राजनीति

कांग्रेस सांसद डा सुनील शर्मा पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले बिहीबार कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य सुनील शर्मालाई पक्राउ गरेको छ । उनीमाथि फर्जी कागजात बनाएको अभियोग छ। शर्माले शैक्षिक प्रमाणपत्र कीर्ते गरेको पाइएको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए । सोही प्रकरणमा अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । ब्युरोले मेडिकल क्षेत्रसँग सम्बन्धित कीर्ते कागजात बनाएकोबारे उनीमाथि अनुसन्धान भइरहेको जनाएको छ । शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित भएका… पुरा पढौ

संघीयतामाथि पुनर्विचार र निर्वाचन प्रणाली फेर्न कांग्रेस नेताको प्रस्ताव

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शंकर भण्डारीले काङ्ग्रेस संघीयतामाथि पुनर्विचार गर्नुपर्ने बेला आएको विचार राखेका छन् । उनले कांग्रेस आफ्ना मूलभूत एजेन्डाबाट विचलित भएको दाबीसमेत गरे । “प्रजातन्त्र, राष्ट्रियता र समाजवाद”को मुख्य एजेन्डबाट पर गएर काङ्ग्रेसले कम्युनिस्टका एजेन्डा आत्मसात् गरेको उनको आरोप छ । बुधबार पोखराका पत्रकारहरुसँग कुरा गर्दै उनले कांग्रेसले समाजवाद उन्मुख अर्थतन्त्र स्वीकार्नु कम्युनिस्को एजेन्डा मान्नु भएको तर्क गरे । देशको अर्थतन्त्र र शासन व्यवस्था निकै… पुरा पढौ

कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

कोशीको मुख्यमन्त्रीमा गठबन्धन दल कांग्रेसका नेता उद्धव थापा दोस्रो पटक मंगलबार नियुक्त भएका छन् । सभामुख बाबुराम गौतमले सरकार गठनका लागि बहुमत पुर्‍याउन पदबाट राजीनामा दिएर दाबी पेस गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुख खापुङले दिएको समयभित्रै संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा थापाले मुख्यमन्त्री दाबी गरेका थिए । थापालाई गठबन्धन दल कांग्रेसका २९, माओवादी… पुरा पढौ

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार सीताको आज बिहान करिब साढे ८ बजे निधन भएको हो । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने र २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्री को  सचिवालयले जानकारी गराएको छ ।  पुरा पढौ

निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बजेट आएको छ : अर्थमन्त्री

अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले ल्याएको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले देश र जनतालाई केन्द्रविन्दुमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट आएको उल्लेख गर्नुभयो । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउले लक्ष्यका साथ उद्योग व्यवसायलाई बढाउने प्रस्ताव गरेको मन्त्री महतले बताउनुभयो । उद्योग व्यवसाय खोल्नका लागि निःशुल्क उद्योग दर्ता गर्न सक्ने र पूँजी एक सय रुपैयाँ राखेर पनि प्रारम्भिक उद्योगको… पुरा पढौ

मुख्यमन्त्रीहरुले मागे जग्गाको स्वामित्व (साझापत्रसहित)

पोखरामा भएको अन्तरप्रदेश मुख्यमन्त्री बैठकले १७ बुँदे साझापत्र जारी गरेको छ । ६ प्रदेशका मुख्यमन्त्री सम्मिलित अन्तर प्रदेश बैठकले प्रदेशमा प्रहरी समायोजन नहुँदाको समस्या भएको ,निजामती सेवा ऐन छिटो बन्नुपर्ने, प्रदेश सरकार कार्यालयका भवनहरु प्रदेश सरकारको स्वामित्वमा आउनुपर्ने, संघ र प्रदेशका साझा अधिकारबारे स्पष्ट हुनुपर्ने लगायतका निष्कर्ष निकालेको छ । मुख्यमन्त्रीहरुले साझापत्र कार्यान्वयनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई अनुरोध गरेका छन् । प्रधानमन्त्री दाहालले बैठकको निष्कर्षबारे संघीय सरकारमा छलफल गर्ने आश्वासन… पुरा पढौ

नक्कली शरणार्थी कान्डमा मुछिए लीला जिसी

पोखरामा विभिन्न व्यवसायमा संलग्न लीला जिसी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन् । टोपबहादुर रायमाझी मन्त्री हुँदा जिसी उनका प्रमुख स्वकीय सचिव थिए । नेकपा विभाजन भएपछि जिसी रायमाझीसँगै एमालेमा लागेका हुन् । दुवैको घर अर्घाखाँची नै हो । निलम्बित एमाले सचिव एवं पूर्व मन्त्री रायमाझी पक्राउ पुर्जी जारी भएपछि बुटबलबाट सम्पर्कविहीन भएर पोखरा आउँदा जिसीकै व्यवस्थापनमा लुकेको स्रोत बताउँछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशवप्रसाद दुलालले जिसीले… पुरा पढौ

उच्च पदस्थको सम्पत्ति छानबिन गर्ने घोषणा

सरकारले उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८० /०८१को नीति तथा कार्यक्रममा उच्च पदस्थ लगायत जोकोहीले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिलाई छानबिनको दायरामा ल्याइने उल्लेख छ । संवैधानिक आयोगका सिफारिसलाई कार्यान्वयन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । पुरा पढौ

विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था गर्ने सरकारको घोषणा

सरकारले विदेशमा रहेका नेपालीले निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने सरकारको घोषणा गरेको छ । शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो घोषणा गरेका हुन् । ‘विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिनेछ’, नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपतिले भने । नागरिकसम्बन्धी समस्याको समाधान गरिने पनि राष्ट्रपतिले बताए । पुरा पढौ

हिउँदमा ३०, वर्षामा ५० युनिटसम्मको बिजुली निशुल्क

सरकारले न्युनतम विद्युत खपत गर्नेलाई निशुल्क दिने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम संसदमा पेश गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले हिउँदमा ३० युनिट र वर्षायाममा ५० युनिटसम्मको बिजुली निशुल्क गरिने घोषणा गरेका हुन्। सरकारले विद्युतको खपतलाई बढोत्तरी गर्ने घोषणा गरेको छ। खान पकाउने ग्यासलाई प्रतिस्थापन गर्दै बिजुलीको खपतलाई बढाउने नीति सरकारले अघि सारेको छ। विद्युत निर्यातका लागि अन्तराष्ट्रिय पूर्वाधारको निर्माणमा जोड दिने सरकारले जनाएको छ। पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं