राजनीति

कांग्रेसकाे क्रियाशील सदस्यता वितरण तीव्र

नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको कामलाई तीव्र बनाएको छ। पार्टी विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्न सुरु गरेको काँग्रेसले जनाएको छ । पार्टीको अन्तरिम संरचना समायोजनको कार्य सम्पन्न गरेका काँग्रेसका ३५ जिल्ला कार्यसमितिले हालसम्म नयाँ सदस्यता र नवीकरणका लागि केन्द्रीय कार्यालयबाट फारम लगिसकेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । जिल्ला… पुरा पढौ

शेर्मा निधनको शोकमा कांग्रेसले ३ दिन झण्डा झुकाउने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्व केन्द्रीय सदस्य पूर्णकुमार शेर्माको निधनप्रति दुःख व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको छ । शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले उक्त प्रस्ताव पारित गरेको हो। निधनको शोकमा फागुन ३०, चैत १ र २ गते तीनदिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालहरुमा पार्टीको झण्डा आधा झुकाउने, चैत २ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र १३ औं दिन केन्द्र र सबै… पुरा पढौ

उपप्रधानमन्त्री पोखरेलद्धारा सर्वदलीय बैठक आव्हान

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बुधबार दिउँसोको लागि सर्वदलीय बैठक बोलाएका छन् । पोखरेलले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका बारेमा छलफल गर्न सर्वदलीय बैठक आव्हान गरेका हुन् । विश्वव्यापी रूप लिइरहेको कोरोना संक्रमणसँग लड्न सरकारको पूर्वतयारी लगायतको बिषयमा छलफल गर्नको लागि दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सर्वदलीय बैठक आव्हान गरिएको बताइएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने चारवटै दलका शीर्ष नेता डाकिएको पोखरेलको निजी सचिवालयले जनाएको छ… पुरा पढौ

विप्लव समूहका जिल्ला इञ्चार्ज पक्राउ

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका तनहुँ जिल्ला इञ्चार्ज पक्राउ परेका छन् । रोल्पा घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका बस्ने पूर्णजित पुन बुधबार म्याग्दे गाउँपालिका–३ जामुनेबाट पक्राउ परेका हुन् । प्रहरीले विप्लव निकट विद्यार्थी संगठनका नेता पर्वत सेढाइँलाई पनि पक्राउ गरेको छ । पक्राउ परेकाविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पुरा पढौ

नेपाली काँग्रेसले आज पनि संसद अवरुद्ध गर्ने

नेपाली कांग्रेसले शुक्रबारको संसद बैठक पनि अवरुद्ध गर्ने निर्णय गरेको छ । बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले संसद अवरुद्ध गर्ने निर्णय गरेको हो । बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसले बिहीबारको संसद बैठक अवरुद्ध गरेको थियो । शुक्रबारको बैकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संवैधानिक आयोगलाई सरकार आफैंले चलाउन खोजेको र पक्षपातपूर्ण निर्णय गरेकाले आज १ बजे… पुरा पढौ

शिवमाया तुम्बाहाङ्फे नेकपाको केन्द्रीय सदस्यमा मनोनित

संसदको उपसभामुख पदबाट राजीनामा दिएकी शिवमाया तुम्बाहाङ्फेलाई सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्यमा मनोनित गरेको छ। मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो। पार्टी एकताअघि तुम्बाहाङ्फे तत्कालीन एमालेको केन्द्रीय सदस्य थिइन्। तर उपसभामुख बनेपछि संवैधानिक प्रावधानअनुरूप उनले पार्टीको सदस्यता परित्यागे गरेकी थिइन्। पार्टीले केन्द्रीय सदस्य मनोनित गरेपछि आजदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा उनले भाग लिन पाउने छिन् । असोज १४ देखि प्रतिनिधिसभा सभामुखविहीन… पुरा पढौ

नेविसंघका २ समुहबीच पार्टी केन्द्रीय कार्यालयमै झडप

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा नेपाल बिद्यार्थी संघका दुई समुहबीच झडप भएको छ । अनसन बसिरहेको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समुहका विद्यार्थी र सभापति शेरबहादुर देउवा पक्षका विद्यार्थीविच झडप भएको हो । नेविसंघका पूर्वमहामन्‍त्री कुन्दन काफ्लेसहितको समूह नेविसंघमा उमेरको हदबन्दी तोकिनुपर्ने माग राख्दै एउ पार्टी कार्यालयमा आमरण अनसन गरिरहेको छ । उमेर हदबन्दी तोक्ने र नतोक्ने समुहबीच झडप भएको हो ।अनसन बसिरहेको सिटौला पक्षधर विद्यार्थी कुन्दनराज काफ्ले समूहमाथि सभापति देउवा पक्षका विद्यार्थीले… पुरा पढौ

‘कांग्रेस कमण्डलु बोकेर उपसभामुख माग्‍न आएको होइन्’

प्रमुख विपक्षी नेपाली कांग्रेसले उपसभामुख पद माग्न कमण्डलु लिएर संसदमा प्रस्तुत नभएको बताएको छ । आइतवार दिउँसो प्रतिनिधि सभाका सभामुख निर्वाचन सुरु भएसँगै कांग्रेसले कसैसँग उपसभामुख पद नमागेको दाबी गरेको हो । नेपाली कांग्रेसका सांसद डा।मिनेन्द्र रिजालले उपसभामुख पद माग्‍न नेपाली कांग्रेस संसदमा कमाण्डलु लिएर नआउने प्रतिक्रिया दिएका छन्। सभामुख चयन प्रक्रियाबारे प्रमुख प्रतिपक्षी दलको तर्फबाट बोल्दै ‘सभामुख निर्वाचित गर्न नेकपासँग एथेष्ट मत रहेको छ। सभामुख पद नै तटस्थ हुनुपर्छ… पुरा पढौ

नेकपाको सचिवालय बैठक आज ४ बजे बस्दै

सत्तारुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज दिउँसो सचिवालय बैठक बोलाएको छ। प्रतिनिधि सभाको सभामुखको उम्मेदवार छान्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीकाअध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफल सकिएपछि साँझ ४ बजे सचिवालय बैठक बोलाएको हो । बैठकले सभामुखको टुङ्गो लगाउने सम्भावना रहेको छ । यसअघि सभामुख चयनमा सहमति हुन नसक्दा ४ पटकसम्म संसद बैठक सूचना टाँसेर स्थगित भइसकेको छ । पुरा पढौ

केन्द्रीय कमिटी बैठक ३ हप्ता सार्ने नेकपाको निर्णय

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को पुस २३ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठक सरेको छ । आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले केन्द्रीय समिति बैठक माघ १५ सम्मका लागि सार्ने निर्णय गरेको हो । राष्ट्रियसभाको निर्वाचन तयारीमा जुट्नुपर्ने भएकाले केन्द्रीय समितिको बैठक २१ दिन पर सारिएको नेकपा केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् । गत पुस ६ गते बसेको नेकपाको स्थायी कमिटी बैठकले पुस २३ मा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं