
सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि चोलेन्द्र शमशेर जबराको नाम अनुमोदन भएको छ ।
प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि शमशेर प्रधानन्यायाधीश बन्ने पक्का भएको हो ।
समितिको मंगलबार बसेको बैठकले प्रधानन्यायाधीशमा जबराको नाम अनुमोदन गरेको हो । समिति सभापति लक्ष्मणलाल कर्णले प्रधानन्यायाधीशमा संवैधानिक परिषद्को सिफारिस अनुमोदन भएको बताएका छन्।
यसअघि आइतबार पनि प्रधानन्यायाधीशमा सिफारिस जबराको सुनुवाइ भएको थियो । आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ जबराले दिएका छन् ।