ताजा समाचार

वैशाख २७ गते २०७६

प्रतिनिधि परिचालन गर्दै कास्की कांग्रेस

नेपाली कांग्रेस कास्कीले पार्टीले शुरु गरेको राष्ट्रिय जागरण अभियान सफल पार्न जिल्लाका ७२ वटै इकाइमा प्रतिनिधि परिचालन गर्ने भएको छ ।

जिल्लामा १ महिनासम्म सञ्चालन गर्ने अभियानका सन्दर्भमा केन्द्रीय प्रतिनिधि एवं केन्द्रीय सदस्य अर्जुन जोशीको उपस्थितिमा शुक्रबार बसेको जिल्ला समितिका पदाधिकारी, क्षेत्रीय एवं नगरसमितिका सभापतिको बैठकले १ महिने अभियानलाई प्रभावकारिताका साथ टोल/टोलमा पु¥याउने निर्णय गरेको हो ।

अभियान अन्तर्गत जिल्लाका निर्वाचन क्षेत्र, ५ वटै स्थानीय तहसहितका ७२ वटै इकाइमा प्रतिनिधि परिचालन गरिने नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए ।

उनका अनुसार अभियान अन्तर्गत कार्यतालिका तय गर्न यही वैशाख २९ गते जिल्ला कार्यसमितिको बैठक बोलाइएको छ । कांग्रेसले यही वैशाख २५ गते देशैभर १ साथ राष्ट्रिय जागरण अभियानको शुरु गरेको छ ।