सरकार र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा विच बसेको बार्ता बिना निष्कर्ष टुंगिएको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको वार्ता सैद्धान्तिक विषयमा छलफल नै नगरी टुंगिएको हो।
छलफलबाट निस्कर्ष निस्कन नसकेकोले सरकारसँग एक हप्ताभित्रै अर्को छलफल हुने गरी आजको वार्ता सकिएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
वार्तामा सरकारी वार्ता टोलीका संयोजक कानुनमन्त्री भानुभक्त ढकालले संघीय लोकतान्त्रिक गणतन्त्र अतिक्रमित हुने मागमा पुनर्विचार गर्न आग्रह गरेको राप्रपा प्रवक्ता भुवन पाठकले जानकारी दिए।
सरकारसँगको वार्तापछि राप्रपाले आन्दोलनको कार्यक्रम स्थगित गरेको थियो । वार्तामा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल र राप्रपाका तर्फबाट वरिष्ठ नेता दीपक बोहरा र निरञ्जन थापा सहभागी थिए।




