नेकपाको जहाज दुर्घटनामा पर्छ : गगन थापा

 नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपाल कम्युनिष्ट पार्टीका नेताहरुसँग गणतान्त्रिक मूल्य–मान्यता नरहेको टिप्पणी गरेका छन् ।

‘यो आरोप होइन, सत्य हो’, थापाले सोमबार राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने ।

नेता थापाले नेकपाको जहाज पनि दुर्घटना पर्ने बताए । ‘नेपाल कम्युनिस्ट पार्टीको जेट चलाउने दुइटा पाइलट हुनुहुन्छ । दुईटा पाइलटमध्ये एउटालाई संघीयता मनै पर्दैन ।

अर्काे पाइलटले अस्ती संसदमा उद्घोष गर्नुभयो मलाई लोकतन्त्र मन पर्दैन’, गगनले भने, ‘इन्जिन गणतन्त्रको छ, इन्जिन चल्दै चल्दैन । दुइटा पाइलट हुनुहुन्छ, एउटालाई संघीयता मन पर्दैन र अर्काेलाई लोकतन्त्र मन पर्दैन । उहाँहरुलाई यसैगरी चलाउन दिइराख्यो भने यो प्लेन दुर्घटनामा पर्छ ।