राजनीति

प्रेस युनियन सडकमा, सरकारलाई सडकबाटै ठेगान लगाउने चेतावनी

नेपाल प्रेस युनियन कास्कीले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक र संसदमा ल्याउने तयारी गरिरहेको आम सञ्चार लगायतका विधेयकका विरुद्ध सडकमा उत्रिएको छ । युनियनले बिहीबार बिहान महेन्द्रपुलदेखि चिप्लेढुंगासम्म शान्तिपूर्ण विरोध प्रदर्शन गरी प्रेस स्वतन्त्रताको रक्षाका लागि माग गरेको हो । कार्यक्रममा प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले शाहीकालको झल्को दिने गरी सरकारले विधेयक ल्याएकाले त्यसका विरुद्ध सबै पत्रकार उभिनुपर्ने खाँचो औंल्याए । उनले मिडियालाई आतंकित पारेर कलम बन्द… पुरा पढौ

नेकपाको प्रस्तावमा कांग्रेसको समर्थन

प्रदेश नं ३ को प्रदेशसभामा राजधानीको विषयले प्रवेश पाएको छ । प्रदेशसभामा राजधानीको विषयले प्रवेश पाएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसद्को अवरोध हटेको जनाएको छ ।           काङ्ग्रेसले प्रदेशसभाले आफ्नो स्थापनाको डेढ वर्ष पूरा गरिसक्दा पनि स्थायी राजधानी नटुङ्ग्याएको भन्दै प्रदेशसभाको बर्खे अधिवेशनको पहिलो दिन नै संसद् अवरुद्ध गरेको थियो ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसबीच राजधानीको विषयलाई चाँडै टुङ्गो… पुरा पढौ

नेपाल र कम्बोडियाबीच समझदारीपत्रमा हस्ताक्षर

नेपाल र कम्बोडियाले द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, पर्यटन प्रवद्र्धन गर्ने र व्यापार विस्तारलाई नयाँ उचाइमा पुर्याउने विषयमा सहमति गरेका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको औपचारिक भ्रमणका अवसरमा दुई देशबीच द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर भयो ।      उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र कम्बोडियाका उद्योगमन्त्री सुय सेमले व्यापार तथा लगानी ढाँचासम्बन्धी सहमतिमा हस्ताक्षर गरे ।  त्यसैगरी नेपाल चेम्बर अफ कमर्श र कम्बोडिया चेम्बर अफ कमर्शबीच पनि समझदारीपत्रमा हस्ताक्षर भयो… पुरा पढौ

प्रेस युनियन कास्कीले पठायो ज्ञापनपत्र

नेपाल प्रेस युनियन कास्कीले सोमबार प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ज्ञापनपत्र पठाएको छ । अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक र संसदमा प्रस्तुत गर्ने तयारीमा रहेको आमसञ्चार विधेयकको मस्यौदाप्रति आपत्ति जनाउँदै नेपाल प्रेस युनियन कास्कीले ज्ञापनपत्र पठाएको हो । प्रेस युुनियनले जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत ज्ञापनपत्र पठाएको छ । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई ज्ञापनपत्र हस्तान्तरण गरेका थिए… पुरा पढौ

पत्रकार महासंघले देशव्यापी आन्दोलन गर्ने, के के छन् कार्यक्रम ?

सरकारले ल्याएको सरकारले ल्याएको ‘नियन्त्रणमुखी मिडिया काउन्सिल विधेयक विरुद्ध नेपाल पत्रकार महासंघले संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ । महासंघका केन्द्रीय पदाधिकारी र सदस्यहरूको शुक्रबार सम्पन्न बैठकले प्रस्तावित विधेयक विरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । मन्त्री परिषदवाट पारित भई संसदमा २६ बैशाखमा दर्ता भएको मिडिया काउन्सिल सम्वन्धी विधेयक आफू र प्रेस काउन्सिलसहित सरोकार पक्षसँगको छलफल र सहमतिविना संसदमा दर्ता गरिएको आरोप लगाउँदै महासंघले विधेयकका प्रावधानहरूले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगकारुपमा… पुरा पढौ

प्रतिनिधि परिचालन गर्दै कास्की कांग्रेस

नेपाली कांग्रेस कास्कीले पार्टीले शुरु गरेको राष्ट्रिय जागरण अभियान सफल पार्न जिल्लाका ७२ वटै इकाइमा प्रतिनिधि परिचालन गर्ने भएको छ । जिल्लामा १ महिनासम्म सञ्चालन गर्ने अभियानका सन्दर्भमा केन्द्रीय प्रतिनिधि एवं केन्द्रीय सदस्य अर्जुन जोशीको उपस्थितिमा शुक्रबार बसेको जिल्ला समितिका पदाधिकारी, क्षेत्रीय एवं नगरसमितिका सभापतिको बैठकले १ महिने अभियानलाई प्रभावकारिताका साथ टोल/टोलमा पु¥याउने निर्णय गरेको हो । अभियान अन्तर्गत जिल्लाका निर्वाचन क्षेत्र, ५ वटै स्थानीय तहसहितका ७२ वटै इकाइमा प्रतिनिधि… पुरा पढौ

संशोधित विधानले पार्टीलाई सशक्त बनाउँछ : महामन्त्री खड्का

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको संशोधित विधानले पार्टीलाई थप सशक्त बनाउने बताएका छन् । नेपाली कांग्रेसले शुरु गरेको राष्ट्रिय जागरण अभियानअन्तर्गत बिहीबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा उनले विधानले समावेशिता, समानुपातिक प्रतिनिधित्व लगायतका विषयलाई थप प्रभावकारी बनाएको स्पष्ट पारे । महामन्त्री खड्काले विधानलाई कार्यकर्ताको भावनाअनुरुप आवश्यकताअनुसार परिमार्जन गर्दै लैजान सकिने बताउँदै राज्यको परिवर्तित संरचना, संविधानको भावना एवं मर्मलाई विधानले आत्मसात् गरेको उल्लेख गरे । सरकारका गतिविधि लोकतन्त्र… पुरा पढौ

जनताका कुँडिएका मन मिलाउन जागरण अभियान : महामन्त्री खड्का

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जनताका कुँडिएका मन मिलाउन कांग्रेसले देशव्यापी जागरण अभियान सञ्चालन गरेको बताएका छन् । हिमाल, पहाड, तराई, मधेश, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान गण्डकी प्रदेशको राजधानी पोखरामा शुभारम्भ गर्दै महामन्त्री खड्काले जागरण अभियान पश्चात् जनताले खोजेको पार्टी नेपाली कांग्रेस हुने दावी गरे । देशको सबै काममा १ नं. को पार्टी राजनीतिक हिसावले दोस्रो हुन नसक्ने भन्दै उनले कांग्रेसलाई बलियो पार्टी बनाउन नेता कार्यकर्ताले पार्टी भित्रको तिक्ततालाई… पुरा पढौ

संसदमै यसरी रिसाए प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोलेको तीनवटा आपत्तिजनक शब्दलाई लिएर नेपाली काँग्रसका सांसदहरुले स‌ंसदमा विरोध गरे । मंगलबार सांसदहरुले नीति तथा कार्यक्रममाथि उठाएको प्रश्नको जवाफ दिने क्रममा ओलीले संसदीय अभ्यासमा आपत्तिजनक लाग्ने शब्दहरु पनि बोलेका थिए । जसलाई लिएर काँग्रेस सांसदहरुले संसदमा नियमापत्ति जनाए ।  अरुलाई होच्याउने र खसाल्ने स्वभाव त प्रधानमन्त्रीको हरेक भाषणमा झल्किन्छ । तर, अरु ठाउँमा होच्याएर बोलेको विषय अर्को मञ्चबाट उत्तर मिल्ने र सो विषय ठूलो… पुरा पढौ

सरकार र पार्टीको कामप्रति प्रचण्ड निराश

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उस्तै परे आफु जंगल जान तयार रहेको अभिव्यक्तीले राजनीतिमा नयाँ तरंग पैदा गरेको छ।  कार्ल मार्क्सको २ सय १ औँ जन्मस्मृति कार्यक्रममा आयोजित 'समृद्धि र समाजवाद : हामी कहाँ छौँ ?' विषयक विमर्श कार्यक्रममा उनले यस्तो बताएका थिए। उनले नेकपा भित्र ‘महाबहश’ हुनु पर्ने पनि संगसंगै बताएका छन्।  प्रचण्डको यस्तो अभिब्यक्तिका पछाडी पार्टीमा देखिएको ब्यक्तिवाद, गुट-उपगुट आदीको चक्करले प्रचण्डमा निराशा देखिएको छ। उनले आफ्नो मनतब्यको क्रममा पार्टिमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं