
विवेकशील साझा पार्टीमा आन्तरिक विवाद बढेको छ । पार्टी नेतृत्वबाट असन्तुष्ट अधिवक्ता ओम अर्यालले राजीनामा दिएका छन् ।
नेताहरू डा. सरोज धिताल, डा. दिनेश प्रसाई, रेशु अर्यालले पनि यसअघि नै पार्टी छोडेका छन् । अहिलेकै शैलीमा पार्टीमा रहेर वैकल्पिक राजनीति गर्न नसक्ने उनीहरूको ठहर रहेको छ ।
पार्टी संयोजक रवीन्द्र मिश्र, सुर्यराज आचार्य, मुमाराम खनाल लगायतले एकलौटी ढंगले पार्टी चलाएको र केन्द्रीय सदस्यहरूलाई भूमिका नदिएको भनेर आरोप लगाएका छन् ।
पार्टीका अर्का संयोजक उज्वल थापा आन्तरिक विवाद कै विषयमा जिल्लाका नेता् कार्य कर्ताहरू सँग छलफल गरेर काठँमाडौँ फर्केका छन् । उनी पनि चाँडै ठोस निर्णय लिने तयारीमा रहेको स्रोतले जनाइएको छ ।
नेतृ तथा स्थानीय निर्वाचनमा काठँमाडौँ महानगर की मेयर उम्मेदवार रन्जु दर्शना पनि नेतृत्वप्रति असन्तुष्ट रहेको बताइन ।