नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ का उम्मेदवार हेरफेर गरेको छ। यसअघि कृष्ण थापालाई उम्मेदवार बनाएकोमा सोमबार रश्मी आचार्यलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको कार्यक्रम छ। एमालेले यसअघि पोखरा महानगरको मेयरमा पराजित कृष्ण थापालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
पार्टीका कतिपय नेताहरूले यसमा असन्तुष्टि जनाएका थिए। पोखरा ३३ का बासिन्दा आचार्य स्ववियु पृथ्वीनारायण क्याम्पसका पूर्वसभापतिसमेत हुन् ।
गएको स्थानीय तह निर्वाचनमा नेता दीपक पौडेलको टिकट खोसिएपछि थापा उम्मेदवार बनेका थिए । युवा उम्मेदवार नहुँदा एमालेको अर्काे आलोचना भएको थियो ।




