
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले बिहीबार कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य सुनील शर्मालाई पक्राउ गरेको छ ।
उनीमाथि फर्जी कागजात बनाएको अभियोग छ। शर्माले शैक्षिक प्रमाणपत्र कीर्ते गरेको पाइएको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए ।
सोही प्रकरणमा अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । ब्युरोले मेडिकल क्षेत्रसँग सम्बन्धित कीर्ते कागजात बनाएकोबारे उनीमाथि अनुसन्धान भइरहेको जनाएको छ ।
शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित भएका हुन् । उनी काठमाडौँ मेडिकल कलेज र नोबल मेडिकल कलेज विराटनगरका समेत सञ्चालक हुन् ।