उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बुधबार दिउँसोको लागि सर्वदलीय बैठक बोलाएका छन् ।
पोखरेलले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका बारेमा छलफल गर्न सर्वदलीय बैठक आव्हान गरेका हुन् ।
विश्वव्यापी रूप लिइरहेको कोरोना संक्रमणसँग लड्न सरकारको पूर्वतयारी लगायतको बिषयमा छलफल गर्नको लागि दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सर्वदलीय बैठक आव्हान गरिएको बताइएको छ ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने चारवटै दलका शीर्ष नेता डाकिएको पोखरेलको निजी सचिवालयले जनाएको छ ।





