राजनीति

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बाको राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । उनले दिउसो ३ बजे राजीनामा दिएका हुन् । कांग्रेस, माओवादी केन्द्र र जसपाले संसदमा दर्ता गरेको अविश्वासको प्रस्तावको छिनोफाने हुने अघिल्लो दिन उनले राजीनामा दिएका हुन् । मुख्यमन्त्री अहिले कोभिड १९ पोजेटिभ छन् । राजिनामा बक्तब्यनेपालको संङघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेपाली जनताले गरेको लामो र गौरबपुर्ण P]]तिहांसिक जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन लगायत संघर्षको क्रममा जीबन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात… पुरा पढौ

वारागुङ मुक्तिक्षेत्रको सरकारी गाडीले बिरामी बोक्ने

कोरोना माहामारीको दोश्रो लहरसंगै हिमाली जिल्ला मुस्ताङ समेत यसमा अछुतो छैन । पछिल्लो समय मुस्ताङमा कोरोना संक्रमितको संख्या दिनहु वृद्धि हुन थालेको छ ।अहिले मुस्ताङमा सक्रिय कोरोना संक्रमितको संख्या २६ पुगिसकेको छ ।हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले पालिका भित्रका आफ्ना सर्वसाधरण जनता कोरोना माहामारीबाट प्रभावित हुँनसक्ने संम्भावित परिस्थितीलाई आत्मसाथ गर्दै पालिकाको निजी कामकाजका लागि प्रयोग गरिएको सरकारी स्कर्भियो गाडी आप्तकालिन सेवाका लागि सहयोग गर्ने जनाएको छ ।गाउँपालिकाका अध्यक्ष फेञ्चोक… पुरा पढौ

पूर्व मन्त्री रोमी गौचन थकालीको स्वास्थ्य सामान्य

काग्रेसका नेता तथा पूर्व वाणिज्यमन्त्री रोमी गौचन थकालीको स्वास्थ्य सामान्य रहेको उनको परिवार श्रोतले जनाएको छ । मन्त्री गौचनको घाँटीमा समस्या देखिएपछि काठमान्डौं टोखास्थित ग्रान्डी अस्पतालमा उपचारत थिए । मन्त्री गौचनको घाँटीको सफल शल्यक्रिया भएको जनाईएको छ ।उहाँको डा.आनन्द घिमिरेको टोलीले शल्यक्रिया गरेको हो ।अस्पतालले उहाँलाई धेरै नबोल्न र केही हप्ता आराम गर्न सुझाएको छ । पूर्व मन्त्री रामी गौचन थकालीले आफ्नो स्वास्थ्य अवस्था बारे सहानुभूती प्रकट गर्ने सबैलाई धन्यवाद… पुरा पढौ

मुस्ताङका सांसदले भने ‘ केन्द्रिय सदस्य बन्न योगदानले पुग्दैन’

मुस्ताङबाट निर्वाचित प्रदेश सभा सदस्य महेन्द्रबहादुर थकालीले आफु केन्द्रिय सदस्य बन्नका लागि योगदान नपुग्ने स्पष्ट पारेका छन् । मंगलबार घरपझोङ गाउपालिकाको आधिकारिक फेसबुक पेजमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय सदस्य मनोनयन भएको भन्दै फोटोसहित बधाई सन्देश पोष्ट गरेपछि प्रदेश सभा सदस्य थकालीले त्यसको कमेन्ट मार्फत खण्डन गरेका हुन् । सभासद थकालीले गाउपालिकाको मुस्ताङ खबर पेजको कमेन्टमा लेखेका छन् ‘हामी दुईभाई हाम्रो पार्टीको दुबै खेमाको कुनै पनि कार्यक्रममा भाग नलिएको र… पुरा पढौ

प्रचण्ड÷माधव समुह मुस्ताङले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

—प्रधानमन्त्री केपि शर्मा ओलीद्धारा गरिएको संसंद बिघटनको असंवैधानिक कदम बिरुद्ध नेकपा (प्रचण्ड÷माधव)समुह आन्दोलनमा छ । शुक्रबार ७७ वटै जिल्लामा बिरोध स्वरुप ज्ञापनपत्र बुझाउने क्रममा सो समुहले मुस्ताङमा ज्ञापनपत्र बुझायो ।नेकपा मुस्ताङका प्रचण्ड÷माधव समुहका जिल्ला नेता विशाल विकको नेतृत्वमा गएको समुहको टोलीले जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सिडियोलाई ज्ञापनपत्र बुझाएको हो ।नेकपा मुस्ताङका जिल्ला कमिटी सदस्य तथा दलितमुक्ति संगठनका केन्द्रिय सदस्य धिरेन्द्र विकले मुस्ताङका निमित्त प्रमुख जिल्ला अधिकारी जगदिश अर्याल समक्ष प्रधानमन्त्रीलाई… पुरा पढौ

वाग्मती प्रदेशका मुख्‍यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । भर्खरै नेकपा प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेलको अगुवाइमा प्रस्ताव दर्ता गरिएको हो । ४५ जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको हो । वाग्मती प्रदेशसभामा १ सय १० जना सदस्य रहेकामा ५६ जनाले बहुमत पुग्छ । उनलाई हटाएर नयाँ मुख्यमन्त्रीमा अष्ठलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ ।  पौडलेको मन्त्रिपरिषद्का तीन मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिने मन्त्रीमा अरुण नेपाल, शरद… पुरा पढौ

प्रत्यक्ष १२० सिट, समानुपातिकमा ५० लाख मत : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने चुनावमा दुई तिहाइ बहुमत ल्याउने दाबी गरेका छन् । आफू पक्षीय केन्द्रीय कमिटी बैठकमा ओलीले चुनावमा आँधी, तुफान सिर्जना गरिने उल्लेख गरे । उनले भने, ‘हामीले चुनावमा कम्तीमा ५० लाख लोकप्रिय मत ल्याउनुपर्छ, किनभने प्रत्यक्षमा हिजो दुई पार्टी मिलेर ११६ सिट जितेका थियौं अब कम्तीमा चार सिट बढाएर १२० सिट जित्नुपर्छ ।’ ओली समूहले आजै महाधिवेशन आयोजक समिति बनाएको छ भने प्रचण्ड नेपाल… पुरा पढौ

देश ब्यापी बिरोध कार्यक्रम हुदाँ मुस्ताङ कांग्रेसलाई शोक

मुस्ताङ—नेपाली कांगेसले सरकारको कार्यशैली बिरुद्ध सोमबार देश ब्यापी बिरोध प्रर्दशन गर्ने कार्यक्रम तय हुदै गर्दा मुस्ताङ कांग्रेसलाई शोक परेको छ ।जिल्ला कार्यसमिति मुस्ताङकी सदस्य एवं थासाङ गाउपालिका—२ की कांग्रेस पार्टी सभापती श्रीमती पुष्पा शेरचनको असामयिक निधनले मुस्ताङं कांगेसमा शोक परेको हो ।नेपाली कांगेस मुस्ताङले सोमबार प्रेष बिज्ञप्ती मार्फत शेरचनको निधनले पार्टीलाई स्तब्ध बनाएको उल्लेख गर्दै शोक बक्तब्य निकालेको हो । नेपाली काग्रेस जिल्ला कार्यसमिति मुस्ताङका कार्यवाहक सभापती नर्वु गुरुङ तथा… पुरा पढौ

राष्ट्रिय युवा संघ नेपालको मुस्ताङ जिल्ला ईञ्चार्जमा सम्राट गौचन

युवा संघ नेपालको बिहिबार काठमान्डौंमा बसेको बैठकले राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य सम्राट गौचनलाई मुस्ताङ जिल्ला ईञ्चार्जको थप जिम्मेवारी तोकेको छ । संघका केन्द्रिय संयोजक क. रामप्रसाद सापकोटा –दीपशिखा)को अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय युवा संघ नेपालको ७७ वटै जिल्ला ईञ्चार्ज र सहईञ्चार्जको जिम्मेवारी तोक्ने क्रममा गौचनलाई मुस्ताङ ईञ्चार्जको रुपमा चयन गरेको हो । बैठकले यसअघि भएको राष्ट्रिय एकता भेला तथा केन्द्रिय कमिटीले दिएको म्याण्डेट अनुसार संगठनको संगठनात्मक एकताको निर्णय… पुरा पढौ

राजपाको संयोजकमा शरतसिंह भण्डारी

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारीले जिम्मेवारी सम्हालेका छन्। अध्यक्ष मण्डलको मङ्गलबार भएको बैठकको निर्णयअनुरुप भण्डारीले राजपाको नेतृत्व लिएका हुन। राजपाको पार्टी एकताको महाधिवेशन नभएसम्म चक्रीय प्रणालीमा नेतृत्व फेरिने परम्पराअनुरुप हरेक दुई महिनामा नेतृत्व परिवर्तन हुन्छ। अध्यक्ष मण्डलका ६ नेताले पालैपालो नेतृत्व सम्हाल्दै आएका छन्। यसअघि महेन्द्रराय यादव राजपा अध्यक्ष मण्डलको संयोजक थिए। पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं