सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा राजतन्त्र कुनै पनि हालतमा फर्किने सम्भव नभएको बताएका छन् ।
मंगलवार काभ्रेको धुलिखेलमा एक कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले देशमा परिर्वतन नचाहने केही शक्तीले पुनः मुलुकलाई अस्थितरता तर्फ लैजान खोजेको बताएका हुन् ।उनले हिन्दु राज्यको नाममा जनमत संग्रहको रटान गर्नु उचित समेत नभएको बताएका छन् ।
नेपालमा ८१ प्रतिशत हिन्दु भएको कारण धर्मको नाममा जनमत संग्रहको माग राख्नु गलत भएको बताए । राजनीति र धर्म फरक बिषय भएको बताउँदै उनले धर्मको संवेदनशिलतामा टेकेर हिन्दु राज्यको नाममा जनमत संग्रहको माग गर्नु जायज नभएको बताए ।
उनले धर्म संस्कृतीले बेग्लै बिषयको चित्र बोक्ने र राजतन्त्र बेग्लै बिषय भएको बताए ।उनले सबैमाझ धर्मका नाममा आन्दोलनको नौटंकी नगर्न अनुरोध गरे ।




