नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्व केन्द्रीय सदस्य पूर्णकुमार शेर्माको निधनप्रति दुःख व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको छ । शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले उक्त प्रस्ताव पारित गरेको हो।
निधनको शोकमा फागुन ३०, चैत १ र २ गते तीनदिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालहरुमा पार्टीको झण्डा आधा झुकाउने, चैत २ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र १३ औं दिन केन्द्र र सबै जिल्लामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद एवं पूर्व स्थानीय विकास मन्त्री शेर्माको फागुन २८ गते ललितपुरको निदान अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।





