मुस्ताङका सांसदले भने ‘ केन्द्रिय सदस्य बन्न योगदानले पुग्दैन’

मुस्ताङबाट निर्वाचित प्रदेश सभा सदस्य महेन्द्रबहादुर थकालीले आफु केन्द्रिय सदस्य बन्नका लागि योगदान नपुग्ने स्पष्ट पारेका छन् ।

मंगलबार घरपझोङ गाउपालिकाको आधिकारिक फेसबुक पेजमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय सदस्य मनोनयन भएको भन्दै फोटोसहित बधाई सन्देश पोष्ट गरेपछि प्रदेश सभा सदस्य थकालीले त्यसको कमेन्ट मार्फत खण्डन गरेका हुन् ।


सभासद थकालीले गाउपालिकाको मुस्ताङ खबर पेजको कमेन्टमा लेखेका छन् ‘हामी दुईभाई हाम्रो पार्टीको दुबै खेमाको कुनै पनि कार्यक्रममा भाग नलिएको र अहिले सम्म तटस्थ रहेका छौं ,त्यसैले केन्द्रिय सदस्य हुने हाम्रो योगदानले पुग्दैन ,त्यसैले आदरणीय नेता तथा सुभचिन्तकले बुझिदिन आग्रह ।’