राजनीति

बाबुराम र म पुरक हौं, फुटले धोका भयो: प्रचण्ड

काठमाडौँ, ८ असोजनेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी शक्ति विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब समाजवादका लागि एउटा नयाँ खालको सङ्घर्षको आवश्यकता भएको बताएका छन् । नेपाल समाजवादी पार्टीले आयोजना गरेको कार्यक्रममा उनले डा बाबुराम भट्टराई र आफू मिल्दा नेपालमा युगान्तकारी जनयुद्ध सफल भएको उल्लेख गर्दै अब समाजवादका लागि पनि आफूहरू मिल्नै पर्ने निष्कर्षमा पुगेको बताए । उनले भने, “भट्टराई र मैले नै जनयुद्धमा… पुरा पढौ

राष्ट्रपतिलाई उपराष्ट्रपतिको काउन्टर, जल्न थाल्यो राष्ट्रपतिको पुत्ला

उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको जनाएका छन् । बुधबार वक्तव्य जारी गर्दै उनले संविधानको पालन र संरक्षणका लागि सबै पक्षमा आग्रह गरेका छन् । “पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु दुःखद् हो”, उपराष्ट्रपति पुनले भनेका छन्, “संविधानको पालना… पुरा पढौ

राप्रपा कास्की क्षेत्र नम्बर २ बाट २२ जनाको नाम सिफारिश, प्रदेश ख मा अरुण गिरी सर्वसम्मत

पोखरा, २२ भदौ/ राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की क्षेत्र नम्बर २ बाट मंसिर ४ गते हुन लागेको आसन्न प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिश भएको छ । त्यस्तै सोही क्षेत्रबाट समानुपातिक उम्मेदवारका लागि १५ जनाको नाम सिफारिश भएको छ । कास्की क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ प्रतिनीधिसभाका लागि सिफारिश हुनेहरुमा राप्रपाका केन्द्रीय उपाध्यक्ष समेत रहेका हेमजंग गुरुंग, कास्की जिल्ला प्रवक्ता अरुण गिरी र जिल्ला सहसचिव सुवर्णराज पन्त… पुरा पढौ

बागलुङ १ ख मा माओवादीबाट कुलचन्द्र शर्मा सिफारिस

बागलुङ १ ख बाट प्रत्यक्ष तर्फ कुलचन्द्र शर्मा प्रदेश सभा सांसदमा सिफारिस भएका छन् । माओवादी केन्द्रले प्रदेश सभा सांसदका लागि प्रत्यक्षतर्फ माओवादीले उनलाई सिफारिस गरेकाे हाे ।  पर्टन व्यवसायी शर्मा खेलाडी पनि हुन् । बागलुङ समाज पाेखराकाे पूर्व अध्यक्ष भई सकेका शर्माकाे विभिन्न संघ संस्ठामा आबद्ध छन् ।  पुरा पढौ

एमाले सांसद रेशम चौधरीको पार्टीमा प्रवेश

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा बिहीबार कैलालीका तीनजना बहालवाला तथा पूर्व सांसदको प्रवेशले जिल्लामा तरंग ल्याएको छ । प्रदेशसभा सदस्य रतन थापा तथा पूर्वसांसद हिमाञ्चल भट्टराई र कैँया चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्ने थापा एमालेका बहालवाला प्रदेश सांसद हुन् । यस्तै भट्टराई पनि एमालेका नेता हुन् भने चौधरी पार्टी प्रवेशअघि राप्रपा केन्द्रीय सदस्यको भूमिकामा थिइन्। रिपोर्टस क्लबमा भएको पार्टी प्रवेश कार्यक्रममा उद्घोषकले धेरै बौद्धिक… पुरा पढौ

कांग्रेसले सही मूल्यांकन नगरे अर्काे गठबन्धनः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा कांग्रेसले वर्तमान परिस्थिति नबुझे अर्को गठबन्धन बन्ने चेतावनी दिएका छन् । माओवादीको वाग्मती प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकमा दाहालले सकेसम्म आगामी चुनावमा सत्ता गठबन्धन कायमै रहने बताए । कांग्रेसले नमाने, गठबन्धनमा शक्तिको सही पहिचान नगरे वाम गठबन्धन पनि बन्न सक्ने उनको भनाइ छ । स्थानीय चुनावमा देखिएका समस्या समाधान गरेर तालमेललाई ठीकसँग लान कांग्रेस तयार नभए कांग्रेस र… पुरा पढौ

झापामा स्वतन्त्रको लर्काे, ओलीसँग युगपाठक भिड्ने

झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट चर्चित लेखक तथा साहित्यकार युग पाठक प्रतिनिधि सभा सदस्य चुनाव लड्ने भएका छन् । पाठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । पाठकले घोषणापत्र तयार पारिरहेको बताएको छ । झापामै हुर्किएका पाठक नागरिक आन्दोलनका अगुवासमेत हुन्। ।झापाका चर्चित वामपन्थी नेता युक्त भेटवाल पनि झापा क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा छन् । झापा क्षेत्र नम्बर ४ पनि… पुरा पढौ

कास्कीमा १५१ मतदान स्थल

कास्कीमा आसन्न मङ्सिर ४ गतेको निर्वाचनमा एक मतदानस्थल थपिने भएको छ । जिल्लामा हाल एक सय ५० मतदानस्थल रहेकामा भौगोलिक अवस्था, बाटोको दूरी लगायतका आधारमा मतदानस्थल थप्न सकिने व्यवस्थ ाअनुरुप जिल्लामा एक मतदानस्थल थप्न सिफारिस भएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समितिले मतदानस्थल थप्नका लागि निर्वाचन आयोगमा सिफारिस गर्ने कानुनी व्यवस्था छ । सामान्यतः पहाडी क्षेत्रमा मतदानस्थल पुग्नका… पुरा पढौ

नेकपा एसका प्रदेश अध्यक्षले पार्टी छाडे

नेकपा नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका प्रदेश अध्यक्ष विक्रम शाही पार्टी परित्याग गरेका छन्। बिहीबार फेसबुकमार्फत शाहीले पार्टी विभाजनतर्फ लागे पनि अहिले पुछतो र आत्मग्लानी भएको उनले उल्लेख गरेका छन् । ‘२०५४ सालमा वामदेवले फुट्बाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरु हौसिदै उनका पछि लागे,’ शाहीले लेखेका छन्, ‘गत वर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो। त्यसको पछि लाग्नेमा म पनि… पुरा पढौ

उम्मेदवारी नदिने दल र उम्मेदवारको चिन्ह मतपत्रमा नहुने

मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिन्हमात्रै मतपत्रमा राखिने भएको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचनका लागि दर्ता भएको दल र स्वतन्त्र उम्मेदवारका लागि समेत अतिरिक्त निर्वाचन चिन्ह राखेर मतपत्र छपाइ गरिएको थियो । त्यसरी मतपत्र छपाइ गर्दा मतपत्र ठूलो (भद्धा) भएको र बदर मत पनि बढेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी संघीय… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं