शिवमाया तुम्बाहाङ्फे नेकपाको केन्द्रीय सदस्यमा मनोनित

संसदको उपसभामुख पदबाट राजीनामा दिएकी शिवमाया तुम्बाहाङ्फेलाई सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्यमा मनोनित गरेको छ।

मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो।

पार्टी एकताअघि तुम्बाहाङ्फे तत्कालीन एमालेको केन्द्रीय सदस्य थिइन्। तर उपसभामुख बनेपछि संवैधानिक प्रावधानअनुरूप उनले पार्टीको सदस्यता परित्यागे गरेकी थिइन्।

पार्टीले केन्द्रीय सदस्य मनोनित गरेपछि आजदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा उनले भाग लिन पाउने छिन् ।

असोज १४ देखि प्रतिनिधिसभा सभामुखविहीन भएकोमा पार्टीले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि तुङ्बाहाम्फेले राजिनामा दिएकी थिइन्।