राजनीति

कांग्रेस कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलन पोखरामा

नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्षहरूको तेस्रो राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ । नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय कार्यसमितिले पोखरामा सोमबार पत्रकार भेटघाट गरी चैत्र २८ र २९ गते सम्मेलन गर्न लागेको जानकारी दिएको छ । सम्मेलनको उद्घाटन सत्र चैत्र २८ गते पोखरा सभागृहमा हुनेछ । उद्घाटन सत्रलाई पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल सहित शीर्ष नेताहरूले संवोधन गर्ने बताएको छ । कोषाध्यक्षहरूको राष्ट्रिय सम्मेलन पार्टीलाई चलायमान… पुरा पढौ

कास्की कांग्रेसको सदस्यता वितरण र पार्टी सुदृढिकरण अभियान संगसंगै

नेपाली काँग्रेस कास्कीको सोमबार बैठक बसेको छ । बैठकले कास्कीका ७२ वटै इकाइमा साधारण सदस्यता वितरण तथा पार्टी सुदृढिकरण अभियान संचालन गर्ने निर्णय गरेको छ । सो अभियान सञ्चालनका लागि पार्टी पदाधिकारी र क्षेत्रीय सभापतिको संयुक्त बैठकले अनुगमन टोली गठन गर्ने छ । टोलीले पार्टीको साधारण तथा क्रियाशील सदस्यता वितरण गर्ने, पार्टीका हालसम्मका गतिविधि, पार्टीले निर्वाह गरेको भूमिका, भातृ तथा शुभेच्छुक संस्थाका गतिविधि बारे जानकारी लिनेछ । यस्तै, टोलीले अन्य… पुरा पढौ

अनियमितता पुष्टि गर्न जनसम्पर्क मञ्चको चुनौती

वीरबहादुर थापा अध्यक्ष नेकपा, धादिङ–पोखरा जनसम्पर्क मञ्च नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ–पोखरा जनसम्पर्क मञ्चले संगठन भित्र आर्थिक अनियमितता पुष्टि गर्न चुनौती दिएको छ । नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ–कास्की जनसम्पर्क मञ्चले वीरबहादुर थापा नेतृत्वको जनसम्पर्क मञ्चमा आर्थिक अनियमितता भएको आरोप लगाएपछि मञ्चले यस्तो चुनौती दिएको हो । सोमबार केही पत्रकारमाझ आफ्नो संगठनको धारणा सार्वजनिक गर्दै मञ्चका अध्यक्ष वीरबहादुर थापाले संगठनभित्र कुनै अनियमितता नभएको जिकिर गर्दै त्यसको पुष्टि गर्न चुनौती… पुरा पढौ

नेकपा धादिङ जनसम्पर्क मञ्च विभाजित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ–पोखरा जनसम्पर्क मञ्च विभाजित भएको छ । तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर गठन भएको जनसम्पर्क मञ्च १ वर्ष पनि नपुग्दै विभाजित भएको हो । नेतृत्वसंग शुरुआती अवस्थादेखि नै असन्तुष्ट रहेकाहरूले शुक्रबार एक भेला गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ–कास्की जनसम्पर्क मञ्च गठन गरेका छन् । उनीहरूले नेकपा धादिङको निर्देशन बमोजिम संगठन निर्माण गरेको उल्लेख गरेका छन् । कमिटीको संयोजकमा गोकर्ण अधिकारी छन् । २ पार्टी… पुरा पढौ

सन्दर्भ : लायन्सको सातौं राष्ट्रिय महाधिवेशन

उम्मेदवार विशेश्वर आचार्यको चुनावी सचिवालय शुभारम्भ पश्चात उम्मेदवार आचार्यको साथमा लायन्सका नेताहरु लायन्स इन्टरनेशनल ३२५ बी १ नेपालको सातौं राष्ट्रिय महाधिवेशन आगामी बैशाख १३ र १४ गते पोखरामा हुँदैछ । महाधिवेशनले नयाँ गभर्नर, प्रथम भाइस डिष्ट्रिक्ट र द्धितीय भाइस डिष्ट्रिक्ट गभर्नर चयन गर्ने भएकाले यसलाई महत्वका साथ हेरिएको छ । गभर्नर र प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर यस भोटका आधारमा सिधै चयन हुनेछन् भने द्धितीय भाइस डिस्ट्रिक्ट गभर्नर बन्नका लागि चुनावकै… पुरा पढौ

श्रमिक महिलाको रक्षा गर्न सांसद रानाको माग

संघीय संसदमा सांसद विन्दादेवी आले रानाले स्वदेश तथा विदेशमा श्रम गर्ने महिलाको हितमा सरकारले योजना ल्याउन नसकेको आरोप लगाएकी छन् । संसदमा नेपाली कांग्रेसकी नेतृ एवं सांसद रानाले २ तिहाईको दम्भमा जे गरे पनि हुन्छ भन्ने मान्यता बढ्दै गएकामा चिन्ता गर्दै घरेलु श्रमिक कामदार महिलाको आधारभूत हक, अधिकार सुनिश्चित गराउन सरकारले नसकेको आरोप लगाइन् । नेपालले सन् २०११ मा संयुक्त राष्ट्रसंघमा पारित भएको महासन्धिमा नेपालले पक्ष राष्ट्रमा मतदान गरिसकेको बताउँदै… पुरा पढौ

कांग्रेस नेता केसीले भने, ‘विप्लव र सरकार दुवै लुटेरा’

नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले बन्दुकको नाममा नेकपा (विप्लप) ले र सत्ताको आडमा ओलीले देश लुटेको आरोप लगाएका छन् । प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्लेनमा बोल्दै उनले विप्लप माओवादीलाई सरकारले प्रतिबन्ध लगाएर देशलाई नयाँ द्वन्दमा धकेलेको बताए । ‘विप्लवका गतिविधि माथि निगरानी गरेर नियन्त्रणमा ल्याउने हो । पार्टीमाथि नै प्रतिवन्ध लगाउन त मिल्दैन नि’, उनले भने, ‘राजनीतिक पार्टीमाथि प्रतिवन्ध गर्ने काम अलोकतान्त्रिक र संविधान विपरीत… पुरा पढौ

मन्त्रीमण्डल हेरफेर हुने प्रचण्डको संकेत

सत्ताधारी प्रमुख राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड'ले वर्तमान मन्त्रीमण्डल हेरफेर हुन सक्ने बताएका छन्।  विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले सरकारका मन्त्रीहरुको जिम्मेवारी हेरफेर हुन सक्ने बताएका हुन्। तर यसमा प्रधानमन्त्रीकै मुख्य भुमिका हुने उनले बताए।  मंगलबार बिहानमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि मन्त्रीमण्डल हेरफेरका विषयमा कुराकानी भएको उनले बताएका थिए।  'साँचो कुरा के हो भने आज बिहान मात्रै प्रधानमन्त्रीसँग छलफल भएको हो,' अध्यक्ष प्रचण्डले… पुरा पढौ

प्रचण्डको संकेत : रवीन्द्रको ठाउँ धर्मपत्नी विद्यालाई नै दिने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्की २ मा स्व.रवीन्द्र अधिकारीकै धर्मपत्नीलाई उम्मेदवार बनाउने संकेत गरेका छन् । पार्टीमा औपचारिक छलफल नभएको भन्दै अध्यक्ष प्रचण्डले सबैसँगको सल्लाह र समन्वयमा उपयुक्त निर्णले लिने बताए । ‘निर्वाचन बारे पार्टीमा औपचारिक छलफल चलेको छैन । मिडियामा वामदेव गौतमजीको सन्दर्भ पनि आयो । उहाँले क्लियर गरिसक्नुुभएको छ । पार्टीमा चर्चा चलेको होईन’, प्रचण्डले भने ।’ प्रचण्डले रवीन्द्रका परिवार पनि राजनीतिक भएकोले परिवार… पुरा पढौ

भूमि अधिकारको समस्या समाधान हुन्छ : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमि अधिकारको समस्या वर्तमान सरकारले समाधान गर्ने बताएका छन् । राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको पाचौँ राष्ट्रिय सम्मेलनको पोखरामा उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले जतिसुकै चुनौती भए पनि भूउपयोग नीति अघि बढ्ने र भूमिसम्बन्धी समस्या समाधान हुने बताए । वर्षांैदेखि जमीनमा रगत र पसिना बगाएका किसानलाई जमीनको मालिक बनाउनुपर्ने उनको भनाइ थियो । उनीहरूलाई अविलम्ब लालपुर्जा उपलब्ध गराउनुपर्नेमा अध्य प्रचण्डले जोड दिए ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं