नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा कांग्रेसले वर्तमान परिस्थिति नबुझे अर्को गठबन्धन बन्ने चेतावनी दिएका छन् ।
माओवादीको वाग्मती प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकमा दाहालले सकेसम्म आगामी चुनावमा सत्ता गठबन्धन कायमै रहने बताए । कांग्रेसले नमाने, गठबन्धनमा शक्तिको सही पहिचान नगरे वाम गठबन्धन पनि बन्न सक्ने उनको भनाइ छ ।
स्थानीय चुनावमा देखिएका समस्या समाधान गरेर तालमेललाई ठीकसँग लान कांग्रेस तयार नभए कांग्रेस र एमाले बाहेकको शक्तिहरूको गठबन्धन पनि हुन सक्ने उनको भनाइ छ ।






