नेकपा माओवादी केन्द्र रौतहट रौतहट क्षेत्र नम्बर ३ मा नेकपा एमाले छाडेका प्रभु साहलाई समर्थन गर्ने निर्णय लिएको छ।
सत्ता गठबन्धनबाट आफ्नो भागमा परेको रौतहट ३ मा उठाइएका उम्मेदवार धीरज पटेललाई फिर्ता बोलाएर स्वतन्त्र उम्मेदवारी दिएका साहलाई सर्मथन गर्ने निर्णय माओवादी मधेश प्रदेक कमिटीले गरेको हो।
बिहीबार बसेको पार्टीको प्रदेश कमिटीको बैठकले यस्तो निर्णय लिएको हो। निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि दिएको समय बुधबारै सकिएको छ।
यस्तोमा पटेलले अब आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै साहलाई नै जिताउन लाग्नेछन्। जनता समाजवादी पार्टीसँगको तालमेलप्रति असन्तुष्टि जनाउँदै साहले एमालेको टिकट लिएर पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए।
प्रदेश कमिटीको निर्णय र माओवादी केन्द्रको हेडक्वार्टरले पनि निर्देशन दिएपछि पटेलले उम्मेदवारी निष्क्रिय गरेर साहलाई समर्थन गर्ने भएका छन्।




