राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन ३ दलीय गठबन्धनलाई समर्थन गर्न ह्विप जारी गरेको छ ।
राजमो सचेतक पियारी थापाले ह्विप जारी गरेको ह्विप सामाजिक सञ्जाल र हुलाकमार्फत सांसदहरुलाई पठाइएको जनाइएको छ । यसले थापा र शाही पार्टीको सम्पर्कमा नरहेको बुझाउँछ ।
जनमोर्चाका कृष्णबहादुर थापा र खिमविक्रम शाही कांग्रेससँग मिलेर सरकार बनाउन इच्छुक छैनन्
गण्डकीमा माओवादी–कांग्रेस–जसपा नयाँ सरकार बनाउन प्रयासरत छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि ३ दिनभित्र नयाँ सरकार बनाउन आह्वान भएको छ ।
ह्विपमा कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने पक्षमा मत जारी गर्न निर्देशन दिइएको छ । प्रदेश सभामा जनमोर्चाको ३ सिट छ । यसअघि बैशाख १५ गते तय भएको अविश्वास प्रस्ताव मतदानकै दिन सांसद शाही हराएका थिए ।





