राजनीति

प्रदेशको मोडल फेर्नैपर्छः अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय उपाध्यक्ष डिपी अर्यालले अहिलेको प्रदेश संरचना कामकाजी नभएको उल्लेख गर्दै त्यसको मोडेलमा परिमार्जन जरुरी भएको टिप्पणी गरेका छन् । आगामी आमनिर्वाचनअघि नै प्रदेश संरचनाको नयाँ मोडल तयार गरी जनतामा जाने योजना उनले सुनाए । ‘अहिलेको प्रदेश संरचना कामकाजी भएन । नेताहरुलाई व्यवस्थापन गर्ने ठाउँ जस्तो देखियो, आगामी आमनिर्वाचनअघि नै प्रदेशको कस्तो मोडेल राम्रो हुन्छ भन्ने खाकासहित जनतामा जान्छौं,’ उनले भने । उनले अरु दलका राम्रा… पुरा पढौ

कांग्रेस सांसद डा सुनील शर्मा पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले बिहीबार कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य सुनील शर्मालाई पक्राउ गरेको छ । उनीमाथि फर्जी कागजात बनाएको अभियोग छ। शर्माले शैक्षिक प्रमाणपत्र कीर्ते गरेको पाइएको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए । सोही प्रकरणमा अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । ब्युरोले मेडिकल क्षेत्रसँग सम्बन्धित कीर्ते कागजात बनाएकोबारे उनीमाथि अनुसन्धान भइरहेको जनाएको छ । शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित भएका… पुरा पढौ

संघीयतामाथि पुनर्विचार र निर्वाचन प्रणाली फेर्न कांग्रेस नेताको प्रस्ताव

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शंकर भण्डारीले काङ्ग्रेस संघीयतामाथि पुनर्विचार गर्नुपर्ने बेला आएको विचार राखेका छन् । उनले कांग्रेस आफ्ना मूलभूत एजेन्डाबाट विचलित भएको दाबीसमेत गरे । “प्रजातन्त्र, राष्ट्रियता र समाजवाद”को मुख्य एजेन्डबाट पर गएर काङ्ग्रेसले कम्युनिस्टका एजेन्डा आत्मसात् गरेको उनको आरोप छ । बुधबार पोखराका पत्रकारहरुसँग कुरा गर्दै उनले कांग्रेसले समाजवाद उन्मुख अर्थतन्त्र स्वीकार्नु कम्युनिस्को एजेन्डा मान्नु भएको तर्क गरे । देशको अर्थतन्त्र र शासन व्यवस्था निकै… पुरा पढौ

कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

कोशीको मुख्यमन्त्रीमा गठबन्धन दल कांग्रेसका नेता उद्धव थापा दोस्रो पटक मंगलबार नियुक्त भएका छन् । सभामुख बाबुराम गौतमले सरकार गठनका लागि बहुमत पुर्‍याउन पदबाट राजीनामा दिएर दाबी पेस गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुख खापुङले दिएको समयभित्रै संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा थापाले मुख्यमन्त्री दाबी गरेका थिए । थापालाई गठबन्धन दल कांग्रेसका २९, माओवादी… पुरा पढौ

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार सीताको आज बिहान करिब साढे ८ बजे निधन भएको हो । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने र २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्री को  सचिवालयले जानकारी गराएको छ ।  पुरा पढौ

निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बजेट आएको छ : अर्थमन्त्री

अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले ल्याएको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले देश र जनतालाई केन्द्रविन्दुमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट आएको उल्लेख गर्नुभयो । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउले लक्ष्यका साथ उद्योग व्यवसायलाई बढाउने प्रस्ताव गरेको मन्त्री महतले बताउनुभयो । उद्योग व्यवसाय खोल्नका लागि निःशुल्क उद्योग दर्ता गर्न सक्ने र पूँजी एक सय रुपैयाँ राखेर पनि प्रारम्भिक उद्योगको… पुरा पढौ

मुख्यमन्त्रीहरुले मागे जग्गाको स्वामित्व (साझापत्रसहित)

पोखरामा भएको अन्तरप्रदेश मुख्यमन्त्री बैठकले १७ बुँदे साझापत्र जारी गरेको छ । ६ प्रदेशका मुख्यमन्त्री सम्मिलित अन्तर प्रदेश बैठकले प्रदेशमा प्रहरी समायोजन नहुँदाको समस्या भएको ,निजामती सेवा ऐन छिटो बन्नुपर्ने, प्रदेश सरकार कार्यालयका भवनहरु प्रदेश सरकारको स्वामित्वमा आउनुपर्ने, संघ र प्रदेशका साझा अधिकारबारे स्पष्ट हुनुपर्ने लगायतका निष्कर्ष निकालेको छ । मुख्यमन्त्रीहरुले साझापत्र कार्यान्वयनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई अनुरोध गरेका छन् । प्रधानमन्त्री दाहालले बैठकको निष्कर्षबारे संघीय सरकारमा छलफल गर्ने आश्वासन… पुरा पढौ

नक्कली शरणार्थी कान्डमा मुछिए लीला जिसी

पोखरामा विभिन्न व्यवसायमा संलग्न लीला जिसी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन् । टोपबहादुर रायमाझी मन्त्री हुँदा जिसी उनका प्रमुख स्वकीय सचिव थिए । नेकपा विभाजन भएपछि जिसी रायमाझीसँगै एमालेमा लागेका हुन् । दुवैको घर अर्घाखाँची नै हो । निलम्बित एमाले सचिव एवं पूर्व मन्त्री रायमाझी पक्राउ पुर्जी जारी भएपछि बुटबलबाट सम्पर्कविहीन भएर पोखरा आउँदा जिसीकै व्यवस्थापनमा लुकेको स्रोत बताउँछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशवप्रसाद दुलालले जिसीले… पुरा पढौ

उच्च पदस्थको सम्पत्ति छानबिन गर्ने घोषणा

सरकारले उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८० /०८१को नीति तथा कार्यक्रममा उच्च पदस्थ लगायत जोकोहीले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिलाई छानबिनको दायरामा ल्याइने उल्लेख छ । संवैधानिक आयोगका सिफारिसलाई कार्यान्वयन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । पुरा पढौ

विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था गर्ने सरकारको घोषणा

सरकारले विदेशमा रहेका नेपालीले निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने सरकारको घोषणा गरेको छ । शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो घोषणा गरेका हुन् । ‘विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिनेछ’, नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपतिले भने । नागरिकसम्बन्धी समस्याको समाधान गरिने पनि राष्ट्रपतिले बताए । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं