रुपन्देहीमा १० जना विप्लव कार्यकर्ता पक्राउ

बुटवल–विप्लव नेतृत्वको नेकपा रुपन्देहीकी जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रिय सदस्य कल्पना सुवेदी सहित जिल्ला तहका १० जना नेतालाई पक्राउ गरेको छ।

उनलाई गएराती करिव १२ बजेको समयमा देवदहबाट पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए ।

ती मध्ये सैनामैनाका जनसरकार प्रमुख बताईएका रेशमबहादुर खाँड, युवा संगठनका नेता सावद भनिने शेरबहादुर राना र शिक्षक संगठनका नेता रामजी आचर्य सहित ३ जनाले आत्मासमपर्ण गरि रिहा भएका छन र सो पार्टी त्यागेका छन ।

बाँकी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको एसपी थापाले बताए ।