झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट चर्चित लेखक तथा साहित्यकार युग पाठक प्रतिनिधि सभा सदस्य चुनाव लड्ने भएका छन् । पाठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् ।
पाठकले घोषणापत्र तयार पारिरहेको बताएको छ । झापामै हुर्किएका पाठक नागरिक आन्दोलनका अगुवासमेत हुन्। ।
झापाका चर्चित वामपन्थी नेता युक्त भेटवाल पनि झापा क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा छन् । झापा क्षेत्र नम्बर ४ पनि ०७४ सालमा एमालेले नै जितेको क्षेत्र हो।
मदन भण्डारीसँगै काम गरेका पूर्वएमाले नेता भेटवालले विगतमा एमालेकै अन्तरघातका चुनाव हारेका थिए ।
यसैबीच उन्नत लोकतन्त्र पार्टीका नेतासमेत रहेका सामाजिक अभियन्ता तथा वकिल स्वागत नेपालले झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दिने भएका छन् । यो क्षेत्रमा नेकपा एमालेका नेता अग्नि खरेल चुनाव लड्ने तयारीमा छन् ।






