पूर्व मन्त्री रोमी गौचन थकालीको स्वास्थ्य सामान्य

काग्रेसका नेता तथा पूर्व वाणिज्यमन्त्री रोमी गौचन थकालीको स्वास्थ्य सामान्य रहेको उनको परिवार श्रोतले जनाएको छ । मन्त्री गौचनको घाँटीमा समस्या देखिएपछि काठमान्डौं टोखास्थित ग्रान्डी अस्पतालमा उपचारत थिए ।

मन्त्री गौचनको घाँटीको सफल शल्यक्रिया भएको जनाईएको छ ।उहाँको डा.आनन्द घिमिरेको टोलीले शल्यक्रिया गरेको हो ।अस्पतालले उहाँलाई धेरै नबोल्न र केही हप्ता आराम गर्न सुझाएको छ । पूर्व मन्त्री रामी गौचन थकालीले आफ्नो स्वास्थ्य अवस्था बारे सहानुभूती प्रकट गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

मन्त्री गौचन मुस्ताङका शसक्त राजनितिक हस्ती हुन् ।संघीयता अघि गौचन वाणिज्य मन्त्री थिए ।प्रधानमन्त्री केपि शर्मा ओलीले संविधानको मर्म र भावना विपरित असंम्वैधानिक रुपले गरिएको संसद बिघटन र प्रतिगमनको विरुद्ध विभिन्न मिडिया मार्फत विरोध खरो उत्रिएका थिए ।

मुस्ताङको सुशासन÷समृद्धि र विकासका लागि पूर्व मन्त्री गौचनको योगदान महत्वपूर्ण छ ।