राष्ट्रियसभा निर्वाचन:११ दललाई चुनाव चिह्न प्रदान

निर्वाचन आयोगले माघ ९ गते हुन लागेको निर्वाचनका लागि राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरेको छ।

आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० सूर्य, नेपाली कांग्रेस रुख, समाजवादी पार्टी पाँच औंलासहितको हत्केला, राष्ट्रिय जनता पार्टी नेपाल ढल्केको छाता र राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई चुनाव चिन्ह प्राप्त गरेका छन्।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त० हलो, राष्ट्रिय जनमोर्चा गिलास, नेपाल मजदूर किसान पार्टी मादल, नेपाल संघीय समाजवादी पार्टी बस, नेपाली जनता दल गोरुगाडा चक्का ९पाङ्ग्रो० र इतिहासिक प्रजातान्त्रिक जनता पार्टीलाई ट्रयाक्टर निर्वाचन चिन्ह प्रदान गरेको आयोगले मंगलबार जनाएको छ।

आयोगले सातवटै प्रदेशमा निर्वाचन अधिकृत पनि तोकेको छ । प्रदेश १ मा मेदिनीप्रसाद पौडेल, प्रदेश २ मा राजकुमार खतिवडा, प्रदेश ३ मा महेन्द्रकुमार कार्की, गण्डकीमा कालीबहादुर राई, प्रदेश ५ मा रितेन्द्र थापा, कर्णालीमा राजेन्द्रकुमार कर्माचार्य र सुदुरपश्चिममा विदूर काफ्लेलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको हो ।

सात वटै प्रदेशमा जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकेको आयोगले न्यायीक प्रतिष्ठानमा कैलासप्रसाद सुवेदी र दिवाकर भट्टलाई जगेडा अधिकृतमा राखेको छ ।

त्यस्तै, जगेडा निर्वाचन अधिकृतमा कैलाशप्रसाद सुवेदी र दिवाकर भट्टलाई तोकिएको छ।