राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट टिकट नपाएपछि बागलुङ १ मा राजेन्द्र शर्माले विद्रोह गरेका छन् ।
उनले सोमबार उज्यालो नेपाल पार्टीबाट टिकट लिएका हुन् ।बागलुङ– १ मा रास्वपाले सुशील खड्कालाई उम्मेदवार बनाएको छ ।
खड्कालाई टिकट दिएपछि रास्वपा बागलुङमा असन्तुष्टि देखिएको छ । यो क्षेत्रमा नेकपाले कृष्ण केसीलाई उम्मेदवार बनाएको छ भने एमालेले हिरा केसीलाई टिकट दिएको छ ।




