करी प्रकरणमा राहुल महरालाई थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ। शुक्रबार अदालतले महरालाई थुनामा पठाउन आदेश दिएको हो । जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल भन्ने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । न्यायाधीश दण्डपाणी शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि राहुललाई थुनामा राख्न आदेश दिएको हो । राहुलसँगै मुद्दा चलाइएका लोकेन्द्र पौडेलसँग भने ५… पुरा पढौ

माओवादीको म्याग्दी–पोखरा सम्पर्क मञ्च हेम्जामा श्रीपाली

हेम्जा, ५ असोज । पोखरा महानगरपालिका–२५ हेम्जामा नेकपा माओवादी केन्द्रको म्याग्दी पोखरा सम्पर्क समिति अन्तरगत इकाई कमिटि गठन भएको छ । नेकपा माओवादी केन्द्रको म्याग्दी–पोखरा सम्पर्क समितिले शुक्रबार हेम्जाको सुइखेतमा आयोजना गरेको भेला तथा अन्तरक्रियापछि रणबहादुर श्रीपालीको अध्यक्षतामा ३१ सदस्यीय कमिटि गठन भएको हो । दिलकुमारी हर्मेल उपाध्यक्ष, अबिर बिक सचिव र प्रेम रसाइली कोषाध्यक्षमा चयन हुनुभएको माओवादी केन्द्र म्याग्दी–पोखरा सम्पर्क समितिका अध्यक्ष लोकनाथ भट्टराईले जानकारी दिनुभयो ।कार्यक्रममा नेकपा माओवादी… पुरा पढौ

जनप्रिय बहुमुखीमा अनेरास्ववियू क्रान्तिकारीको सम्मेलन

जनप्रिय बहुमुखी क्याम्पस पोखरामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)को ५१ सदस्यीय कमिटी गठन भएको छ। शुक्रबार भएको क्याम्पस मूल इकाइ समितिको ९ औ सम्मेलनले दामोदर भुषालको अध्यक्षतामा कमिटी निर्वाचित गरेको हो । उपाध्यक्षमा करुणजङ कुवर, विनोद कुवर र इभा परियार छन् । यस्तै, सचिवमा सुदीप बराल, सहसचिव कृज्मा गुरुङ, अन्जना सापकोटा र राजन नेपाली तथा कोषाध्यक्षमा वन्दना सुनार चुनिएका छन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं… पुरा पढौ

प्रचण्ड, विप्लव र माधवको एउटै स्वरः फुट्नमात्र होइन, जुट्न पनि जानेका छौँ

समाजवादी मोर्चाका शीर्षस्थ नेताहरुले अहिले मोर्चा बने पनि भविष्यमा एउटै पार्टी र एउटा लक्ष्यमा पुग्न सक्ने औंल्याएका छन् । उनीहरुले कम्युनिस्टहरुले फुट्नमात्र नभएर जुट्न पनिजुट्न पनि जानेको सुनाए । अनेक फुट र वैमस्यबाट आएको नेपाली कम्युनिस्ट आन्दोलन फेरि मोर्चामार्फत् एकीकरणको मार्गमा पुग्ने उनीहरुको विश्वास छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधारशीला निर्माण गर्न मोर्चा बनाइएको जनाउँदै पार्टी एकतासम्म पुग्ने र जनताको सपना साकार पार्ने… पुरा पढौ

भोलि समाजवादी मोर्चाको सभा, मोर्चा गण्डकी संयोजकमा गायत्री

समाजवादी मोर्चा गण्डकी प्रदेश संयोजन समितिको संयोजकको जिम्मेवारी गायत्री गुरुङले पाएकी छन् । मोर्चामा आवद्ध दलहरुबीच आलोपालो नेतृत्व गर्ने सहमति अनुरुप पहिलो पटक गुरुङले नेतृत्व पाएकी हुन् । उनी नेकपा (माओवादी केन्द्र) गण्डकी अध्यक्ष हुन् । मोर्चा सदस्यमा माओवादी केन्द्रबाट ज्ञामनाथ गैरे र जगन्नाथ खनाल, एकपा (एकीकृत समाजवादी)बाट केशवलाल श्रेष्ठ, श्रीनाथ बराल र प्रतापलाल श्रेष्ठ छन् । जनता समाजवादी पार्टीले मोर्चाका सदस्यमा गोपाल गुरुङ, निर्मल जिसी र रमेश नेपालीलाई उठाएको… पुरा पढौ

सबै नेपालीको घर पुग्ने माओवादी अभियान, प्रचण्ड पहिलो सहिदको वडामा खटिने

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले देशैभरका सबै नेपालीको घर पुग्ने अभियान सुरु गर्दै छ । माओवादीले भदौ १६ देखि सञ्चालन गर्ने ३ महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को पूर्वसन्ध्यामा नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो । गण्डकी प्रदेशका ११ जिल्लामा इन्चार्जहरु तोकिएका छ । माओवादी केन्द्र गण्डकी प्रदेशको शनिबार पोखरामा भएको सातौं पूर्ण बैठकले प्रदेश अन्तर्गतका पालिका तथा वडामा समेत नेताहरुको जिम्मेवारी यकीन गरेको हो । केन्द्रीय राजकाजी गुरुङ (करण)… पुरा पढौ

शालिकबारे राजनीतिः पछि हटे कांग्रेस-एमाले

पोखरा प्रवेश र बाहिरिने मुख्य विन्दु हो पृथ्वीचोक । पृथ्वीचोकमा अहिले प्रथम सहिद लखन थापाको शालिक छ । केही दिनअघि विश्व आदिवासी दिवसको ¥यालीमा सहभागीले लखनको शालिक छेउमै राखिएको पृथ्वीनारायण शाहको फोटो भएको फ्लेक्स हटाएदिएपछि विवाद बल्झिएको छ । ०६४ वैशाख १७ गतेसम्म चोकमा पृथ्वीनारायणको शालिक थियो । वैशाख १८ गते मजदूर दिवसका सहभागीले शाहको शालिक तोडफोड गरे । पछि त्यहाँ प्रथम सहिद लखन थापाको शालिक राखिएको हो । गएको… पुरा पढौ

प्रदेशको मोडल फेर्नैपर्छः अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय उपाध्यक्ष डिपी अर्यालले अहिलेको प्रदेश संरचना कामकाजी नभएको उल्लेख गर्दै त्यसको मोडेलमा परिमार्जन जरुरी भएको टिप्पणी गरेका छन् । आगामी आमनिर्वाचनअघि नै प्रदेश संरचनाको नयाँ मोडल तयार गरी जनतामा जाने योजना उनले सुनाए । ‘अहिलेको प्रदेश संरचना कामकाजी भएन । नेताहरुलाई व्यवस्थापन गर्ने ठाउँ जस्तो देखियो, आगामी आमनिर्वाचनअघि नै प्रदेशको कस्तो मोडेल राम्रो हुन्छ भन्ने खाकासहित जनतामा जान्छौं,’ उनले भने । उनले अरु दलका राम्रा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं