देउवाको क्षेत्र डडेल्धुराकामा तारा जोशी रास्वपा उम्मेदवार

डडेल्धुरा प्रदेशसभा (२) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेश सभामा विजयी भएका डा तारा जोशीलाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभाको उम्मेदवार बनाउने भएको छ ।

पछिल्लो समय उज्यालो नेपाल पार्टीमा जोडिएका उनी रास्वपासँगको एकता टुटेपछि पनि एकताको पक्षमा उभिँदै रास्वपामै बसेका थिए ।

अघिल्लो पटक डडेल्धुरामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र लडेका सागर ढकालको चर्चा रहेपनि रास्वपाले डा जोशीलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको हो ।

डा. जोशी कांग्रेस माओवादीको गठबन्धनबाट उम्मेदवार बनेका तत्कालीन सामाजिक विकास मन्त्री गोविन्दराज बोहरालाई ४ सय २५ मतले पछि पार्दै विजयी भएका थिए ।

प्रतिनिधिसभाको उम्मेदवार बन्ने भएपछि उनले सांसद पदबाट राजीनामा दिएका छन् ।